• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विश्व मिर्गौला दिवस सम्पन्न, प्रत्यारोपण खेलकुदमा प्रत्यारोपित ४ गोलले बिजयी

March 11th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विश्व मिर्गौला दिवस सम्पन्न, प्रत्यारोपण खेलकुदमा प्रत्यारोपित ४ गोलले बिजयी

हेल्थ टुडे,

काठमाडौं, २६ फागुन : मिर्गौला  रोग लागे पनि राम्ररी जिउँ  भन्ने नाराका साथ  नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि विश्व मिर्गौला दिवस मनाइएको छ ।

मिर्गौला दिवसको अवसरमा स्वास्थ्य अभियान नेपालले ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको फुटबल मैदानमा प्रत्यारोपण खेलकुद, निशुल्क मिर्गौला परिक्षण सिविर र अंगदान सिविर संचालन गरेर सफलताका साथ सम्पन्न गरेको छ । ११ औं नेपाल प्रत्यारोपण खेलकुद अन्तरगत भएको फुटबलमा मिर्गौला प्रत्यारोपितहरुको टोलीले चिकित्सकसहितको टोलीलाई ४ गोलले हराउन सफल भएको छ । चिकित्सकहरुको टोलीले एक गोल पनि गर्न सकेनन् ।

कार्यक्रममा पूर्व मन्त्री एवं सांसद पम्फा भूसाल, ललितपुर महानगरपालिकामा मेयर चिरीवावु महर्जन, पूर्व मुख्य सचिव लिलामणी पौडेल, पूर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्र, औषधि उत्पादक संघका पूर्व अध्यक्ष दीपक दाहाल, औषधि उत्पादक संघका महासचिव विप्लब अधिकारी, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लगायत वरिष्ठ चिकित्सक, अंग प्रत्यारोपण गरेका व्यक्तिहरु, कलाकार, पत्रकार र समाजसेवी सहभागी थिए । वरिष्ठ अंगप्रत्यारोपण सर्जन डा.पुकारचन्द्र श्रेष्ठको पहलमा बिगत ११ बर्षदेखि नेपालमा प्रत्यारोपण खेलकुदका साथै मिर्गौला सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आइरहेका छन् । यो कार्यक्रम पनि उनकै पहलमा स्वास्थ्य अभियान नेपालको सहयोगमा भएको हो । कार्यक्रममा फुटवल र अन्य खेलकुदमा बिजयी भएका खेलाडीहरुलाई अवार्ड सहित पुरस्कृत गरिएको छ । वरिष्ठ अंगप्रत्यारोपण सर्जन डा. श्रेष्ठले मिर्गौला फेल हुने नेपालीको संख्या बर्षेनी बढीरहेकोले मिर्गौला फेल हुनबाट बच्न जनचेतना जगाउनु आवश्यक भएकाले आफूले आफ्नो स्थानबाट जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आइरहेको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सभामुख, मन्त्रीहरु र सांसदहरुले लगाए कोरोनाविरुद्धको खोप
Next article सेरमसँग खरिद गरेको खोप नआएपछि कोरोना खोप अभियान स्थगित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133063
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

85
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

82
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

89
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web