• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सभामुख, मन्त्रीहरु र सांसदहरुले लगाए कोरोनाविरुद्धको खोप

March 3rd, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सभामुख, मन्त्रीहरु र सांसदहरुले लगाए कोरोनाविरुद्धको खोप

हेल्थ टुडे,

काठमाडौं, १९ फागुन :  प्रतिनिधि सभाका सभामुख सहित मन्त्रीहरु र सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । बुधबार बिहान काठमाडौंको मिनभवनस्थित सिभिल हस्पिटलमा रहेको खोप केन्द्रमा उनीहरुले खोप लगाएका हुन् । बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा सबैभन्दा पहिले सभामुख अग्नी सापकोटाले खोप लगाएका थिए । त्यसपछि पूर्वप्रधानमन्त्री प्रचण्डले खोप लगाएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले पनि सोही केन्द्रमा खोप लगाएका थिए ।

खोप केन्द्रको उचित व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठी, मन्त्रालयका सचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिहं, राष्टिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक शुनिल शर्मा, नीति योजना महासाखा प्रमुख डा. गुणराज लोहनी, परिवार कल्याण महासाखाका निर्देशक डा. तारा पोखरेल लगायत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारी र चिकित्सक बिहान ९ बजेदेखि नै खटिएका थिए । खोप केन्द्रमा कसैले गुनासो गर्ने अवस्था आउन नदिन मन्त्रीले सरोकारवालालाई निर्देशन दिएका थिए । खोप लगाउन आउने मन्त्री र सांसदहरुलाई स्वास्थ्य मन्त्रालयका सचिव अर्यालसहितको टोलीले स्वागत गर्ने गरेको थियो । मन्त्री त्रिपाठीले आज छुट भएका सबै मन्त्रीहरु र सांसदहरुलाई बिहीबार पनि खोप लगाइसकिने बताए । खोप केन्द्रमा सांसदहरुको बाक्लो उपस्थिति रहेको छ ।
सभामुख, अध्यक्ष, उपाध्यक्षका सचिवालयमा कार्यरत कर्मचारीहरु, हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि आजै खोप लगाउने कार्यक्रम निर्धारण गरिएको छ । सभामुख अग्नी सापकोटाले खोप लगाएपछि प्रतिकृया दिदै समयमै खोप लगाउन चाजोपाजो मिलाएकोमा स्वास्थ्य मन्त्रालय र चिकित्सकहरुलाई धन्यवाद दिएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई
Next article विश्व मिर्गौला दिवस सम्पन्न, प्रत्यारोपण खेलकुदमा प्रत्यारोपित ४ गोलले बिजयी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133111
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web