• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

June 13th, 2026 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

पदमराज जोशी,
काठमाडौं, ३० जेठ : मधुमेह भन्नासाथ चिनी रोग अर्थात् चिनी खान नहुने रोग भन्ने बुझिन्छ । त्यसैले, हामी मधुमेहका बिरामीका लागि चिया होस् वा अन्य कुनै मिठाई चिनी हाल्नै दिदैनौँ । कतिसम्म भने फलफूल खाँदा पनि गुलियो नभएका फलफूल खाने सल्लाह दिन्छन चिकित्सकहरु ।
त्यतिमात्र कहाँ हो र, मधुमेहका बिरामीले त भात नि खान नहुने भनिन्छ । भातमा कार्वोहाइड्रेट धेरै हुन्छ । भात खानेबित्तिकै रगतमा चिनीको मात्रा (सुगर) बढिहाल्छ । आलुमा पनि त्यही कुरा लागू हुन्छ ।
जब कि मधुमेहका बिरामीले मधुमेह रोग लागि सकेपछि हर्मोन वा इन्डोक्राइनोलोजिस्टलाई देखाउनु त पर्छ नै । साथै सन्तुलित भोजन तथा पोषणयुक्त भोजनका लागि एकपटक पोषण विद्सितको सल्लाह लिनु आवश्यक हुन्छ । यसले मधुमेहका विरामीलाई पोषणयुक्त तत्वको सेवन कसरी गर्ने मात्र नभई दिनमा कति पटक र के के खाने तथा कसरी खाने भन्नेबारे बुझ्न समेत मद्दत गर्छ । मधुमेहका विरामी अक्सर खाना कम खाने गर्छन् । त्यस्तै गुलियो मिसिएको खानेकुरा खानु हुँदैन भन्दै शरीरका लागि आवश्यक तत्व समेत ग्रहण गर्दैनन् । जसले गर्दा मधुमेहका विरामीको शरीरलाई आवश्यक पोषण त पुग्दैन नै । शरीरका लागि चाहिने इनर्जी समेत खानाबाट प्राप्त नहुँदा विरामी कमजोर हुने गर्दछ ।
त्यो कसरी भने हामीले खाएको खाना ग्लूकोजमा परिणत हुन्छ । यसले शरीरलाई इनर्जी प्रदान गर्छ । जब कि मधुमेह बिरामीले खाएको खाना ग्लूकोजमा परिणत त हुन्छ तर उक्त ग्लुकोज इनर्जीको रूपमा परिणत हुन सक्दैन । त्यसपछि मधुमेहका कारण विरामीको आँखा, मुटु, मिर्गौला, नसा लगायत शरीरका विभिन्न अंगमा समेत असर पर्छ ।

मधुमेहका कारण हुनसक्ने जटिलता रोक्न के गर्ने त ?
रगतमा चिनीको मात्रा कम गर्न मधुमेहका बिरामीले सबैभन्दा पहिले समय समयमा थोरै थोरै भए पनि केही न केही खानेकुरा खाइराख्नु पर्दछ । त्यस्तै, जे खाए पनि मात्रा मिलाएर खानुपर्दछ । चार घण्टाको अन्तरालमा खाना खानुपर्छ । आफ्नो तौल तथा उचाइका आधारमा खानुपर्छ । शरीरलाई आवश्यक पर्ने क्यालोरी अनुसार खानुपर्छ । किनभने आवश्यकताभन्दा कम तथा बढी क्यालोरी शरीरका लागि घातक हुनसक्छ ।  प्रत्येक व्यक्तिको खाने तरिका फरक हुन्छ । खानाको आआफ्नै रोजाइ हुन्छ । त्यसैको आधारमा कोही व्यक्ति सागपातमा धेरै रमाउँछन् भने कोही दालभातमा । जो व्यक्ति तरकारी धेरै खान्छन, उनीहरूलाई त खासै समस्या नहोला तर जो व्यक्ति दालभात धेरै रुचाउँछन्, उनीहरूमा क्यालोरी समस्या हुनसक्छ ।
एउटा व्यक्तिले दिनमा २१ सय क्यालोरीको सेवन गर्छ भने अब मधुमेह भइसकेपछि उसले उक्त २१ सय क्यालोरीलाई विभिन्न चरणमा बाँडेर खानुपर्छ । उसले बिहानको समयमा एक कप चियाको साथमा दुई पिस सुगर फ्रि बिस्कुट खान सक्छ । बिहान दश बजेको समयमा खाना खान सक्छ । खाना खाँदा थोरै भात, धेरै तरकारी राख्नसक्छ । तरकारीमा पनि एक भाग हरियो सागसब्जी तथा एक भाग अन्य तरकारी राख्नसक्छ । थोरै अचार पनि राख्न सक्छ । केही टुक्रा सलादका साथमा दही, पातलो दाल तथा अन्य खानेकुरा राखेर उक्त थाल मज्जाले भर्न सक्छ । त्यस्तै दिउँसो चिउरा, रोटी, ओट मिल लगायतका हल्का खाजा खानुका साथै पाँच बजेतिर करिब दुई सय ग्राम फलफूल खानसक्छ । रातको खानामा थोरै तरकारीका साथमा दुईवटा रोटी खाएर पनि आफ्नो खानालाई सन्तुलित राख्न सकिन्छ ।

मधुमेहका विरामीले के गर्ने के नगर्ने ?
मधुमेहका विरामीले आफ्नो खानपानमा विशेष ध्यान दिएर पनि मधुमेहलाई नियन्त्रणमा राख्न सक्छन् । त्यसको लागि मधुमेहका विरामीले गुलियो, चिनी धेरै हालेको तथा ग्लूकोज युक्त खानेकुरा सिधै खानु हुँदैन । त्यस्तै, थोरै थारै खाने तर धेरै पटक खाने गर्नु पर्छ । मधुमेहका विरामीका लागि मेथी निकै लाभदायक हुने भएकोले उनीहरूले आफ्नो आहारमा टुसा उमारेको मेथीलाई हल्का तारेर तथा उसिनेर पनि खान सक्छन् । तरकारीमा मेथी पड्काएर पनि त्यसको स्वाद लिनसक्छन् ।
त्यस्तै खानामा फापरको रोटी, सिस्नु आदिलाई पनि समावेश गर्न सकिन्छ । फलफूलमा स्याउ उत्तम मानिन्छ । स्याउमा भरपूर मात्रामा फ्रुक्टोस हुन्छ । फ्रुक्टोसकै कारण स्याउ गुलियो हुने भएकोले यसलाई खाँदा मधुमहेका रोगीहरूलाई खासै फरक पर्दैन । यद्यपि अत्यधिक मात्रामा स्याउको सेवनले मधुमेहका बिरामीको आँखामा भने असर गर्न सक्छ । त्यसैले, यस कुरामा भने विशेष ध्यान दिनु आवश्यक छ ।
मधुमेहका रोगीले गुलियो खानेकुरा सकेसम्म खानुहुँदैन । गुलियोले रगतमा चिनीको मात्रा बढाउने हुँदा मधुमेहका विरामीले गुलियो पेय पदार्थ, सोडा, जुस आदि खानु हुँदैन । त्यस्तै भुटेको तारेको, चिल्लो आदि खानु हुँदैन । पिज्जा, वर्गर जस्ता फास्टफुड पनि सेवन गर्नु हुँदैन ।
च्याँख्ला पनि धेरै खानुहुँदैन । च्याँख्लामा पनि क्यालोरीको मात्रा धेरै हुने गर्छ । यही कुरा नबुझेर मधुमेहका विरामीले भात त कम खान्छन्, तर च्याँख्ला भने धेरै खान्छन् । जसका कारण मधुमेहमा कमी आउनुको सट्टा झन् बढ्ने गर्छ । शरीरलाई आवश्यक पर्ने क्यालोरीयुक्त खाना खाएर वा चिकित्सकको परामर्श अनुसार खाना खाए मधुमेह रोगको रोकथाम गर्न सकिन्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा
Next article देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133312
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web