• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

July 24th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

हेल्थ टुडे,
धनगढी, ८ साउन : शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा यसै शैक्षिक सत्रदेखि एमबीबीएस अध्ययन सुरु गर्ने सरकारी तयारी प्रभावित हुने भन्दै सुदूरपश्चिमका विभिन्न सरोकारवालाले डा. गोविन्द केसीको सत्याग्रहप्रति असन्तुष्टि जनाएका छन् । विश्वविद्यालय सञ्चालनको पक्षमा रहेका स्थानीयले आन्दोलन फिर्ता लिन आग्रह गर्दै अन्यथा प्रतिअनशनमा उत्रने चेतावनी दिएका छन् ।

शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले शुक्रबार भिडियो सन्देश जारी गर्दै विश्वविद्यालय सुदूरपश्चिमवासीको दशकौँ लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धि भएकाले यसको स्थापना तथा सञ्चालन प्रक्रियामा अवरोध सिर्जना हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए ।

उनले डा. केसीलाई तत्काल सत्याग्रह अन्त्य गर्न आग्रह गर्दै माग सम्बोधन नभए सरकार र डा. केसीविरुद्ध प्रतिअनशन सुरु गर्न बाध्य हुने चेतावनी दिए । विश्वविद्यालय सुदूरपश्चिमका नागरिकको अधिकार, भावना र विकासको आकांक्षासँग जोडिएको विषय भएकाले यसको सञ्चालन प्रक्रिया प्रभावित पार्ने प्रयास नगर्न उनले आग्रह गरे ।

डा. गोविन्द केसी धनगढीमा आफ्नो २४औँ सत्याग्रहमा छन्। चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित पाँचबुँदे मागमध्ये एक माग शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीको नियुक्ति खारेज गर्नुपर्ने रहेको छ । हालै सरकारले प्रतिस्पर्धात्मक प्रक्रियाबाट प्रा. डा.सुनिलकुमार जोशीलाई उपकुलपति र डा. भीमबहादुर चन्दलाई रजिष्ट्रार नियुक्त गरेको थियो ।

विश्वविद्यालय पक्षधरहरूले दुवै पदाधिकारी योग्यता र प्रतिस्पर्धाका आधारमा नियुक्त भएकाले नियुक्ति खारेजको मागले विश्वविद्यालयको शैक्षिक गतिविधि प्रभावित हुन सक्ने बताएका छन् । उनीहरूले यसै वर्षदेखि एमबीबीएस अध्ययन सुरु गर्ने तयारीमा असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

यसैबीच, सुदूरपश्चिमबाट निर्वाचित केही जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाले पनि डा. केसीको आन्दोलनप्रति असहमति जनाएका छन् । सुदूरपश्चिम सरोकार समाज, धनगढीका अध्यक्ष लिलाराम विष्टले विश्वविद्यालय सञ्चालनमा अवरोध पुग्ने गतिविधि स्वीकार्य नहुने बताउँदै आन्दोलन तत्काल फिर्ता लिन आग्रह गरे ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना
Next article ५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web