• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधिपुरकको परिभाषाप्रति फ्यानक्यानको आपत्ति, सरोकारवालासँग थप छलफल गर्न सरकार तयार

July 27th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधिपुरकको परिभाषाप्रति फ्यानक्यानको आपत्ति, सरोकारवालासँग थप छलफल गर्न सरकार तयार

हेल्थ टुडे,
काठमाडौं, साउन ११ : नेपाल खाद्य, न्यूट्रास्युटिकल तथा कस्मेस्युटिकल संघ (फ्यानक्यान) ले औषधि तथा स्वास्थ्य सामग्री ऐन, २०८३ को मस्यौदामा न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ। संघले मस्यौदामाथि औषधि व्यवस्था विभागले गत शुक्रबार आयोजना गरेको छलफलमा आफूहरूलाई सहभागी नगराइएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ।

संघका अध्यक्ष सुरेन्द्र मानन्धर ले जारी गरेको प्रेस विज्ञप्तिमा न्यूट्रास्युटिकल तथा कस्मेस्युटिकल क्षेत्रको प्रतिनिधित्व गर्ने संस्थालाई छलफलमा नबोलाइनु सरोकारवालासँग परामर्श गर्ने सिद्धान्तविपरीत भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा औषधि र आहारपूरकको उद्देश्य, प्रयोग, नियमन तथा वैज्ञानिक आधार फरक–फरक हुने भएकाले आहारपूरकलाई औषधिको दायराभित्र राख्ने व्यवस्था खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को भावना र विद्यमान कानुनी व्यवस्थासँग मेल नखाने दाबी गरिएको छ।

फ्यानक्यानले ‘उपचारभन्दा रोकथाम प्रभावकारी’ भन्ने अवधारणाअनुसार न्यूट्रास्युटिकल तथा डाइटरी सप्लिमेन्टले पोषण पूर्ति, स्वास्थ्य संरक्षण तथा रोगको जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको जनाएको छ। त्यसैले यस्ता उत्पादनलाई औषधिको रूपमा नभई छुट्टै वैज्ञानिक तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार नियमन गर्नुपर्ने माग संघले गरेको छ। संघले सरकारले खाद्य तथा औषधि प्रशासन (एफडीए) स्थापना गर्ने निर्णयलाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै प्रस्तावित ऐनमा रहेको ‘औषधिपुरक’ सम्बन्धी व्यवस्था पुनर्विचार गरी प्रचलित खाद्य कानुनअनुसार आवश्यक संशोधन गर्न सरकारसँग आग्रह गरेको छ।

यता, औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्कीले भने औषधि तथा स्वास्थ्य सामग्री ऐन, २०८३ को मस्यौदा अझै अन्तिम नभएको र सरोकारवालासँग छलफलकै चरणमा रहेको बताइन्। “यो मस्यौदा अहिले पनि छलफलकै क्रममा छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलगायत सम्बन्धित निकायसँग आवश्यक छलफल गरेर मात्रै अन्तिम निष्कर्षमा पुग्छौं,” उनले भनिन्।

त्यसैगरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निमित्त महानिर्देशक सोमकान्त रिजाल ले मस्यौदामा आहारपूरकलाई ‘औषधिपुरक’ का रूपमा राखिएको विषयमा विभागको असहमति रहेको जानकारी दिए। “आहारपूरकलाई ‘औषधिपुरक’ भनेर राख्ने विषयमा विभागको सहमति छैन। यस सम्बन्धमा हाम्रो धारणा र सुझाव मन्त्रालयमा लिखित रूपमा पठाइसकेका छौं,” उनले बताए। प्रस्तावित ऐनको मस्यौदामा आहारपूरकको परिभाषा र नियमनको विषयलाई लिएर सरोकारवाला निकायबीच मतभेद देखिएको छ। सम्बन्धित सरकारी निकायहरूले भने थप छलफल र परामर्शपछि मात्रै अन्तिम निर्णय गरिने बताएका छन्।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आन्दोलनरत चिकित्सकको माग तत्काल सम्बोधन गर्न कांग्रेसको आग्रह
Next article चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web