• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सोपान फर्मास्यूटिकल्सले ल्यायो पहिलोे चरणमा ६ प्रकारका औषधी 

March 4th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सोपान फर्मास्यूटिकल्सले ल्यायो पहिलोे चरणमा ६ प्रकारका औषधी 

हेल्थ टुडे,
काठमाडौं, १९ फागुन : सोपान फर्मास्यूटिकल्सले पहिलो चरणमा ६ प्रकारका औषधी मार्फत नेपाली बजारमा वित्री वितरण सुरु गरेको छ । नेपालमा औषधी उत्पादन गरेर बिक्री वितरण सुरु गर्ने सोपान पछिल्लो नयाँ स्वदेशी औषधी कम्पनी हो । नेपालमा अहिलेसम्म सय भन्दा बढीले औषधी व्यवस्था बिभागमा दर्ता भएका भए पनि ७३ औं नम्बरमा सोपानले बिक्री वितरणमो अनुमती पाएको हो । सोपान फर्मास्यूटिकल्सले पहिलो चरणमा ६ प्रकारका औषधी मार्फत स्वदेशी बजारमा प्रवेश गरेको र भविश्यमा आवश्यकता अनुसार नयाँ नयाँ प्रकारका औषधी उत्पादन गर्ने जनाएको छ । सोपानले बिहीबार राजधानीको मेरियट होटेलमा विशेष कार्यक्रमको आयोजना गरि ७३ औं स्वदेशी औषधी कम्पनीको रुपमा आफु आएको औपचारिक जानकारी दिएको हो ।

सोपान फर्मास्यूटिकल्स लिमिटेडले औषधिहरुको उत्पादन गरी नेपाली बजारमा बजारिकरण गर्न सुरु गरेको छ । कम्पनीले आज एक औपचारिक कार्यक्रम गर्दै औषधि सार्वजनिक गर्नुको साथै अत्याधुनिक प्रविधिको माध्यमबाट विभिन्न किसिमका गुणस्तरिय औषधिहरुको उत्पादन गरी नेपाली बजारमा बजारिकरण गर्न सुरु गरेको घोषणा गरेको गरेको हो । कम्पनीले  Montrin, Myzith, Onmit, Alerz, Cyprite र Aneur नामका औषधीको पहिलो चरणमा बजारीकरण सुरु गरेको जनाएको छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री परसुराम खापुडले कम्पनीले गुणस्तरीय औषधी उत्पादनमा सधै ख्याल राख्नु पर्ने सुझाउ दिए । सोपान फर्मास्यूटिकल्सलका अध्यक्ष रामेश्वर रिजालले औषधी उत्पादनमा अझै नेपाल आत्मनिर्भर हुन नसकिरहेको बेला सोपानको आगमन सकारात्मक भएको बताउदै आफ्नो कम्पनीले गुणस्तरमा सम्झौता नगर्ने दावी गरे ।

सोपान फर्मास्यूटिकल्सका बजार निर्देशक गान्धीप्रसाद शर्माले पहिलो चरणमा यही आईतबारबाट कम्पनीको उत्पादन बजारमा जाने जानकारी दिदै निकट भविश्यमै डर्मा प्रडक्ट, कार्डियो, इएनटी, न्यूरो हुदै एक्टि क्यान्सर सम्मका औषधी उत्पादन गरेर नेपाली बजारमा बिक्री बितरण गर्ने आफ्नो कम्पनीको लक्ष्य भएको बताए ।

सोपान फर्मास्यूटिकल्सका प्रमुख कार्यकारी निर्देशक सुमन न्यौपानेले आफ्नो कम्पनीमा अनुभवी र दक्ष टीम भएकाले नेपालको बजारमा यसका उत्पादन चाडै लोकप्रिय हुने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य तर्फ यस वर्षको उत्कृष्ठ कर्मचारी पुरस्कार डा. जितेन्द्र कडेललाई, ५ कर्मचारीले पाए स्वास्थ्य सेवा पुरस्कार
Next article ललितपुर महानगरपालिकाको अनुकरणीय काम, पाटन–जावलाखेल–पुल्चोक धुम्रपान निषेधित क्षेत्र घोषणा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131850
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web