• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 14th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यौनिक अल्पसंख्यकका लागि परिवार नियोजन संघमा खुल्यो हर्मोनल तथा लेजर थेरापी क्लिनिक

September 16th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यौनिक अल्पसंख्यकका लागि परिवार नियोजन संघमा खुल्यो हर्मोनल तथा लेजर थेरापी क्लिनिक

हेल्थ टुडे,
काडमाडौं, ३१ भदौ : यौनिक तथा अल्पसंख्यकहरुका लागि नेपाल परिवार नियोजन संघ (एफपान) ले हर्मोनल तथा लेजर थेरापी क्लिनिक  सञ्चालनमा ल्याएको छ । नेपालमा यस किसिमको सेवा पहिलो पटक सुरु गरेको संघको दावी छ । नेपाल परिवार नियोजन संघको ६४ औं दिवसका अवसरमा शुक्रबार एक कार्यक्रमबिच संघको केन्द्रिय कार्यालय पुल्चोकमा सञ्चालन हुने उक्त हर्मोनल तथा लेजर थेरापी क्लिनिकको उद्घाटन गरिएको छ ।

समाज कल्याण परिषद्का सदस्य सचिव मजोज भट्ट, परिवार कल्याण महासाखाका निर्देशक डा. विवेक लाल, स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. यदु घिमिरे, परिवार नियोजन संघका अध्यक्ष हिमालय कसजू र संघका महानिर्देशक डा. नरेशप्रताप केसीले संयुक्त रुपमा क्लिनिकको रिबन काटेर उद्घाटन गरेका हुन । शुक्रबारदेखि सञ्चालनमा आएको क्लिनिकमा यौनिक तथा अल्पसंख्यकहरुले हर्मोन तथा लेजर थेरापी सेवा, हर्मोन सम्बन्धी परामर्श सेवा, छाला रोग सम्बन्धी सेवा र यौन संक्रमण परिक्षण तथा उपचार सेवा प्राप्त गर्न सक्नेछन ।

उक्त सेवा प्रदान गर्नका लागि संघले इन्डोक्राइनोलोजिस्ट डा. सुनिल पोखरेल र चर्मरोग विज्ञ डा. सिरप्पा बज्राचार्यलाई नियुक्त गरेको छ । ब्यु डायमण्ड सोसाइटीकी कार्यकारी निर्देशक मनिषा ढकालले यौनिक तथा अल्पसंख्यकहरुका लागि नेपालमा पहिलो पटक हर्मोनल तथा लेजर थेरापी क्लिनिक स्थापना हुनु खुशीको कुरा भएको बताउदै यसबाट सयौं सेवाग्राही लाभान्वित हुने आशा व्यक्त गरिन ।

आफूले अनुहारको कपाल हटाउन हजारौ रुपैया तिरेर बैंकक गएको स्मरण गर्दै ढकालले अब यो सेवा स्वदेशमै भए पछि आर्थिक अवस्था कमजोर भएकालाई सहज हुने बताइन । परिवार कल्याण महासाखाका निर्देशक डा. विवेक लालले क्लिनिक संचालन हुनु सकारात्मक भएको बताए । एफपानका अध्यक्ष कुुसजूले यौन तथा प्रजनन सेवा सबैको अधिकारको विषय भएकाले संघले यसका सक्दो काम गरिरहेको बताए । एफपानकी कार्यक्रम निर्देशक डा. विना श्रेष्ठले देश भरिमा २० प्रतिसत यौन तथा प्रजनन् सेवा संघले उपलब्ध गराइरहेको बताइन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. पुकार भन्छन, ‘आफ्नो गल्ती ढाकछोप गर्न दुव्यवहारको आरोप लगाइयो। ’
Next article डा. अचला बैद्यलाई बेलायतको रोयल कलेजको फेलोसिप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131958
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web