• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 22nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विपन्नका पक्षमा स्वास्थ्यमन्त्री बस्नेतको दमदार निर्णय : वीरका ७ सय शैया निःशुल्क

June 23rd, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विपन्नका पक्षमा स्वास्थ्यमन्त्री बस्नेतको दमदार निर्णय :   वीरका ७ सय शैया निःशुल्क


हेल्थ टुडे,

काठमाडौं, ८ असार : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनपछि वीर अस्पतालले आजैदेखि लागु हुने गरि अस्पतालका ७ सय शैया निःशुल्क गरेको छ । बिहीबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति सहित रेक्टर, रजिष्ट्रार र डिन नियुक्ती गरेपछि न्याम्सको सहकुलपतिको हैसियतले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले न्याम्सका उपकुलपति सहित पदाधिकारीलाई मन्त्रालयका बोलाएर वीर अस्पतालका सबै जनरल वार्ड निःशुल्क गर्न निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि शुक्रबार न्याम्स पदाधिकारीको बैठकले क्याविन र आईसियू बाहेक वीरका सबै ७ सय वटै शैया निःशुल्क गर्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयले राजधानीमा शुक्रबार आयोजना गरेको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक सार्वजनिकिरण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले भने, स्वास्थ्य मन्त्री र न्याम्सको सहकुलपतिको हैसियतमा हिजै न्याम्सका पदाधिकारीलाई बोलाएर वीर अस्पतालका ७ सय वटै जनरल वार्ड निःशुल्क गर्न निर्देशन दिएको थिए । आज निर्णय भएर कार्यन्वयनमा आयो । जनताका पक्षमा काम गर्न सकेकोमा खुशी लागेको छ । ’ वीर अस्पतालमा यो भन्दा पहिले जनरल बेडको शुल्क दैनिक रु. २०० लाग्ने गरेको थियो । दैनिक २०० रुपैया तिर्न पनि बिपन्न विरामीलाई हम्मे हम्मे पर्दथ्यो । ७०० शैया निःशुल्क भएपछि वीरलाई करिव ६ करोड भार थपिने छ ।
न्याम्सका नवनियुक्त उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेतले पनि स्वास्थ्य मन्त्री बस्नेतज्यूले पटक पटक दिनु भएको निर्देशन अनुसार न्याम्सका नव नियुक्त पदाधिकारको पहिलो बैठकले सबै जनरल वार्ड निःशुल्क गर्ने निर्णय गरेको बताए । उनले क्याविन र आईसियू बाहेक सबै शैया निशुल्क गरेपछि अपुग हुने रकम स्वास्थ्य मन्त्रालयसँग माग गर्ने बताए ।
मन्त्री बस्नेतले आफुले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेको दिनदेखि नै आफ्नो चिन्ता र चासो विपन्न विरामीलाई कसरी सहज तरिकाबाट उपचार सेवा दिन सकिन्छ भन्नेमा रहेको र त्यसमा आफु सफल हुदै गइरहेको बताए । हरेक अस्पतालले विपन्नलाई १० प्रतिसत शैयामा उपचार निःशुल्क दिनै पर्ने बाध्यकारी व्यवस्था आफुले कडाईका साथ लागु गर्न लागेको र धेरै अस्पतालले नियम अनुसार सेवा दिन थालेको मन्त्री बस्नेतले जानकारी दिए । मन्त्री बस्नेतले विपन्नको उपचारका लागि छुट्टै फन्ड बनाएर त्यसबाट उनीहरुको निशुल्क उपचार गर्न सकिने र आफु त्यो काममा अगाडि बढिसकेको बताए । सूर्ति जन्य पदार्थ र मदिरामा कर बढाएर त्यो करको रकमबाट विपन्नको उपचार गर्ने गरि आफु लागेको र यो अभियानमा सबैको साथ चाहिएको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा प्रा. डा. भुपेन्द्रकुमार बस्नेत नियुक्त
Next article नेपालमा ११ प्रतिसत महिला र ४२ प्रतिसत पुरुष मदिराका अम्मली

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131772
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

14
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web