• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल चिकित्सक संघ र स्वास्थ्य अनुसन्धान परिषदबिच स्वास्थ्य अनुसन्धानमा सहकार्य

July 22nd, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल चिकित्सक संघ र स्वास्थ्य अनुसन्धान परिषदबिच स्वास्थ्य अनुसन्धानमा सहकार्य

हेल्थ टुडे,
काठमाडौं, ६ साउन : नेपाली चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघ (एनएमए) र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) स्वास्थ्य अनुसन्धानका क्षेत्रमा मिलेर अगाडि बढ्ने भएका छन् । एनएमए र एनएचआरसीबिच गत १८ सेप्टेम्बर २०२२ मा स्वास्थ्य अनुसन्धानका क्षेत्रमा मिलेर अगाडि बढ्ने सम्झौता पत्रमा एनएमएका तत्कालिन अध्यक्ष डा. लोचन कार्की र एनएचआरसीका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले हस्ताक्षर गरेका थिए । उक्त सम्झौता ५ वर्षका लागि गरिएको थियो । सम्झौता अनुसार स्वास्थ्य अनुसन्धानलाई अगाडि बढाउन विज्ञहरुसँग सुझाव लिन शनिबार एनएमएले छलफल कार्यक्रमको आयोजना गरेको थियो ।
छलफलमा एनएमएका निवर्तमान अध्यक्ष डा.लोचन कार्कीले एनएमएलाई स्वास्थ्य अनुसन्धानका क्षेत्रमा पनि संलग्न गराएर स्वास्थ्य सेवा र स्वास्थ्य नीतिमा सुधार ल्याउन एनएचआरसीसँग सहकार्य गरेर अगाडि बढ्न लागेको जानकारी दिए । अनुसन्धानले चिकित्सकहरुको क्षमता अभिवृदिमा समेत सघाउ पुग्ने र सरकारलाई पनि नीति बनाउन सहयोग पुग्ने डा. कार्कीको दावी थियो । एनएचआरसीका सदस्य सचिव डा.प्रदीप ज्ञवालीले चिकित्सकहरु र हस्पिटलबिना स्वास्थ्यका अनुसन्धान अधुरो र अपुरो हुने भएकाले एनएमएसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको प्रष्ट पारे । नेपाल चिकित्सक संघका पुर्व अध्यक्ष एवं एनएचआरसीका पुर्व अध्यक्ष प्रा.डा.चोपलाल भुसालले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा दुबै संस्थाले ऐतिहासिक कार्यको सुरुवात गरेकोमा खुशी व्यक्त गर्दै अब ढिला नगरि अनुसन्धानमा लाग्नु पर्ने आवश्यकता रहेकोमा जोड दिए । एनएमएका पुर्व अध्यक्ष डा. भोजराज जोशीले औचित्यताको आधारमा अनुसन्धान गनर्् पर्ने सझाव दिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाका पुर्व निर्देशक डा. जिडी ठाकुरले स्वास्थ्य अनुसन्धानका लागि आर्थिक व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने बताए ।
भिडियो पन्फरेन्स मार्फत छलफलमा भाग लिदै जरनल नेपाल मेडिकल एसोसिएसन (जेएनएमए) का सम्पादक डा.एन्जल मगरले एनएमए र एनएचआरसीको संयुक्त पहलमा हुने अनुसन्धान गुणस्तरीय हुने बिताउदै भविश्यमा अनुसन्धानकर्ताले लेख्ने रसर्च आर्टिकल पनि स्तरीय हुने विश्वास व्यक्त गरे । छलफलमा एनएमएका उपाध्यक्ष डा. बद्री रिजाल, महासचिव डा.संजिव तिवारी र अध्यक्ष डा.अनिल विक्रम कार्कीले चिकित्सकहरुलाई अनुसन्धानमा संलग्न गराउने काम दुबै संस्थाको हितमा भएको बताउदै अनुसन्धानबाट प्राप्त नतिजाका आधारमा सरकारले आफ्ना नीति बनाउन पनि सहयोग पुग्ने बताए । अनुसन्धानलाई अगाडि बढाउन एनएमएले निवर्तमान अध्यक्ष डा. लोचन कार्कीको संयोजकत्वमा डा. एन्जल मगर, डा. चोपलाल भुसाल, डा.केदारनरसिंह केसी, डा. अन्जनी झा र प्रशासकिय अधिकृत मिलन खनाल सदस्य रहेको समिति बनाएको छ । समितिले छिट्टै अनुसन्धानको कार्य अगाडि बडाउने एनएमएले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उपत्यकामा एकै दिन १०१ फार्मेसी अनुगमन, १० वटा फार्मेसी सिल
Next article उज्यालो अभियान अन्तर्गत एक बर्षमा १९ सयको आँखाको निः शुल्क शल्यक्रिया

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134332
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web