• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 27th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा कैलाशकुमार पनेरु नियुक्त

August 29th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा कैलाशकुमार पनेरु नियुक्त

हेल्थ ट्डे,
काठमाडौँ, १२ भदौ : सरकारले नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको औषधि लिमिटेडमा गन्यापधुरा गाउँपालिका–४, डडेल्धुराका पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि महाप्रवन्धकको नाम सिफारिस समितिले महाप्रवन्धक छनौट गर्न मन्त्रिपरिषद्मा तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा पनेरु सहित बहुदरमाई नगरपालिका–४, पर्साका उमेशप्रसाद गुप्ता र महालक्ष्मी नगरपालिका–८, ललितपुरका डा. राजकुमार थापाको नाम थियो । यी तीन मध्येबाट पनेरुलाई नियुक्त गरिएका हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्वद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ अनुसार लिमिटेडको महाप्रबन्धक छनौटका लागि सिफारिस समितिको आइतबारको निर्णयअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जनाको नाम सिफारिस भएको हो ।
महाप्रवन्धक पदका लागि नौ जनाले उम्मेदवारी दिएका थिए । जसमा तीन जना छनौट भएका बाहेक सुर्यप्रसाद उपाध्याय, लोकेन्द्रबहादुर बलायर, टेकेन्द्र पन्त, जीन पौडेल, दिपेन्द्रकुमार देव र तेजप्रसाद दुलालले पनि उम्मेदवारी दिएका थिए । उनीहरुको भदौ आठ र १० गते भएको कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्तापछि तीन जना छनौट भएका हुुन् ।
नेपाल औषधि लिमिटेडले रिक्त महाप्रवन्धक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा पदपुर्तिका लागि गत जेठ ११ गते सार्वजनिक सूचना जारी गर्दै दरखास्त आव्हान गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालसहित १८ देशमा फेसबुक र इन्स्टाग्राममा मदिराजन्य पदार्थका विज्ञापनमा रोक
Next article कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेमो डायलासिस सेवा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132148
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web