• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

August 17th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

हेल्थ टुडे,
काठमाडौं, १ भाद्र : स्थानीय तहको निर्वाचन आउन करिब नौ महिना बाँकी रहँदा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले निर्वाचन लक्षित राजनीतिक गतिविधि सुरु गरेकी छन्। सरकारी कामको सिलसिलामा तराई–मधेसका जिल्लामा पुगिरहेकी मन्त्री मेहताले स्थानीयसँगको भेटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पक्षमा मत माग्न थालेकी हुन्।

३० साउनमा सिरहामा स्थानीयसँगको भेटमा मन्त्री मेहताले संघमा मात्रै रास्वपाको सरकार हुँदा काम गर्न असहज भएको भन्दै प्रदेश र स्थानीय तहमा पनि रास्वपाको सरकार आवश्यक रहेको बताइन्। उनले आगामी स्थानीय तहको निर्वाचनमा रास्वपाका उम्मेदवारलाई जिताउन स्थानीयसँग आग्रहसमेत गरिन्। ‘तपाईंहरू युवाहरू सबै मिलेर जसरी संघमा जिताउनुभयो, त्यसैगरी हजुरहरूले अझ एकचोटि मेहनत गर्नुप¥यो,’ उनले भनिन्, ‘लोकल र प्रदेशमा पनि हाम्रै सरकार चाहियो।’

स्थानीय तहको निर्वाचन आउन अब धेरै समय नरहेको उल्लेख गर्दै उनले मतदातालाई अहिलेदेखि नै रास्वपाको पक्षमा उभिन आग्रह गरेकी हुन्। ‘कति छ समय अब ? ६ महिना, ९ महिना जति त छ नि,’ उनले भनेकी छन्।

यसअघि २०७९ वैशाखमा स्थानीय तहको निर्वाचन भएको थियो। उक्त निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा सकिँदैछ। निर्वाचनको मिति औपचारिक रूपमा घोषणा नभइसके पनि मन्त्री मेहताको पछिल्लो अभिव्यक्तिले रास्वपा स्थानीय तह निर्वाचन केन्द्रित गतिविधिमा समयअगावै सक्रिय भएको देखाएको छ।

मन्त्री मेहता सरकारी जिम्मेवारीअन्तर्गत अस्पताल अनुगमन तथा अन्य स्वास्थ्यसम्बन्धी कार्यक्रममा सहभागी हुन विभिन्न जिल्लामा पुग्ने क्रममा स्थानीयसँग भेटघाट गरिरहेकी छन्। त्यस्ता सरकारी भ्रमणकै क्रममा पार्टीका लागि मत मागिएको भन्दै उनको गतिविधिमाथि सरकारी स्रोत–साधनको सम्भावित दुरुपयोग भएको प्रश्नसमेत उठेको छ। सरकारी पदमा रहेका मन्त्रीले सरकारी भ्रमण, सवारीसाधन तथा अन्य सार्वजनिक स्रोत–साधन प्रयोग गरेर कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा निर्वाचन प्रचार गरेमा त्यसले निर्वाचन आचारसंहिताको प्रश्न उठाउन सक्छ। तर, मन्त्री मेहताको पछिल्लो गतिविधि आचारसंहिता उल्लंघन हो वा होइन भन्ने विषयमा सम्बन्धित भ्रमणमा सरकारी स्रोत–साधनको प्रयोगको प्रकृति र निर्वाचन आयोगको औपचारिक धारणा आवश्यक हुन्छ।

निर्वाचन आयोगले सामान्यतः निर्वाचनको मिति घोषणा भएपछि औपचारिक निर्वाचन प्रक्रिया तथा आचारसंहिता कार्यान्वयनलाई अघि बढाउँछ। त्यसअघि पनि निर्वाचनको तयारीका क्रममा आयोगले आफ्नो व्यवस्थापकीय क्षमता अभिवृद्धि तथा आवश्यक आन्तरिक कामहरू अघि बढाउँदै आएको हुन्छ।

स्थानीय तहको निर्वाचन आउन अझै महिनौँ बाँकी रहँदा सरकारमा रहेकी स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रीबाटै निर्वाचन लक्षित मत माग्ने गतिविधि सुरु भएपछि सरकारी जिम्मेवारी र दलगत राजनीतिक गतिविधिबीचको सीमाबारे भने प्रश्न उठेको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Next article ८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134089
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

131
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

130
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web