• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीरको न्यूरो सर्जरी विभाग प्रमुख डा.झालाई ‘नेपाल विद्याभूषण पदक क’

September 19th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौं, २ असोज : वीर अस्पतालका न्यूरो सर्जरी विभाग प्रमुख डा.राजिव झालाई नेपाल सरकारले ‘नेपाल विद्याभूषण पदक क’ बाट विभुषित गरेको छ । राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा मंगलबार नेपाल सरकारले डा.झालाई ‘नेपाल विद्याभूषण पदक क’ बाट विभुषित गरेको जनाएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) बाट डा.झाले न्यूरो सर्जरी विषयमा विद्यावारिधि गरेका छन । सरकारले निकट भविश्यकै डा.झा सहित नेपाल विद्याभूषण प्राप्त गरेका व्यक्तित्वहरुलाई एक समारोहमा विभूषित गर्ने जनाएको छ । विभूषित हुनेहरुको नाम आज सार्वजनिक गरेको हो । विसं २०२८ सालमा महोत्तरीको जलेश्वरमा जन्मिएका डा.झाले रसियाबाट एमविविएस र एमडीसम्मको अध्ययन गरेका छन् । उनी बिगत दुई दशकदेखि वीर अस्पतालमा कार्यरत छन् । डा.झाले गत वर्ष मात्र बेलायतको विख्यात ‘फेलो अफ रोयल कलेज अफ सर्जन्स’ पुरस्कार प्राप्त गरेका थिए । यो पुरस्कार विश्वका प्रख्यात न्युरोसर्जनहरूलाई प्रदान गरिँदै आएको छ ।
बेलायतको द रोयल कलेज अफ सर्जियन अफ एडनबर्गले शल्य चिकित्साको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गरेको छ । यो सम्मानबाट सम्मानित हुने डा. झा नेपालका दोस्रो चिकित्सक हुन् । यसअघि उक्त सम्मान न्युरोसर्जन डा. उपेन्द्र देवकोटालाई प्रदान गरिएको थियो ।
यसै गरि गत वर्ष नै डा. झालाई नेपाल सरकारले ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नव प्रवर्तन पुरस्कार २०७९’ बाट पुरस्कृत गरेको थियो । त्यसका साथै गत वर्ष राष्ट्रपतिबाट प्रदान गरिने सुप्रबल जनसेवाश्री पदकद्वारा समेत डा. झालाई विभूषित हुने अवसर प्राप्त भएको थियो । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले विभूषित गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उपभोक्ता हित संरक्षण मञ्चलाई संयुक्त राष्ट्रसंघको ‘यूएन इन्टरएजेन्सी टास्क फोर्स अवार्ड ’
Next article १०३ प्रतिजैविक औषधि प्रयोग नगर्न औषधि व्यवस्था विभागको निर्देशन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134438
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web