• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 13th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीरको न्यूरो सर्जरी विभाग प्रमुख डा.झालाई ‘नेपाल विद्याभूषण पदक क’

September 19th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौं, २ असोज : वीर अस्पतालका न्यूरो सर्जरी विभाग प्रमुख डा.राजिव झालाई नेपाल सरकारले ‘नेपाल विद्याभूषण पदक क’ बाट विभुषित गरेको छ । राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा मंगलबार नेपाल सरकारले डा.झालाई ‘नेपाल विद्याभूषण पदक क’ बाट विभुषित गरेको जनाएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) बाट डा.झाले न्यूरो सर्जरी विषयमा विद्यावारिधि गरेका छन । सरकारले निकट भविश्यकै डा.झा सहित नेपाल विद्याभूषण प्राप्त गरेका व्यक्तित्वहरुलाई एक समारोहमा विभूषित गर्ने जनाएको छ । विभूषित हुनेहरुको नाम आज सार्वजनिक गरेको हो । विसं २०२८ सालमा महोत्तरीको जलेश्वरमा जन्मिएका डा.झाले रसियाबाट एमविविएस र एमडीसम्मको अध्ययन गरेका छन् । उनी बिगत दुई दशकदेखि वीर अस्पतालमा कार्यरत छन् । डा.झाले गत वर्ष मात्र बेलायतको विख्यात ‘फेलो अफ रोयल कलेज अफ सर्जन्स’ पुरस्कार प्राप्त गरेका थिए । यो पुरस्कार विश्वका प्रख्यात न्युरोसर्जनहरूलाई प्रदान गरिँदै आएको छ ।
बेलायतको द रोयल कलेज अफ सर्जियन अफ एडनबर्गले शल्य चिकित्साको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गरेको छ । यो सम्मानबाट सम्मानित हुने डा. झा नेपालका दोस्रो चिकित्सक हुन् । यसअघि उक्त सम्मान न्युरोसर्जन डा. उपेन्द्र देवकोटालाई प्रदान गरिएको थियो ।
यसै गरि गत वर्ष नै डा. झालाई नेपाल सरकारले ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नव प्रवर्तन पुरस्कार २०७९’ बाट पुरस्कृत गरेको थियो । त्यसका साथै गत वर्ष राष्ट्रपतिबाट प्रदान गरिने सुप्रबल जनसेवाश्री पदकद्वारा समेत डा. झालाई विभूषित हुने अवसर प्राप्त भएको थियो । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले विभूषित गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article १०३ प्रतिजैविक औषधि प्रयोग नगर्न औषधि व्यवस्था विभागको निर्देशन
Next article उपभोक्ता हित संरक्षण मञ्चलाई संयुक्त राष्ट्रसंघको ‘यूएन इन्टरएजेन्सी टास्क फोर्स अवार्ड ’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132199
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web