• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 27th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उपभोक्ता हित संरक्षण मञ्चलाई संयुक्त राष्ट्रसंघको ‘यूएन इन्टरएजेन्सी टास्क फोर्स अवार्ड ’

September 20th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौं, ३ आसोज : उपभोक्ता अधिकारकर्मी ज्योति बानिया नेतृत्वको उपभोक्ता हित संरक्षण मञ्चले संयुक्त राष्ट्रसंघको ‘यूएन इन्टरएजेन्सी टास्क फोर्स अवार्ड २०२३ ’ प्राप्त गरेको छ । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभामा धुम्रमान र मध्यपानको सेवन न्यूनिकरणमा अथक प्रयास गर्दै नसर्ने रोगको रोकथाममा उल्लेखनिय योगदान गरेको मूल्यांकन गर्दै संयुक्त राष्ट्रसंघले मञ्चलाई यो अवार्ड प्रदान गरेको जनाएको छ ।
यो अवार्डको घोषणा संयुक्त राष्ट्रसंघको सभाले मंगलबार राति गरेको हो । यो अवार्ड नेपालले पहिलो पटक पाएको हो । राष्ट्रसंघले नसर्ने रोग र मानसिक स्वास्थ्मा उल्लेख्य भूमिका निभाएकोमा सरकारी तर्फ निकारागुवा, लेवनान, ओमन र कोस्टारिकाको स्वास्थ्य मन्त्रालयलाई पनि अवार्ड प्रदान गरेको छ भने गैरसरकारी संस्थाहरुमध्ये अमेरिकाको हेल्थ फाइनान्सिङ इन्स्टिच्युट, चेक रिपब्लिकको लूनो र नेपालको उपभोक्ता हित संरक्षण मञ्च रहेका छन् । महासभाको अवार्ड घोषणा समारोहमा मञ्चका अध्यक्ष बानिया भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।
बानियाले भर्चुअल माध्यमबाट छोटो सम्बोधन पनि गरेका थिए । २९ वर्षदेखि निरन्तर मञ्चले जनस्वास्थ्य अधिकार सहित उपभोक्ता अधिकारका क्षेत्रमा गरिरहेको कामको कुनै न कुनै रुपमा मूल्यांकन भएको भन्दै मञ्चका अध्यक्ष बानियाले खुशी व्यक्त गर्दै यो अवार्डले मञ्चलाई अझै गहन जिम्मेवारी थपिएको प्रतिकृया दिए । बानिया नेतृत्वको उपभोक्ता हित संरक्षण मञ्चले नेपालमा सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानून बनाउने, सूर्तिजन्य पदार्थका विरुद्व पैरवी गर्ने, विज्ञापन रोक लगाउने, सूर्तिजन्य उद्योग बन्द गराउने, मदिराको विज्ञापन रोक लगाउने जस्ता कुरामा राज्यलाई दवाव दिदै आइरहेको छ ।
नेपालमा सूर्तिजन्य पदार्थ विरुद्वको ऐन ल्याउनमा मञ्च र यसका अध्यक्ष बानियाको ठूलो योगदान रहेको छ । अवार्ड प्राप्त हुने खबर पाएपछि मञ्च सहित उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत संस्थाहरुले मंगलबार राजधानीमा उपभोक्ता अधिकारको अवस्थामा राज्यको दायित्व बिषयक अन्तरक्रिया र खुशीयाली कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु वराल, एमालेका सांसद जितु गौतम, माओवादीका सांसद रणेन्द्र बराइली र वाणिज्य विभागका महानिर्देशक तिर्थराज चिलवाल लगायतले उपभोक्ता अधिकारका बिषयमा आआफ्ना धारणा व्यक्त गरेका थिए । मञ्चलाई यो भन्दा पहिले पनि विश्व स्वास्थ्य संगठनले सन् २०१४ मा पनि सूर्तिजन्य पदार्थको न्यूनिकरणमा योगदान गरेको भन्दै पुरस्कृत गरेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ईशान बाल तथा महिला अस्पताल र शिखर इन्स्योरेन्सबीच सम्झौता
Next article टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Sep 27th 12:53 PM
अन्तर्वार्ता

छलाङ मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र, भदौमा मात्रै २८ जनाको प्रत्यारोपण

Sep 26th 9:26 AM
समाचार

चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकको विरोध प्रदर्शन

Sep 25th 1:22 PM
समाचार

स्वास्थ्य मन्त्री बस्नेत सम्मानित

Sep 25th 12:30 PM
समाचार

अर्कैको सर्टिपिकेट झुण्ड्याएर फार्मेसी चलाउनेहरुलाई कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

Sep 24th 1:14 PM
समाचार

चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने

Sep 24th 12:51 PM
समाचार

स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण

Sep 23rd 11:37 AM
समाचार

डा.ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लाई कोर्षमा राख्नु पर्ने हरिवंशको सुझाव

Sep 22nd 4:37 AM
समाचार

टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2316
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

14
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

9
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web