• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

८३२ जना नेपाली चिकित्सकको नतिजा रद्दविरुद्ध अमेरिकी अदालतमा मुद्दा

February 21st, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौँ, ९ फागुन : युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (यूएसएमएलई) लाई निर्देशित गर्ने नेसनल बोर्ड अफ मेडिकल एक्जामिनर्स (एनबीएमई) ले नेपाली चिकित्सकहरूले प्रश्नपत्रमाथि अनधिकृत पहुँच कायम गरेको पूर्ववत् आरोपलाई नै परीक्षाको नतिजा रद्द गर्नुको प्रमुख कारण भएको दलिल अमेरिकी अदालतमा पनि पेस गरेको छ ।
८३२ जना नेपाली चिकित्सकको नतिजा रद्दविरुद्ध अमेरिकी अदालतमा मुद्दा
यूएसएमएलईले ८ सय ३२ जना नेपाली चिकित्सकहरूको लाइसेन्स परीक्षाको नतिजा रद्दको निर्णयविरुद्ध गत माघ २९ (फेब्रुअरी १२) मा डिस्ट्रिक्ट कोर्ट अफ कोलम्बिया, वासिङ्टनमा एक नेपाली परीक्षार्थीले दायर गरेको मुद्दाको जवाफ दिँदै एनबीएमईले त्यसका पछाडिका कारण स्पष्ट पारेको हो । एनबीएमईका अनुसार हाल ६ सय १८ जना नेपाली परीक्षार्थीको एउटा स्टेपको नतिजा, २ सय २ जनाको दुईवटा स्टेपको नतिजा र १२ जनाको तीनवटै स्टेपको नतिजालाई रद्द गरिएको हो । यसका साथै नतिजा रद्द गरिएका परीक्षार्थीहरूले २०२१, २०२२ र २०२३ मा परीक्षा दिएका हुन् ।
८ सय नेपाली चिकित्सकको अमेरिकी लाइसेन्सको नतिजा रद्द
नेपाली चिकित्सकले अमेरिकी अदालतमा दायर गरेको मुद्दामा यूएसएमएलईलाई निर्देशित गर्ने एनबीएमईलाई प्रमुख विपक्षी बनाइएको छ । अदालतले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै एनबीएमईलाई फागुन २ (फेब्रुअरी १४) मा पत्राचार गर्दै फागुन ६ (फेब्रुअरी १८) मा जवाफ दिन आदेश गरेको थियो । एनबीएमईको जवाफ प्राप्त भएको २४ घण्टाभित्र नेपाली चिकित्सकका वकिललाई जवाफ पेस गर्न भनिएको थियो । अदालतले फेब्रुअरी २१ सम्म ठोस निर्णय गर्ने जानकारी दुवैलाई दिएको छ । अदालतबाट निर्णय नभएसम्म परीक्षार्थीलाई पुनरावलोकनमा दिइएको फेब्रुअरी १५ सम्मको समयसीमा भने न्यायाधीशले स्थगन गरिदिएका छन् । यसले परीक्षार्थीहरूलाई केही राहत भने मिलेको छ ।
एनएमबीईले परीक्षामा परीक्षार्थीहरूले आफ्नो ज्ञान र चिकित्सकीय सीपभन्दा पनि प्रश्नको स्रोतमाथि पहुँच कायम गरेर सहभागी हुनु गम्भीर विषय भएको उल्लेख गरेको छ । ‘यूएसएमएलईले परीक्षार्थीहरू नेपाली भएकैले नतिजा रद्द गरेको मुद्दा दायरकर्ताको आरोप सही छैन,’ जवाफमा भनिएको छ, ‘यद्यपि यूएसएमएलईका कर्मचारीले असल नियतमा नै परीक्षार्थीले प्राप्त गरेको नतिजामा प्रश्न उठाइएको हो ।’ नेपाली भएकैले यूएसएमएलईले विभेदपूर्ण रूपमा परीक्षार्थीको योग्यता र भविष्यमाथि प्रश्न उठाउँदै नतिजा रद्द गर्नु गैरकानुनी भएको दाबी गर्दै नेपाली चिकित्सकले मुद्दा दायर गरेका हुन् । समग्रमा नेपाली चिकित्सकलाई ‘चोर’ दोष लगाउनु गलत भएको पनि जिकिर छ । यसका साथै नेपाली परीक्षार्थीहरूलाई बोर्डले उचित क्षतिपूर्तिसमेत दिनुपर्ने दाबी गरिएको छ ।
बोर्डले उठाएका प्रश्नहरूको जवाफ दिँदै नेपाली चिकित्सकतर्फका वकिलले नेपाल र नेपाली परीक्षार्थीलाई नियतवश केन्द्रित गरेर तथ्यांक संकलन गरेकैले त्यस प्रकारको विश्लेषण अगाडि आएको दाबी गरेको छ । ‘बोर्डले आफ्नो परीक्षा लिने तरिकामा रहेको त्रुटिलाई लुकाउन एउटा देशलाई केन्द्रित गरेर अनुसन्धान गरिनु नै गलत छ,’ नेपाली चिकित्सकतर्फका वकिलले बोर्डका प्रश्नको जवाफमा भनेका छन्, ‘यूएसएमएलईका उपाध्यक्ष एलेक्स जे म्याकेम्बर स्वयंले ठूलो संख्यामा अन्य देशका परीक्षार्थीहरूले पनि सोही प्रकारको गैरकानुनी क्रियाकलाप गरेको स्वीकार गरेका छन् । यस्तोमा नेपाललाई मात्रै तोकेर निर्णय लिइनु गलत छ ।’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एनएचआरसीका सदस्यसचिव डा.जोशीको पदबहाली
Next article गैरआवासीय नेपालीको लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स सञ्चालनमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133828
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

133
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

117
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web