• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेत्रज्योति संघ मार्फत सञ्चालित आँखा अस्पतालमा उपचार गराउने विदेशीको संख्या बढ्दै

March 27th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेत्रज्योति संघ मार्फत सञ्चालित आँखा अस्पतालमा उपचार गराउने विदेशीको संख्या बढ्दै

पदमराज जोशी,
काठमाडौं, १३ चैत : नेपाल नेत्रज्योति संघ मार्फत सञ्चालित आँखा अस्पतालहरु र आँखा उपचार केन्द्रहरुमा उपचारका लागि आउने विदेशीहरुको संख्या उल्लेख्य रुपमा बढ्दै गइरहेको पाइएको छ । सन् २०२३ मा नेत्रज्योति संघ मातहत सञ्चालनमा रहेका अस्पताल र आँखा उपचार केन्द्रहरुमा कुल ३३ लाख ६ हजार विरामीको आँखा जाच र उपचार गराएको थियो । त्यसमध्ये ८ लाख ५ हजार विदेशी नागरिक रहेको नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले जानकारी दिए । आँखा उपचारका लागि नेपाल आउने अधिकांश विरामी भारतको सिमावर्ती क्षेत्रका रहेका छन् ।
महासचिव चन्दका अनुसार पछिल्ला वर्षमा आँखा उपचारका लागि छिमेकी देश बंगालादेशबाट समेत नेपाल आउने विरामीको संख्या बढदै गइरहेको छ । चन्दले भने, ‘ गत वर्ष मात्र चार हजार बंगालादेशीले नेत्रज्योति संघ मातहत सञ्चालित अस्पतालमा आँखाको उपचार गराएको तथ्यांक छ । यो संख्या बर्षेनी बढ्दो छ । ’ नेपाल नेत्रज्योति संघ मातहत देशभरि २८ वटा आँखा अस्पताल, १५६ वटा आँखा उपचार केन्द्र र ४३ जिल्ला साखा रहेका छन् । नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.सैलेश मिश्रका अनुसार भारतका २९ प्राप्तहरुमध्ये ५ प्रान्त बाहेकका ठाउँबाट आँखाको उपचारका लागि भारतीयहरु नेपाल आउने गरेका छन् । भारतको सिमावर्ती क्षेत्रमा खोलिएका नेपालका आँखा अस्पतालहरुमा ठूलो संख्यामा भारतीय विरामीले उपचार सेवा पाइरहेका छन् । विराटनगर आँखा अस्पताल, सगरमाथा चौधरी आखा अस्पताल, भैरहवा आँखा अस्पताल, मेची आँखा अस्पताल र कैलालीको गेटा आँखा अस्पतालमा उपचार गराउने मध्ये ठूलो हिस्सा भारतीय हुने गरेको डा. मिश्र बताउछन् ।
आँखा उपचारका लागि विदेशी विरामीको संख्या बढ्दै गए पछि ती अस्पतालहरुलाई आत्मनिर्भर हुन सहयोग मिलेको छ । नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका आँखा अस्पतालहरुले न्युतमत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेकाले विदेशीको रोजाई पनि नेपालका आँखा अस्पताल हुने गरेको डा. मिश्रको दावी छ । नेत्रज्योति संघले पछिल्ला दिनमा आँखा सेवालाई देशभित्रमात्र सिमित नराखेर नेपालीको संख्या बढी भएका खाडी देशहरुमा पनि स्वास्थ्य सिविरको माध्यमबाट पुर्याउने प्रयास गरिरहेको छ । संघले बंगालादेश, थाइल्यान्ड, म्यान्मार लगायतका देशमा आँखा सिविर आयोजना गरेर कामका लागि विदेशमा रहेका नेपालीहरुलाई उपचार सेवा प्रदान गरेको छ । संघका महासचिव चन्दका अनुसार संघले केही दिनमै बहराइनमा आँखा स्वास्थ्य सिविर आयोजना गर्दै छ भने मलेसिया, कुवेत लगायतका देशमा सम्बन्धित देशमा रहेका नेपाली राजदुतावासको सहयोगमा सिविर आयोजना गर्ने योजना बनाएको छ ।
अन्य रोगको उपचारका लागि नेपालीहरु विदेश जानु परिरहेका बेला आँखा उपचारका लागि विदेशीहरु समेत नेपाल आउनु नेपालको स्वास्थ्य पर्यटनका दृष्टिले समेत सकारात्मक रहेको नेपाल नेत्रज्योति संघका अध्यक्ष डा. चेतराज पन्त बताउछन् । नेत्रज्योति संघ मातहतका आँखा अस्पतालहरुले गुणस्तरीय सेवा प्रदान गरेकै परिणाम स्वरुप विदेशीहरु समेत उपचारका लागि आउने थालेको डा. पन्तको भनाई छ । आफुले आँखाको डाक्टर भएर नेपाल फर्कदा जम्मा ५ जना मात्र आँखा रोग विशेषज्ञ रहेकोमा अहिले त्यो संख्या बढेर आँखा रोग विज्ञको संख्या करिव ४ सय पुगुको डा. पन्तको दावी छ । आँखा उपचारको क्षेत्रमा अझै थुप्रै काम गर्न बाकी रहेको बताउदै डा. पन्तले आँखा रोग र उपचार सेवाका बिषयमा जनचेतना बिस्तार गर्दै प्रत्येक पालिकासम्म आँखा सेवा प्र्याउन्पर्ने अहिलेको प्रम्ख चुनौति रहेको र त्यो चुनौतिको सामना गर्न नेत्रज्योति संघ लागिपरेको डा. पन्त बताउछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कान्ति बाल अस्पतालको सेवा सुधार गर्न उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री यादवको निर्देशन
Next article न्याम्स, बीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच द्विपक्षीय सम्झौता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133997
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

125
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web