• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको अध्यक्षमा उमेशजंग रायमाझी

June 10th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको अध्यक्षमा उमेशजंग रायमाझी

हेल्थ टुडे,
काठमाडौँ, २७ जेठ : बसुन्धरास्थित बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिडेटको सञ्चालक समितिको अध्यक्षमा उमेशजंग रायमाझी निर्वाचित भएका छन् ।
आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति छनौट गर्न भएको निर्वाचनमा रायमाझीले निवर्तमान अध्यक्ष डा. सुधारप्रसाद अधिकारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
कुल १५ सदस्यीय सञ्चालक समितिमा शनिबारको निर्वाचनबाट उपाध्यक्षमा गोमा उप्रेती र महासचिवमा डा. धनबहादुर (डीबी) राना मगर बिजयी भएका छन् । यस्तै सचिव पदमा मुनाकुमारी थापा राना, कोषाध्यक्षमा माधव पाण्डे र सह कोषाध्यक्षमा प्रेम पौडेल विजयी भएका छन् ।
सदस्यहरुमा खुल्ला तर्फ बसन्त श्रेष्ठ, मदन रेग्मी, महेश्वर शर्मा पौडेल, मुक्तिप्रसाद आचार्य र प्राडा हरिशचन्द्र उप्रेती विजयी भएका छन् । यस्तै महिला सदस्य तर्फ कल्पना जोशी श्रेष्ठ, गीता शर्मा चापागाईँ, र जीवन डंगोल विजयी भएका छन् । अस्पतालको विधानमा एक जना सदस्य भने मनोनित गरिने नव निर्वाचित महासचिव डा रानाले बताए ।
यो अस्पतालमा कुल ६३९ जना शेयर सदस्य रहेका छन् । तर यसपटक निर्वाचनमा भाग लिनका लागि ६३४ जना मात्रै योग्य थिए । त्यसमध्ये शनिबारको निर्वाचनमा ४०९ जनाले मात्रै मतदान गरेका थिए ।
महासचिव डा. रानाले यसपटक देखि सञ्चालक समितिमा महिलाको उपस्थिति कम्तिमा ३३ प्रतिशत सुनिश्चित गर्न उपाध्यक्ष, सचिव र तीन जना सदस्य पद महिलाका लागि छुट्याएको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ई–सिगरेट र भेपिङ्गको लतबाट युवायुवतीलाई जोगाऔ
Next article कर्णालीमा ब्लड बैंक स्थापना गर्न अमेरिका नेपाल मेडिकल फाउण्डेसनको सवा करोड सहयोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132897
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web