• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 22nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको अध्यक्षमा उमेशजंग रायमाझी

June 10th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको अध्यक्षमा उमेशजंग रायमाझी

हेल्थ टुडे,
काठमाडौँ, २७ जेठ : बसुन्धरास्थित बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिडेटको सञ्चालक समितिको अध्यक्षमा उमेशजंग रायमाझी निर्वाचित भएका छन् ।
आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति छनौट गर्न भएको निर्वाचनमा रायमाझीले निवर्तमान अध्यक्ष डा. सुधारप्रसाद अधिकारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
कुल १५ सदस्यीय सञ्चालक समितिमा शनिबारको निर्वाचनबाट उपाध्यक्षमा गोमा उप्रेती र महासचिवमा डा. धनबहादुर (डीबी) राना मगर बिजयी भएका छन् । यस्तै सचिव पदमा मुनाकुमारी थापा राना, कोषाध्यक्षमा माधव पाण्डे र सह कोषाध्यक्षमा प्रेम पौडेल विजयी भएका छन् ।
सदस्यहरुमा खुल्ला तर्फ बसन्त श्रेष्ठ, मदन रेग्मी, महेश्वर शर्मा पौडेल, मुक्तिप्रसाद आचार्य र प्राडा हरिशचन्द्र उप्रेती विजयी भएका छन् । यस्तै महिला सदस्य तर्फ कल्पना जोशी श्रेष्ठ, गीता शर्मा चापागाईँ, र जीवन डंगोल विजयी भएका छन् । अस्पतालको विधानमा एक जना सदस्य भने मनोनित गरिने नव निर्वाचित महासचिव डा रानाले बताए ।
यो अस्पतालमा कुल ६३९ जना शेयर सदस्य रहेका छन् । तर यसपटक निर्वाचनमा भाग लिनका लागि ६३४ जना मात्रै योग्य थिए । त्यसमध्ये शनिबारको निर्वाचनमा ४०९ जनाले मात्रै मतदान गरेका थिए ।
महासचिव डा. रानाले यसपटक देखि सञ्चालक समितिमा महिलाको उपस्थिति कम्तिमा ३३ प्रतिशत सुनिश्चित गर्न उपाध्यक्ष, सचिव र तीन जना सदस्य पद महिलाका लागि छुट्याएको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ई–सिगरेट र भेपिङ्गको लतबाट युवायुवतीलाई जोगाऔ
Next article कर्णालीमा ब्लड बैंक स्थापना गर्न अमेरिका नेपाल मेडिकल फाउण्डेसनको सवा करोड सहयोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132134
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

35
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web