• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हेल्थ एण्ड ब्युटी एक्स्पो मंसिर पहिलो साता

September 27th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हेल्थ एण्ड ब्युटी एक्स्पो मंसिर पहिलो साता

हेल्थ टुडे,
काठमाडौ,१० शुक्रबारः नेपालमा पहिलो पटक हेल्थ एण्ड ब्युटी एक्स्पो हुने भएको छ । काठमाडौको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आउदो मंसिर ५–७ गतेसम्म ‘हेल्थ एण्ड ब्युटी एक्स्पो नेपाल २०१९’ आयोजना हुने भएको हो । ब्राण्डवर्थ प्राइभेट लिमिटेड र सौन्दर्य कला व्यवसायी संघको संयुक्त आयोजनामा हुन लागेको एक्स्पो ३ दिनसम्म चल्नेछ ।

बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक ब्राण्डवर्थ प्रालिका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले व्यक्तित्व विकास र आत्मविश्वास बढाउन समेत मद्धत गर्ने शारिरीक तथा बौद्धिक सौन्दर्यमा सहयोग पुर्याउने उद्देश्यले एक्स्पो आयोजना गर्न लागेको जानकारी दिए ।

पछिल्लो समय मानिसहरु सौन्दर्यप्रति संवेदनशील बन्दै गएको र बजारमा पनि थरीथरीका सौन्दर्य सामाग्री भित्रिरहेको सन्दर्भमा त्यसले हाम्रो बाहिरी सौन्दर्यका साथै स्वास्थ्य र करियरमै पनि असर पर्ने हुँदा त्यस्ता सामाग्रीबारे सही सूचना प्रदान गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागेको आयोजकले जनाएका छन् । कार्यक्रममा आयोजक सौन्दर्य कला व्यवसायी संघका अध्यक्ष कमला श्रेष्ठले नेपालको समग्र सौन्दर्य उद्योगलाई प्रोत्साहन गर्न एक्स्पो महत्वपूर्ण हुने दावी गरिन् ।

एक्स्पोमा स्वास्थ्य संस्था, कस्मेटिक्स सामाग्री, सौन्दर्यसंग सम्बन्धित संस्थाहरु, मेकअप, स्पा एण्ड वेलनेस, व्यवसायीक तालिम कोर्स, जिम तथा फिटनेस सेन्टर, योगा तथा ध्यान केन्द्र, लगायतका गरी १ सयभन्दा बढी स्टलहरु रहनेछन् । एकस्पोमा छाला विशेषज्ञहरुले छालासम्बन्धी रोगबारे जानकारी पाउन सकिनेछ ।

एक्स्पोमा छाला विशेषज्ञहरुसहितको सेमिनारको पनि आयोजना गरिने आयोजकले जानकारी दिएको छ । सबै उमेर समुहलाई लक्षित गरी गर्न लागिएको एक्स्पोमा २ लाख बढीले भ्रमण गर्ने आयोजकको विश्वास छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुर्तीजन्य पदार्थ विरुद्घ एकभएर लड्ने एसिया प्रशान्त क्षेत्रका सासंद र मेयरहरुको उद्घोष 
Next article बिरामीको अत्यधिक चाप बढेपछि हेटौँडा अस्पतालको सेवा नै प्रभावित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132096
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web