• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बिरामीको अत्यधिक चाप बढेपछि हेटौँडा अस्पतालको सेवा नै प्रभावित

September 28th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बिरामीको अत्यधिक चाप बढेपछि हेटौँडा अस्पतालको सेवा नै प्रभावित

हेल्थ टुडे,
हेटौँडा,११ असोजः पछिल्ला केहिदिनयता हेटौँडा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । डेङ्गु, स्क्रबटाइफस, भाइरलज्वरो जस्ता समस्याले हेटौंडा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको हो । बिरामीको चाप अस्पतालमा अत्यधिक बढ्दा सेवा प्रभावमा समस्या भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका अनुसार तीन सय बिरामीको उपचार क्षमता रहेको उक्त अस्पतालमा ५०० देखी ७०० सम्म उपचारका लागि बिरामी आउने गरेका छन् । उपचारका लागि अस्पताल आउने बिरामीको चाप अत्यधिक बढेपछि उनीहरु श्यया कुरेर बस्न बाध्य भएका छन् । विगत दुई वर्षदेखि बीमा कार्यक्रम लागू भएकाले उपचार गर्नेहरूको सङ्ख्या बढेको र वर्षायाम शुरू भएदेखि डेङ्गु र स्क्रबटाइफसका बिरामी बढेपनि अस्पतालको क्षमता बढाउन नसकिएकाले श्यया अभावको समस्या विकराल बन्दै गएको अस्पतालले जनाएको छ ।

श्यया अभावकै कारण चिकित्सकले भर्ना गर्नुपर्छ भनेका बिरामीहरूमध्ये पनि कतिपय श्यया नपाएर अन्यत्र गएका छन् । कतिपय बिरामी श्ययाका लागि कुरेर श्यया बाहिर बस्ने गरेका छन् । एउटा चिकित्सकले ४५ जनासम्म बिरामीको उपचार गर्ने भनिएकोमा पछिल्लो समय एउटा चिकित्सकले कम्तीमा १०० देखि १५० सम्म बिरामी जाँच गर्नुपरेको अस्पतालले जनाएको छ ।

दैनिक ५०–६० बच्चाको स्वास्थ्य जाँच भइरहेको उक्त अस्पतालमा हाल १५० सम्म बच्चा बिरामी भएर आउने गरेका छन् । बच्चामा डेङ्गु, स्क्रबटाइफसलगायत समस्या देखिएका छन् । अस्पतालको आकस्मिक कक्षमा रहेको आठ श्ययामा २० भन्दा बढी बिरामी राख्नुपरेको अस्पतालले जनाएको छ । अस्पतालले नयाँ निर्माणाधीन भवन तयार नभएसम्म अझै १० महीनासम्म अस्पतालको हालको समस्यालाई व्यवस्थापन गर्न कठिनाइ हुने जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एक साताअघि मात्रै जिम्मेवारी सम्हालेका औषधि व्यवस्था विभागका महानिर्देशक ढकालको सरुवा
Next article हेल्थ एण्ड ब्युटी एक्स्पो मंसिर पहिलो साता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133398
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

66
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

53
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web