• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा हुने मृत्युदरको ३० प्रतिशत कारण हृदय तथा मुटुजन्य रोग

October 3rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा हुने मृत्युदरको ३० प्रतिशत कारण हृदय तथा मुटुजन्य रोग

हेल्थ टुडे,
काठमाडौ,१६ असोजः नेपालमा हुने मृत्युदरको ३० प्रतिशत कारण हृदय तथा मुटुजन्य रोग रहेको पछिल्लो एक अनुसन्धानले देखाएको छ । भाष्कर–तेजश्री स्मृति प्रतिष्ठानले गत वर्ष अर्थात सन् २०१८ को अप्रिल महिनामा गरेको अनुसान्धनले नेपालमा हुने मृत्युदरको ३० प्रतिशत हृदय तथा मुटुजन्य रोगका कारण हुने गरेको देखाएको छ । नेपालजस्ता अल्पविकसित मात्र नभई विकशित देशहरुमा समेत मुटु रोगको समस्या बढ्दो रहेको चिकित्सकले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले विश्वभर नै हृदय तथा मुटुजन्य रोगको समस्या बढ्दै गएको भन्दै व्यस्त जीवनशैली, अस्वस्थकर खानपान, सरसफाई, शारीरिक व्यायमको कमीले गर्दा मानिसहरुमा यस्ता समस्या बढ्दै गइरहेका बताए । यस प्रकारका रोग नियन्त्रणको लागि मानिसहरुमा चेतना फैलाउन अति आवश्यक भएको मन्त्री यादवको भनाई छ ।

मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालाले भनेः‘ दुई तिहाई मानिसको मृत्यु मुटु रोगका कारण हुने गरेको छ । कार्डियोभास्कुलर डिजिजको प्रमुख कारण भनेकै उच्च रक्तचाप हो ।’  मानिसहरुले पछिल्लो समय सबैभन्दा धेरै केमिकलयुक्त खाने कुराहरुको प्रयोग गरिरहेको र यसले गर्दा मानिसहरु दिन प्रतिदिन रोगी बन्दै गइरहेका चिकित्सकहरुको भनाई छ ।

उनीहरुले पछिल्लो समय धेरै जसो युवाहरु नै हृदयघातको शिकार हुने गरेको जनाएका छन् । नेपालमा हृदयरोग एक महामारीको रूपमा बढ्दै गइरहेको तर ८० प्रतिशत मुटु सम्बन्धी रोगहरू हामी आफैले रोक्न सक्ने विज्ञहरुको जिकिर छ ।

हृदयरोगका मुख्य कारक तत्व भनेकै सुर्तीजन्य पदार्थ, मदिरापान, पत्रु खाना, पेय पदार्थ सेवन, निष्क्रिय शारीरिक क्रियाकलाप र मानसिक तनाव हुन् । सुर्तीजन्य तथा मदिरापानको कुलतमा फसेका व्यक्तिहरु यस्ता कुलतबाट उम्कन गाह्रो हुने गरेको चिकित्सकको भनाई छ ।

मुटु तथा नसर्ने रोगबाट बच्नका लागि प्रर्याप्त मात्रामा फलफूल खानुका साथै खानामा नुनको मात्र कम गर्न र व्यायाममा ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article फुड सप्लिमेन्टलाई  प्रतिबन्धित औषधिको संज्ञा दिन मिल्दैन
Next article एक साताअघि मात्रै जिम्मेवारी सम्हालेका औषधि व्यवस्था विभागका महानिर्देशक ढकालको सरुवा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134017
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

134
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web