• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

फुड सप्लिमेन्टलाई  प्रतिबन्धित औषधिको संज्ञा दिन मिल्दैन

October 3rd, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
फुड सप्लिमेन्टलाई  प्रतिबन्धित औषधिको संज्ञा दिन मिल्दैन

सुरेन्द्र मानन्धर,

हाम्रोजस्तो भौगोलिक र सामाजिक विषमता रहेको विकासोन्मुख मुलुकमा स्वस्थ्य जीवन बिताउनु ठूलो चुनौती भएको छ । यद्यपि, पौने तीन करोड जनसंख्या रहेको हाम्रो देशमा ४५ अर्ब रुपैयाँको औषधिको  खपत छ । देशभित्र लगभग पाँच दर्जन औषधि उद्योग सञ्चालित छन् र तीन दर्जन औषधि उद्योग सञ्चालन उन्मुख छन् । स्वदेशी औषधि उद्योगीहरूको दाबीअनुसार नेपालमा स्वदेशी औषधि उद्योगमा उत्पादित औषधिको खपत २० अरब मूल्य बराबरको रहेको छ । यो आँकडाले हाम्रो देशमा औषधिको अत्यधिक प्रयोग भइरहेको प्रष्ट इंगित गर्छ । विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार संसारमा रहेको कुल औषधिको आधा जति औषधिको अनावश्यक उपभोग भइरहेको छ । र यसको प्रतिकूल प्रभाव मानव स्वास्थ्यमा परिरहेको कुरामा कुनै विमति छैन । हामी नेपालीहरू पनि यसबाट वञ्चित छैनौं । प्रस्ट के छ भने औषधिको अनावश्यक प्रयोगले मानव स्वास्थ्यमा हुने प्रतिकूल प्रभावबाट जोगिन हामीले औषधिको अनावश्यक प्रयोगलाई कम गर्नुपर्छ । औषधिको अनावश्यक प्रयोगलाई कम गर्न हामीले  हाम्रो जीवनशैली परिवर्तन गर्नुपर्ने आवश्यकता छ ।

औषधिले रोग निको त पार्छ तर मानव शरीरमा हुने आवश्यक तत्वको कमीलाई कहिल्यै पनि पूरा गर्दैन । मानव शरीरमा हुने आवश्यक तत्वको कमीलाई चिकित्सकीय भाषामा ‘माल न्युट्रिसन’ भन्ने गरिन्छ । ‘इन् नेपाल, माल न्युट्रिसन इज अ साइलेन्ट इमरजेन्सि’ भन्ने  भनाइ युनिसेफको  छ ।  युनिसेफको  यो भनाइले प्रस्ट पार्छ कि हाम्रो देशलाई माल न्युट्रिसनले कति गाँजेको छ ? माल न्युट्रिसनका कारणले मानव शरीरमा भिन्नाभिन्नै किसिमका ‘न्युट्रिसनल डिफिसिएन्सीहरू’ पैदा हुन्छन् । वास्तवमा यही न्युट्रिसनल डिफिसिएन्सीहरू कतिपय रोगको मूल कारण पनि हुन सक्छ । मानव शरीरमा हुने यस्ता न्युट्रिसनल डिफिसिएन्सीहरूलाई हटाउने हो भने कसैलाई पनि रोग लाग्दैन । मानव शरीरमा हुने यस्ता न्युट्रिसनल डिफिसिएन्सीहरूलाई कसरी हटाउने त ? यो गम्भीर प्रश्नको सजिलो जवाफ हो सन्तुलित आहारको सेवन गर्नु अर्थात् हाम्रो शरीरलाई चाहिने न्युट्रिएंट्सहरू जस्तै भिटामिन्स, कार्बोहाइटे«ड, प्रोटिन, मिनरल्सहरूको सेवनबाट न्युट्रिसनल डिफिसिएन्सीहरूलाई हटाउन सकिन्छ । हाम्रो शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्वहरू दैनिक खानपानले मात्र पूर्ति हुन सक्दैन । यसका लागि हामीले  फुड सप्लिमेंट दैनिक रूपमा खानु पर्ने हुन्छ ।  रोगको उपचारका लागि भौंतारिनुभन्दा त रोग नै लाग्न नदिनु बुद्धिमानी हो । अर्थात्, प्रिभेन्सन इज बेटर देन क्योर भन्ने भनाइलाई मूलमन्त्र बनाउंदै आहारपूरक खाद्य पदार्थ ‘फुड सप्लिमेन्ट’ को उपभोग गर्ने जनचेतनाको विकास गरियो भने अनावश्यक औषधिको उपभोगबाट हुने बिकृतिलाई हटाउन सकिन्छ ।

 

विकसित मुलुकहरूमा आहारपूरक खाद्य पदार्थ ‘फुड सप्लिमेन्ट’ हरूलाई रोगबाट बचाउने चिजको रूपमा लिइन्छ र ओटीसी प्रडक्ट भनेर सर्वत्र उपलब्ध हुन्छ । सजिलै मानिसले उपभोग गर्न पाउँछन् । हाम्रो देशमा भने आहारा पूरक खाद्यपदार्थ ‘फुड सप्लिमेन्ट’ हरूलाई प्रतिबन्धित औषधि भनेर प्रचार गरिन्छ । औषधि नियमन गर्नेहरू फुड सप्लिमेन्टलाई प्रतिबन्धित औषधि भन्न लाज मान्दैनन् । औषधि र फुड सप्लिमेन्टको परिभाषा फरक छ भन्ने कुरा थाहा हुँदाहँुदै पनि नजर अन्दाज गर्छन् ।

सम्बन्धित निकायका विज्ञहरूले फुड सप्लिमेन्टको महत्वलाई सही तरिकाले समाजको सामु सचेतना जगाउनु जरुरी छ । यसरी औषधिको अनावश्यक प्रयोगलाई कम गर्न सकिन्छ । विश्वका विकसित मुलुकमा फुड सप्लिमेन्टलाई लाइफस्टाइल प्रोडक्टको रूपमा स्वस्थ्य रहनका लागि दिनहुँ खाने गरिन्छ । विश्वव्यापी मान्यताअनुसार फुड सप्लिमेन्टलाई दैनिक आहारबाट नपुग्ने तत्वको पूरको रूपमा दिनहुँ खाएमा भविष्यमा भैपरि आउने रोगहरूबाट बच्न सकिन्छ । यस सन्दर्भमा जर्नल अफ न्युट्रिसनमा लेखिएको छ, ‘मल्टिभिटामिन दिनहँु खाने महिला वा पुरुषको तुलनामा मल्टिभिटामिन दिनहँु नखाने महिला वा पुरुषलाई हृदयाघात बढ़ी  हुन्छ ।’

तसर्थ, फुड सप्लिमेन्टहरूको उपयोगितालाई गुमराहमा राखेर  प्रतिबन्धित औषधिको संज्ञा दिएर जनमानसमा भ्रमपूर्ण सन्देश सम्प्रेषण गर्नु आम उपभोक्ताको अधिकार हनन् गर्नु हो । यसलाई  रोक्नु जरुरी छ ।

(मानन्धर, फुड, आयुर्वेदिक, न्युट्रास्युटिलकल एन्ड कस्मस्युटिकल एसोसिएसनका केन्द्रीय अध्यक्ष हुन् ।)

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा हुने मृत्युदरको ३० प्रतिशत कारण हृदय तथा मुटुजन्य रोग
Next article हेल्थ टुडेका सम्पादक सहित मानसिक स्वास्थ्यमा क्रियाशिल व्यक्ति तथा संस्था सम्मानित 

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133312
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web