• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जनशक्ति अभावले भरतपुर अस्पतालको आइसियू सेवा प्रभावित

November 1st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जनशक्ति अभावले भरतपुर अस्पतालको आइसियू सेवा प्रभावित

हेल्थ टुडे,
चितवन,१५ कात्तिकः जनशक्ति अभावले भरतपुर अस्पतालको आइसियू सेवा एक महिनादेखि बन्द भएको छ । २० बेडको आइसियू रहे पनि हाल १० बेड मात्र सञ्चालनमा रहेका अस्पताल प्रशासनले जनाएको छ । सरसफाइको बहाना बनाएर दसैँअघि नै अस्पतालले १० बेड आइसियू सञ्चालन बन्द गरेको थियो ।

आवश्यक डाक्टर र नर्स नहुँदा सबै आइसियू सेवा सुचारु गर्न नसकिएको अस्पतालले जनाएको छ । जनशक्ति अभावले उपचार सेवा दिन नसकेपछि अस्पतालले गम्भीर अवस्थाका कतिपय बिरामीलाई पनि साधारण बेडमै राखेर उपचार गराइरहेको छ  भने कतिपयलाई रिफर गरेर अन्य अस्पताल पठाउने गरेको छ ।

तर,अस्पतालका एक चिकित्सकले आइसियू बन्द गर्नुको अर्को कारण नियमित सरसफाइसमेत रहेको दावी गरे । तर, पूर्ण सरसफाइका लागि आइसियू कक्ष ३ दिन बन्द गरे पुग्छ । भएको जनशक्ति कोही पढ्न जाने, कोही व्यावहारिक कारणले छाड्ने गर्दा आइसियू बन्द हुनुको मुख्य कारण भएको अस्पतालले जनाएको छ ।

अस्पतालका आइसियू इन्चार्ज डा. प्रकाश खतिवडाले भने बिरामीको चाप कम भएकाले बन्द हुँदा खासै प्रभाव नपरेको दावी गरे । अति संवेदनशील मानिने आइसियू कक्षमा हरेक बेडका बिरामीको नियमित निगरानी राख्नुपर्ने हुन्छ ।

तर, यस्तो कामका लागि जम्मा दुईजना नर्स परिचालित छन् । उनीहरूले नै सबै बिरामीको हेरचाह गरिरहेका छन् । कर्मचारी व्यवस्थापन र सरसफाइ दुवै कारणले आइसियू बन्द भएकोले पुनः सञ्चालनका लागि छलफल भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रधानमन्त्री ओलीको दोस्रोपटक डायलासिस गर्ने तयारी
Next article औषधि र औषधिजन्य उपकरणमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको चरम ठगी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132562
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web