हेल्थ टुडे,
काठमाडौं, २२ पुस : प्राकृतिक तथा वैकल्पिक चिकित्सा सेवा प्रदान गरिरहेका अस्पताल सञ्चालकहरुले आफ्नो हक अधिकारका लागि संयुक्त आवाज उठाउन प्राकृतिक तथा योग हस्पिटल एशोसिएसन (निहान) गठन गरेका छन् । प्राकृतिक तथा वैकल्पिक चिकित्सा सेवा प्रदान गरिरहेका अस्पताल सञ्चालकहरुको हालै काठमाडौंमा सम्पन्न भएको भेलाले मिनभवनस्थित सुस्वास्थ्य प्राकृतिक अस्पतालका अध्यक्ष एवं अकुपञ्चरिस्ट सुदर्शन बस्नेतको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेका छन् । निहानले मंगलबार राजधानीको त्रिपुरेश्वरस्थित वल्ड ट्रड सेन्टरमा तदर्थ समितिको औपचारिक घोषणा गरिइएको हो । पत्रकार सम्मेलनमा संस्था गठनको औचित्य र आवश्यकता माथि तदर्थ समितिका अध्यक्ष सुदर्शन बस्नेतले प्रस्ष्ठ पारेका थिए । निहानको वरिष्ठ उपाध्यक्षमा डा. जनक बस्नेत, उपाध्यक्षहरुमा डा. दीपा पाण्डे, डा. रविनलाल श्रेष्ठ र हरि सापकोटा रहेका छन् । महासचिवमा रुपेश अधिकारी र कोषाध्यक्षमा डा. आनन्द गैरे छन् । कार्यसमितिका सदस्यहरुमा डा. ऋषिराज बराकोटी , डा. आयुषा अधिकारी, नमिता न्यौपाने, ध्रुब घिमिरे, सरस्वती पन्थी भुषाल र शिव अधिकारी रहेका छन् । हालसम्म मुलुकमा ५० भन्दा बढी प्राकृतिक अस्पताल सञ्चालनमा रहेको र सो क्षेत्रमा दुई अर्बभन्दा बढी लगानी रहेको तदर्थ समितिका अध्यक्ष बस्नेतले बताए । निहानका अनुसार देशभर यस व्यवसायले करिब दुई हजार रोजगारी सिर्जना गरेको छ भने वार्षिक दुई लाख भन्दा बढी मानिसले प्राकृतिक उपचार सेवा लिने गरेका छन् ।
सुदर्शन बस्नेतको अध्यक्षतामा प्राकृतिक तथा योग हस्पिटल एशोसिएसन (निहान) गठन
Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 812
Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 818







Leave a Reply