• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रमा पाँचौ कलेजो प्रत्यारोपण

January 25th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मानव अंग प्रत्यारोपण केन्द्रमा पाँचौ कलेजो प्रत्यारोपण

हेल्थ टुडे,
काठमाडौं, ११ माघ : मानव अंग प्रत्यारोपण केन्द्र (शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र ) भक्तपुरमा पाँचौ पटक कलेजो प्रत्यारोपण गरिएको छ । केन्द्रले सर्लाहीका ६२ बर्षिय योगेन्द्र महतोको सफल कलेजो प्रत्यारोपण गरेको हो । योगेन्द्रलाई उनका ३५ बर्षिय छोरा पंकज महतोले कलेजो दान दिएका थिए । पुष २८ गते भएको सफल कलेजो प्रत्यारोयणमा भारतको नयाँ दिल्लीस्थित म्याक्स हेल्थकेयरका कलेजो विभाग प्रमुख डा. सुभाष गुप्ताको टोलीले सघाएको थियो । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका मानव अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा रहेको नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली र भारतबाट आएको डा.गुप्तासहितको टोलीले केन्द्रमा पाँचौ पटक कलेजो प्रत्यारोपण गरेका थिए । कलेजो प्रत्यारोपणलाई विश्वमै जटिल प्रत्यारोपण मानिन्छ । प्रत्यारोपण टोलीमा नेपालबाट डा. श्रेष्ठका अलावा डा. आरती राई, डा. निरज जोशी, डा. सञ्जय यादव, डा. जयन्त कुमार शाह, डा. निभा श्रेष्ठ, डा. अनिषा तिवारी, डा. सपना वर्मा, डा. रोषन घिमिरे, डा. कर्ण राजवंशी लगायत २५ जनाको टोली संलग्न थियो भने भारतबाट डा. गुप्ता सहित पाँच जनाको टोली संलग्न थियो । विसं २०६९ मा स्थापना भएको केन्द्रले नेपालमा पहिलो पटक २०७३ मंसिर २२ मा कलेजो प्रत्यारोपण गरेको थियो । त्यतिबेला केन्द्रलाई प्रत्यारोपणमा सघाउन दक्षिण कोरीयाली चिकित्सक टोली आएको थियो ।
नेपालमा मिर्गौला प्रत्यारोपण स्वदेशकै चिकित्सकहरुले गर्दै आइरहेको भए पनि कलेजो प्रत्यारोपणमा भने विदेशी चिकित्सकको सहयोग लिदै आएका छन् । केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त कलेजो र मिर्गौला प्रत्यारोपण समेत गरिसकेको जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले महिनामा कम्तिमा पनि एउटा कलेजो प्रत्यारोपण गर्ने गरि तयारी भइरहेको बताए । केन्द्रले स्थापनाकालदेखि अहिलेसम्म ६ सय ८० जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको छ । प्रत्यारोपण गरिएकामध्ये ९९ प्रतिसत सफल रहेको केन्द्रको दावी छ । नेपालमा हरेक वर्ष करिव एक हजार जनाको कलेजो फेल हुने गरेको विज्ञहरु बताउछन । केन्द्र बाहेक नेपालमा त्रिबि शिक्षण अस्पताल, महाराजगन्जले कलेजो प्रत्यारोपण गर्ने गरेको छ । त्रिवि शिक्षण अस्पतालले अहिलेसम्म ३ व्यक्तिमा कलेजो प्रत्यारोपण गरेको जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सकले आफ्नो शुल्क आफै तोक्न पाउनुपर्छ : डा.पुष्पमणी खराल
Next article कुष्ठ प्रभावित भन्छन्, आत्मविश्वासले भेदभाव घट्यो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134093
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

140
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

142
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web