• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 20th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सबै सांसदहरुको भोलि कोरोना परीक्षण, शुक्रबार थाहा हुनेछ कोरोना संक्रमणको अवस्था

May 6th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सबै सांसदहरुको भोलि कोरोना परीक्षण, शुक्रबार थाहा हुनेछ  कोरोना संक्रमणको अवस्था

हेल्थ टुडे,
काठमाडौं, २४ बैसाख : प्रतिनिधि सभा र राष्ट्रियसभाका सबै सासंदहरुको भोलिदेखि कोरोना भाइरस नमुना परीक्षण हुने भएको छ । बैसाख २६ गतेदेखि सुरु हुने बजेट अधिवेसनमा भाग लिनुभन्दा पहिले उनीहरुको स्वास्थ्य परीक्षण हुन लागको हो । कोरोना परीक्षणको नतिजा आएपछि मात्र उनीहरुलाई संसद भवनमा प्रवेश गराइने छ । अहिले प्रतिनिधि सभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सांसद छन् ।
संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ बजेदेखि प्रतिनिधिसभाका सदस्यहरुको पीसीआर विधिबाट कोरोना भाइसरको परीक्षण सुरु हुनेछ । १० बजेदेखि राष्ट्रिय सभाका सदस्यहरुको परीक्षण सुरु हुनेछ । कोरोना परीक्षण गर्ने व्यवस्था संघीय संसद भवनमै मिलाइएको छ । परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञ समूह खट्ने छ । बिहीबारकै दिन सबैको स्वाब संकलन गरि सक्ने सचिवालयले जनाएको छ ।
सांसदहरुको टेष्ट गरिसकेपछि संसदका कर्मचारी र मर्यादापालक लगायतको स्वाब संकलन गर्ने व्यवस्था मिलाइएको सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।
मंगलबार बसेको कार्यव्यवस्था समितिले स्वास्थ्य मन्त्रालयलाई संसद भवन प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो । भोली संकलन गरिएको स्वावको नमुना परीक्षणको नजिता शुक्रबार मध्यान्हसम्म आइसक्ने गरि तयारी अगाडि बढाइएको स्वास्थ्य मन्त्रालयका अधिकारीले जनाएका छन् । उक्त नमुना परीक्षणको नतिजाका आधारमा सांसदहरुलाई संसद भवन प्रवेश दिइने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विरगन्जमा एकैदिन एकै परिवारका १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु समेत कोरोना पोजेटिभ
Next article ३० हजार कोरोना पीसीआर परीक्षण किट आईपुग्यो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131763
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web