• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सूर्तीजन्य पदार्थमा ७५ प्रतिसत कर लगाउन सरकारको ध्यानाकर्षण

May 11th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सूर्तीजन्य पदार्थमा ७५ प्रतिसत कर लगाउन सरकारको ध्यानाकर्षण

हेल्थ टुडे,
काठमाडौं, एक्सन नेपालको नेतृत्वमा सूर्तीजन्य पदार्थ विरुद्घको अभियानमा संलग्न २३ वटा पेसागत संघसंस्था,नागरिक समाज, शिक्षाविद् र बुद्विजीवीहरुले आउदो बजेटमा सूर्तीजन्य पदार्थमा ७५ प्रतिसत कर लगाउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । कोभिड–१९ सरुवा रोग भएपनि यसको जोखिममा नसर्ने रोगका विरामी रहेकाले नसर्ने रोगहरुको प्रमुख कारक सूर्तीजन्य पदार्थको सेवन निरुत्साहित गर्न विश्व स्वास्थ्य संगठनले निर्दिष्ट गरे अनुसार सूर्तीजन्य पदार्थमा ७५ प्रतिसत कर लगाउने लगायत अभियन्ताहरुले सरकारलाई आईतबार १० बुदे ध्यानाकर्षण पत्र बुझाइएको हो । प्रधानमन्त्री, उपप्रधानमन्त्री एवं रक्षा मन्त्री, गृह मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, अर्थ मन्त्री र उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रीलाई छुट्टा छुट्टै ध्यानाकर्षण पत्र बुझाइएको छ । ध्यानाकर्षण पत्रमा धूम्रपानकर्ताहरू कोभिड– १९ को जोखिममा हुने भएकाले विभिन्न सञ्चारमाध्यमबाट सूर्तीजन्य पदार्थको सेवन त्याग्न अभिप्रेरित गर्ने सन्देशमूलक सूचनाहरू सम्प्रेषण गर्ने , कोभिड– १९ संक्रमितहरूको अभिलेख राख्दा सुर्तीजन्य पदार्थ तथा धूम्रपान गर्ने गरेको वा नगरेको अभिलेख राख्न व्यवस्था मिलाउने, लकडाउन अवधिमा सूर्तीजन्य पदार्थको बिक्री–वितरणमा प्रतिवन्ध लगाउने, सुर्ती उद्योग र उद्योगसँग सम्बन्धित व्यक्तिहरूबाट कोभिड– १९ नियन्त्रण सम्बन्धी कुनै प्रकारको चन्दा सहयोग नलिने र सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन शतप्रतिशत कार्यान्वयन गर्दै सार्वजनिक स्थानहरूलाई तत्काल र पूर्ण रूपमा सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गर्ने लगायतका १० बुदा समावेश छन् । कोभिड– १९ नियन्त्रण र रोकथाममा नेपाल सरकारलाई सहयोग पुग्ने उपायहरू सहित ध्यानाकर्षण पत्र बुझाइएको एक्सन नेपालका मूल्यांकन तथा अनुसन्धान अधिकृत मोहितसिंह ठगुन्नाले बताए ।
विभिन्न देशहरुका गरिएका अध्ययन अनुसार सुर्तीजन्य पदार्थको सेवनले नसर्र्नेे रोग निम्त्याउने, नसर्र्नेे रोग लागेका मान्छेहरूमा कोभिड– १९ को संक्रमणको जोखिम उच्च बनाउने, संक्रमित भइसकेपछि सघन उपचार तथा भेन्टिलेटरको आवश्यकता पर्ने र अन्तमा मृत्युको दर पनि बढी हुने देखिएको छ । ध्यानकर्षण पत्रमा भनिएको छ, ‘कोरोना भाइरस हावाबाट सर्ने तथ्य वैज्ञानिक रूपमा प्रमाणित नभए पनि धुँवाबाट सर्ने सम्भावना भने उच्च छ । धूम्रपान गर्ने व्यक्तिले फालेको धँुवा धेरै परसम्म जान्छ र धेरैबेरसम्म हावामा अडिन्छ । धुँवा फाल्ने व्यक्ति संक्रमित भएमा उनले फालेको धुँवाबाट वरिपरि बस्नेलाई सजिलै संक्रमित बनाउन सक्छ । तसर्थ धूम्रपान नगर्न सार्वजनिक आह्वान गर्न आवश्यक छ । ’

सूर्तीजन्य पदार्थको विरुद्वमा कार्यरत २३ वटा संघसंस्था र नागरिक समाजका अधिकारीले सरकारलाई बुझाएको ध्यानाकर्षणमा १० उपायहरू तत्काल अवलम्बन गर्न र गराउन सरकारलाई आग्रह गरिएको छ ।

१. धूम्रपानकर्ताहरू कोभिड– १९ को जोखिममा हुन्छन्, त्यसैले चुरोट, बिँडी लगायतका सुर्तीजन्य पदार्थ त्याग्न प्रेरित गरेर कोभिड– १९ बाट हुने गम्भीर जोखिम न्यूनीकरण गर्न सकिन्छ, एक व्यक्तिबाट अर्कोमा संक्रमणको दर पनि कम हुन्छ तथा रोग प्रतिरक्षा प्रणाली बलियो बनाउन पनि मद्दत पुग्छ । यी विषय समेटेर सन्देशमूलक सूचनाहरू टेलिभिजन, रेडियो तथा सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत प्रकाशन र प्रसारण गर्ने ।

२. कोभिड– १९ संक्रमितहरूको अभिलेख राख्दा सुर्तीजन्य पदार्थ तथा धूम्रपान गर्ने गरेको वा नगरेको अभिलेख राख्न व्यवस्था मिलाउने ।
३. कोभिड– १९ को बढी जोखिममा रहेका उच्च रक्तचाप, मुटुरोग, मधुमेह, क्षयरोग, मिर्गाैला रोग, क्यान्सर आदि रोगका बिरामीले नियमित सेवन गर्ने औषधि तथा स्वास्थ्य सेवाहरूको निरन्तर आपूर्ति तथा उपलब्धता सुनिश्चित गर्ने ।
४. कोभिड– १९ को संकटसँग लड्न बारम्बार साबुनपानीले हात धुने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, शारीरिक व्यायाम तथा योग गर्ने, पोषिलो आहार सेवन गर्ने, मद्यपान त्याग्ने र बन्दाबन्दी अवधिभर मानसिक स्वास्थ्य सुरक्षा सम्बन्धी शिक्षामूलक सूचनाहरू विभिन्न सञ्चार माध्यमबाट नियमित रूपमा सम्प्रेषण गर्ने ।
५. सुर्तीजन्य पदार्थ जस्तै गुट्खा, पानमसला, सुपारीका प्रयोगकर्ताले जथाभावी थुक्ने हँुदा समुदायमा कोभिड– १९ को संक्रमण फैलिन सक्ने सम्भावना भएकाले भारतका बिहार, झारखण्ड, तेलंगाना, उत्तराखण्ड, हरियाणा, नागाल्यान्ड, आसाम, उत्तर प्रदेश तथा महाराष्ट्र लगायतका राज्यले लकडाउन अवधिभर यस्ता सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छन् । यस्तो उदाहरण तत्काल नेपालमा पनि लागू गर्न आवश्यक छ ।
६. नेपाल सरकारले कोभिड– १९ रोकथाम गर्न गरेको लकडाउनको मौका छोपी अतिआवश्यक सामग्रीहरू जस्तै– दूध, फलफूल तथा खाद्यान्नका सवारीसाधनमा चुरोट, खैनी, गुट्खा पनि आपूर्ति गर्ने तथा आपूर्तिका अन्य उपायहरू अवलम्बन गर्न सक्ने हुँदा सुर्तीजन्य पदार्थ आपूर्ति र बिक्रीमा पूर्ण रूपमा बन्देज लगाउने तथा नियमित रूपमा बजार अनुगमन गर्ने ।
७. सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनमा सुर्तीजन्य पदार्थ सम्बन्धी कुनै पनि किसिमको विज्ञापन तथा प्रवद्र्धन कार्य गर्न नपाइने स्पष्ट उल्लेख भए पनि धेरैजसो सुर्तीजन्य पदार्थहरू (जस्तै– ई–सिगरेट, भेप, सिसा, वाटर पाइप इत्यादि) को विज्ञापन तथा बिक्री–वितरण विभिन्न अनलाइन पोर्टलहरूमा अझै पनि विद्यमान छ । त्यस्ता विज्ञापनले लकडाउनको बेला लामो समयसम्म घरैमा बसेका युवा, विद्यार्थी र बच्चाहरूमा सुर्तीजन्य पदार्थ सेवनको लत बसाउन उत्प्रेरित गर्न सक्ने हुँदा यस्ता विज्ञापन तथा प्रवद्र्धनमा प्रतिबन्ध लगाउने ।
८. सुर्ती उद्योग र उद्योगसँग सम्बन्धित व्यक्तिहरूबाट कोभिड– १९ नियन्त्रण सम्बन्धी कुनै प्रकारको चन्दा, सहयोग र साझेदारी गर्ने कार्यलाई निषेध गर्ने ।
९. सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन शतप्रतिशत कार्यान्वयन गर्दै सार्वजनिक स्थानहरूलाई तत्काल र पूर्ण रूपमा सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गर्ने ।
१०. नेपाल सरकार कोभिड– १९ विरुद्ध लडाइँमा मात्र छैन, आगामी वर्षका लागि बजेट निर्माणमा पनि जुटिरहेको छ । त्यसैले विश्व स्वास्थ्य संगठनले निर्दिष्ट गरे अनुसार सुर्तीजन्य पदार्थमा करको दायरा यही बजेटमा आउने गरी ७५ प्रतिशत पु¥याउने ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. ज्ञवालीलाई मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा नियुक्त गरेकोमा सरकरी चिकित्सकहरुको आपत्ति, निर्णय तत्काल सच्याउन माग
Next article कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु, सिन्धुपाल्चोककी २९ बर्षिय महिलाको निधन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132544
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web