• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कर्णाली प्रदेशमा एक वर्ष भित्रै मिर्गौला प्रत्यारोपण र डायलासिस सेवा बिस्तार हुने

March 24th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कर्णाली प्रदेशमा एक वर्ष भित्रै मिर्गौला प्रत्यारोपण र डायलासिस सेवा बिस्तार हुने

हेल्थ टुडे,
काठमाडौं, १० चैत : कर्णाली प्रदेशमा एक वर्षभित्रै मिर्गौला प्रत्यारोपण सेवा र डायलासिस सेवा विस्तार हुने भएको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबिच बिहीबार सम्झौता भएको छ । सम्झौतामा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा. डा. डम्बर खड्काले हस्ताक्षर गरेका छन् ।

देशका सात वटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने र डायलासिस सेवा बिस्तार गर्ने उद्देश्य अनुसार शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न प्रदेशसँग सहकार्य गर्न थालेको छ । यो भन्दा पहिले केन्द्रले गण्डकी प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने सम्झौता गरेको थियो । डा. श्रेष्ठ र डा. खड्काले बिहीबार गरेको सम्झौता अनुसार यसै आर्थिक वर्ष भित्रै प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण सुरु गरिने छ भने प्रदेश मातहतका विभिन्न अस्पतालहरुमा डायलासिस सेवा बिस्तार  हुने छ । उक्त कार्य गर्नका लागि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका केन्द्रले अन्तरगतको जनशक्तिको तालिम, अध्यापनको व्यवस्था गर्ने छ ।

यसका साथै प्रदेश अस्पताल सुर्खेत अन्तरगत शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण फेलोसिप, डएम, नेफ्रोलोजी, नर्सिड बिषयमा स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्न आवश्यक गृह कार्य समेत गरिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article देउवा सरकारको अंगदानमा ऐतिहासिक निर्णय : प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंग दान गर्ने
Next article मिर्गौला प्रत्यारोपी, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132163
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web