• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

२५ फागुनदेखि चितवनमा हुने नवौं फर्मा एक्स्पोको तयारी पुरा

March 7th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
२५ फागुनदेखि चितवनमा हुने नवौं फर्मा एक्स्पोको तयारी पुरा

हेल्थ टुडे,
काठमाडौं , २४ फागुन : नेपाल औषधि उत्पादक संघले फागुन २५ देखि २७ गते चितवनमा नौं फर्मा एक्स्पोको तयारी पुरा भएको जनाएको छ । फर्मा एक्स्पो संयोजक प्रभात रुङ्ग्टा र एक्स्पोका मिडियो कोर्डिनेटर सन्तोष बरालले जारी गरेको विज्ञप्तिमा नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ चितवनको भरतपुरमा गर्न लागिएको फर्मा एक्स्पोको तयारी पुरा भएको जनाइएको छ ।
नेपालि औषधि उद्योगको बिकास र प्रवद्र्धन गर्नका साथै निर्यात गर्न योग्य नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्दतिका बारेमा जानकारी गराउने उद्देश्यले फर्मा एक्स्पो आयोजना गरिएको मिडिया कोर्डिनेटर सन्तोस बरालले बताए । उनका अनुसार साधारण नेपाली जनताले औषधि कसरी बन्दछ, औषधिको गुणस्तरण कस्तो छ भन्ने कुरा जान्न र आफ्नो देशको उद्योगबाट उत्पादन भएका औषधि अन्तर्राष्ट्रिय मापदण्डको प्रयोग कसरी गरेका भन्ने कुरा एक्स्पोबाट जानकारी प्राप्त गर्न सक्दछन ।

यस्तो छ विज्ञप्ति
नेपाल औषधि उत्पादक संघ (एपोन)ले चितवनमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गतेसम्म ‘नवौं नेपाल फर्मा एक्स्पो–२०२४’ को आयोजना गरिएको छ ।
चितवन जस्तो देशको केन्द्रीय स्थानमा फेरि पनि फर्मा एक्स्पो गर्न पाउँदा हामी गौरवान्भित भएका छौँ । फर्मा एक्स्पो २०२४ को सम्पूर्ण तयारी पुरा भएको छ ।
नेपालि औषधि उद्योगको बिकास र प्रवद्र्धन गर्नका साथै निर्यात गर्न योग्य नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्दतिका बारेमा जानकारी गराउने उद्देश्यले फर्मा एक्स्पो आयोजना गरिएको हो ।
साधारण नेपाली जनताले औषधि कसरी बन्दछ, औषधिको गुणस्तरण कस्तो छ भन्ने कुरा जान्न र आफ्नो देशको उद्योगबाट उत्पादन भएका औषधि अन्तर्राष्ट्रिय मापदण्डको प्रयोग कसरी गरेका भन्ने कुरा एक्स्पोबाट जानकारी प्राप्त गर्न सक्दछन ।
एक्स्पोको अर्को उद्देश्य भनेको सरकारलाई नेपाली औषधि उद्योगले कस्ता प्रविधि , उपकरण , कच्चापदार्थ प्रयोग गरेर औषधि उत्पादन गर्दछन भनेर पनि जानकारी गराउनु हो । विश्वस्तरिय मान्यताप्राप्त विश्व स्वास्थ्य संगठनको जिएमपी मापदण्डमा नै नेपालका औषधि उत्पादन र प्रयोग भएको जानकारी दिनु एक्स्पोको अर्को पाटोपनि रहेको छ ।
औषधि उद्योगीहरु कोभिड–१९ महामारी लगत्तै देशको अर्थतन्त्रमा देखिएको संकट र सरकारले उद्योगीहरुका लागि लिएको गलत नीतिका कारण कारोबार घट्दै गएको छ ।
आर्थिक बर्ष २०७८÷०७९ नेपालमा नेपाली उद्योगीहरुको झण्डै ३४ अर्बको औषधिको कारोबार भएको थियो । तर आव २०७९÷०८० मा २९ अर्ब ३६ करोड मात्र कारोबार गर्न पुगेको छ । सरकारले स्वदेशी उद्योगले उत्पादन गरेका औषधि खरिद गर्नलाई छुट्टै मापदण्ड नबाइदिने हो भने हाम्रो आकार आगामी दिनमा अझै घट्दै जानेछ ।
सरकारी तवरबाट खरिद गर्ने औषधि १० स्वदेशी उधोगले उत्पादन गरेको छ भने त्यस्तो उत्पादन स्वदेशी उद्योगको उत्पादन मात्रै खरिद गर्ने नीति बनाउन सरकारलाई आग्रह गर्दछौँ । यसो गरिएको खण्डमा स्वदेशी उद्योग फस्टाउने र मुलुकका लागि चाहिने औषधि स्वदेशी उद्योगले उत्पादन गर्न सक्ने छन् । एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश , अमेरिका ,जर्मन , चीन लगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण , ल्याब, कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल पनि राखिएको छ । साथै उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइने छ ।
एक्स्पो मार्फत हामीले नेपालको औषधी उद्योगको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्ने भन्ने विश्वास लिएका छौ ।
नेपालका औषधी उद्योगको विकास लागि नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी व्यवस्था विभाग, नेपाल चिकित्सक संघ, नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल फर्मासिटिकल्स एसोसिएसन, नेपाल औषधि ब्यबसायी संघ, नेपाल आयुर्वेदिक औषधि उत्पादक संघ, रसायन तथा मेडिकल आपूर्ति संघ, फार्मेसी एसोसिएसन अफ नेपाल, नेपाल फर्मासिटिकल्स डिलर एसोसिएसन र स्वास्थ्य पत्रकार मंच बीच समन्वय र सहकार्य गरिने छ ।
नवौं नेपाल फर्मा एक्स्पो २०२४ लाई सफलतापूर्वक आयोजना गर्नको लागि एल्माक प्याकेज प्रालि प्लाटिनम स्पोन्सर, एचभीएएक्स मेसिनरी प्रालि र प्यासिफिक लिमिटेड डाइमन्ड स्पोन्सर, एनपीएम मेसिनरी प्रालि, ज्ञानसान र स्याम टोयल प्याकेजिङ्ग गोल्ड स्पोन्सरको रुपमा रहेका छन् । सिल्भर स्पोन्सर आदित्य इन्जिनियरिङ र एकुरेट्स मेसिन र कर्पोरेट्स स्पोन्सर मा आस्था इन्टरनेसनल मिडिया सपोर्टमा स्वास्थ्य पत्रकार मंच, डिजिटल पार्टनरमा खल्ती डिजिटल, इभेन्ट पार्टनर मा टोयोटा, एथर र टाटा मोटर्स, इभेन्टमा माइस नेपाल रहेका छन ।
नेपालको औषधी उद्योगको सबभन्दा ठूलो र महत्वपूर्ण पर्व को रुपमा रहेको यस एक्स्पोको अवलोकन चिकित्सक, स्वास्थ्यकर्मी, फर्मासिस्ट, नर्स, औषधि व्यवसायी,संचारकर्मी, उद्योगी र सर्वसाधारण गरि करिव २५ हजार भन्दा बढीले अवलोकन गर्ने छन् ।
अन्त्यमा भरतपुर भ्रमण बर्षको भर्खरै शुरुवात भएकोमा हामीलाई खुशी लागेको छ, । भरतपुर महानगर प्रमुख र नगर बासिलाई हार्दिक शुभकामना दिन चाहान्छौ । यस एक्स्पोले भरतपुर भ्रमण बर्षलाई थप उर्जा र सहयोग प्रदान गर्ने हामी औषधि उद्योग अपेक्षा लिएका छौ ।
धन्यवाद
सन्तोष बराल प्रभात रुङ्ग्टा
मिडिया कोर्डिनेटर फर्मा एक्स्पो संयोजक

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चितवनमा सुरु भयो फर्मा एक्स्पो, स्वदेशी औषधिलाई प्रोत्साहन गर्न जोड
Next article मेरी स्टोप्सको अगुवाईमा पाठेघरको मुखको क्यान्सर परिक्षण तथा रोकथाम अभियान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134369
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web