हेल्थ टुडे,
काठमाडौं, ५ भदौ : नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को सदस्यसचिवमा डा.प्रमोद जोशी नियुक्त भएका छन् । जोशी यो भन्दा पहिले पनि एनएचआरसीको कार्यकारी सदस्य सचिव थिए । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
डा. जोशीले राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट,गेटा अस्पतालका संस्थापक निर्देशक तथा सेती प्रादेशिक अस्पतालमा वरिष्ठ अर्थोपेडिक सर्जनका रूपमा काम गरेका छन् ।
डा. जोशीले सन् २००० मा युक्रेनको ओडेसा स्टेट मेडिकल युनिभर्सिटीबाट एमबीबीएस तथा सन् २००९ मा नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस (न्याम्स)बाट अर्थोपेडिक्स तथा ट्रमा विषयमा एमएस गर्नुभएको छ । उनले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालबाट आथ्र्रोप्लास्टी तथा आथ्र्रोस्कोपीमा फेलोसिपसमेत गरेका छन् । डा. जोशी नेपाल चिकित्सक संघका उपाध्यक्ष पनि हुन ।







Leave a Reply