• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालसँग स्वास्थ्य सहकार्य विस्तार गर्न चीन तयार

November 16th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालसँग स्वास्थ्य सहकार्य विस्तार गर्न चीन तयार

हेल्थ टुडे,
काठमाडौं, ३० कार्तिक   : नेपाल र चीनबीच स्वास्थ्य क्षेत्रमा हुँदै आएको सहकार्यलाई थप विस्तार गर्न चीन तयार रहेको जनाएको छ। सार्वजनिक स्वास्थ्य, चिकित्सा शिक्षा, अस्पताल व्यवस्थापन र टेलिमेडिसिनलगायतका क्षेत्रमा सहकार्य अघि बढाउन चीन इच्छुक रहेको नेपालका लागि चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चौ फानले बताएका हुन्।

आइतबार काठमाडौंमा आयोजित ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रियस्तरको क्यान्सर अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका रूपमा विकास गर्न चीन सरकारसँग सहयोग मागेका छन्।

अस्पतालको स्तरोन्नति तथा संस्थागत विकासका लागि थप प्राविधिक सहयोग, विशेषज्ञ जनशक्ति उत्पादन र शैक्षिक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले यसका लागि चीन सरकारको सहयोग अपेक्षा गरेको बताए।

सन् १९९९ मा चीनको सहयोगमा स्थापना भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल एक सय शय्याबाट विस्तार भई अहिले ५०० शय्याको बनेको छ। अस्पतालले क्यान्सर उपचार, बोनम्यारो ट्रान्सप्लान्टलगायत आधुनिक स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

अध्यक्ष दाहालका अनुसार चीनको सहयोग भवन र उपकरणमा मात्र सीमित छैन। नेपाली स्वास्थ्यकर्मीको सीप विकास, उपचार सेवाको विस्तार तथा दुवै देशका चिकित्सकबीच व्यावसायिक सम्बन्ध स्थापित गर्न पनि योगदान पुगेको छ।

चौ फानका अनुसार सन् १९९९ देखि चीनको हपै प्रान्तले नेपालमा चिकित्सा टोली पठाउँदै आएको छ। हालसम्म १७ वटा टोलीमार्फत २९९ जना चिनियाँ स्वास्थ्यकर्मी नेपाल आइसकेका छन्। अहिले १७औँ टोलीका १७ जना स्वास्थ्यकर्मी चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र काठमाडौंस्थित निजामती कर्मचारी अस्पतालमा कार्यरत छन्। उनीहरूले १२ वटा विशेषज्ञता क्षेत्रमा सेवा दिइरहेका छन्।

चिनियाँ चिकित्सकहरूले उपचार सेवा, रोग रोकथाम, प्रविधि आदानप्रदान तथा नेपाली स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा योगदान पु¥याउँदै आएको उनले बताए। साथै, सन् २०१६ देखि चीनको तिब्बत स्वायत्त क्षेत्र र नेपालबीच संयुक्त रूपमा सञ्चालन हुँदै आएका निःशुल्क स्वास्थ्य शिविरबाट हालसम्म आठ हजारभन्दा बढी नेपाली लाभान्वित भएको जानकारी दिए।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले भोटेकोसी बाढी तथा मनसुनजन्य विपद्बाट प्रभावित प्रदेशका १२ जिल्लाका स्वास्थ्य संस्था, विद्यालय र अत्यावश्यक भौतिक पूर्वाधारको पुनर्निर्माण तथा स्तरोन्नतिमा चीनसँग सहयोग मागेका थिए।

उनले नेपालको स्वास्थ्य पूर्वाधार विकासमा चीनको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै चिनियाँ चिकित्सकहरूले नेपाली चिकित्सकसँग मिलेर जटिल शल्यक्रिया, आधुनिक उपचार पद्धति र बोनम्यारो ट्रान्सप्लान्ट सेवा विस्तारमा सहयोग गरेको बताए। दुर्गम तथा ग्रामीण क्षेत्रमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर र मोतियाबिन्दुको शल्यक्रियाबाट पनि हजारौँ नागरिक लाभान्वित भएको उनको भनाइ थियो।

नेपाली स्वास्थ्यकर्मीलाई प्रविधि हस्तान्तरण

कार्यक्रममा चिनियाँ चिकित्सा सहायता टोलीका प्रतिनिधिले नेपालमा काम गर्दाका अनुभव सुनाउँदै एक वर्षमा मात्रै ५०० भन्दा बढी नेपाली स्वास्थ्यकर्मीलाई विभिन्न चिकित्सकीय विधि र प्रविधिबारे तालिम प्रदान गरिएको जानकारी दिए।

उनका अनुसार चिनियाँ टोलीले नेपाली स्वास्थ्यकर्मीलाई करिब १० वटा नयाँ चिकित्सकीय प्रविधि सिकाएको छ। पीआईसीसी, एक्युपञ्चर तथा चिनियाँ जडीबुटीमार्फत औषधि प्रवाह गर्ने विधिजस्ता उपचार प्रक्रिया नेपाली चिकित्सकले स्वतन्त्र रूपमा सञ्चालन गर्न थालेका छन्।

उनले प्युठानको झिमरुक क्षेत्रबाट उपचारका लागि आएकी लिम्फोमा पीडित एक युवतीको उदाहरण दिँदै नेपाली र चिनियाँ चिकित्सकको संयुक्त प्रयासबाट उनको उपचार सफल भएको बताए। चार चरणको केमोथेरापीपछि उनको पेटभित्रका ट्युमर हराएको उनले उल्लेख गरे।

चिनियाँ चिकित्सकहरूले दुर्गम तथा ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। सीमित स्रोतसाधन र कठिन भौगोलिक परिस्थितिका बाबजुद स्थानीय नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको टोलीका प्रतिनिधिले बताए।

नेपाल–चीन स्वास्थ्य सहकार्य वृत्तचित्रमा

चीनको राष्ट्रिय स्वास्थ्य आयोग र चाइना मिडिया ग्रुपको संयुक्त पहलमा निर्माण गरिएको ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्रमा नेपालमा कार्यरत चिनियाँ चिकित्सकको अनुभव, नेपाली बिरामीसँगको सम्बन्ध, उपचार सेवा, प्रविधि हस्तान्तरण तथा दुर्गम क्षेत्रमा सञ्चालन गरिएका स्वास्थ्य शिविरका कथा समेटिएका छन्।

कार्यक्रममा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वर्षको सन्दर्भ उल्लेख गर्दै स्वास्थ्यसँगै शिक्षा, प्रविधि, पूर्वाधार, कृषि, पर्यटन र संस्कृतिका क्षेत्रमा समेत सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिइएको थियो।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Next article मधुमेहबाट बच्न यी पाँच कुरामा ध्यान दिउ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 16th 5:56 PM
समाचार

नेपालसँग स्वास्थ्य सहकार्य विस्तार गर्न चीन तयार

Nov 16th 8:26 AM
बिशेषज्ञ लेख

मधुमेहबाट बच्न यी पाँच कुरामा ध्यान दिउ

Nov 2nd 4:57 PM
समाचार

नेपालमा वर्षेनी ७ हजारभन्दा बढीको आत्महत्याबाट मृत्यु, रोकथाममा जिम्मेवार पत्रकारितामा जोड

Oct 28th 7:27 AM
समाचार

हावाहुरी र वर्षाको पूर्वानुमानसँगै १२ देखि १४ गतेसम्म स्वास्थ्य क्षेत्र उच्च सतर्कतामा

Oct 26th 10:50 AM
बिशेषज्ञ लेख

मधुमेहको समस्या छ भने सानो थालमा खानुस्

Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134798
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

37
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web