• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 3rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

कसलाई हुन्छ पाठेघरको मुखको क्यान्सर

November 22nd, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कसलाई   हुन्छ पाठेघरको मुखको क्यान्सर

 

डा. सरिता घिमिरे

बच्चा जन्माउन सक्षम महिलालाई पाठेघरको मुखको क्यान्सर बढी लाग्ने संभावना हुन्छ । विशेषगरी ३० वर्ष देखि ५० वर्ष उमेरका महिला जसको बिहेवारी भइसकेको छ अथवा शारीरिक सम्पर्क भइसकेका महिलामा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ । त्यसैगरि धेरै बच्चा भएका, सानो उमेरमा विवाह भएका महिलालाई यो रोग लाग्ने सम्भावना रहन्छ । यसका साथै यौन व्यवसायमा लागेका महिला अथवा परपुरुषको संसर्गमा रहेका महिलामा पनि यो रोग लाग्ने प्रबल सम्भावना हुन्छ । पतिको अर्की श्रीमतीलाई यो रोग भएको छ भने पनि आफूलाई हुने सम्भावना बढी हुन्छ ।

अनि जाँड रक्सी, चुरोट, खैनी, बिडी, तमाखु इत्यादि सेवन गर्ने तथा खानपिनमा ध्यान नदिने तथा कुपोषण भएका महिलालाई पनि यो रोग लाग्ने खतरा बढी हुन्छ । . हर्मोन लिने महिलाहरूमा खतरा केही बढी मात्रामा हुने सम्भावना रहन्छ ।

पाठेघरको मुखको क्यान्सर भनेको उक्त अंगमा अनियन्त्रित कोषिकाहरूको वृद्धि हो । जुन साधारण उपचारले फेरि फर्कन सक्दछ । यो यही कारणले हो भनेर किटान नभए पनि एक प्रकारको भाइरल संक्रमण यसको मुख्य कारक तत्वको रूपमा देखा परेको छ । ‘ह्युमन पापिलोमा’ नामको कीटाणुका केही प्रजाति यसको प्रमुख कारक हुन् । त्यस्तै गरी शारीरिक सरसफाइमा ध्यान नदिनाले, धेरैजनासँग शारीरिक सम्पर्क गर्नाले पनि यो रोग लाग्न सक्छ । यस कीटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरूमा संक्रमण गर्दछ र त्यसलाई अनियन्त्रित तवरले बढन मद्दत पु¥याउँदछ ।

यो रोग लागे नलागेको पत्ता लगाउन समयसमयमा डाक्टरसँग जाँच गराउनु अत्यन्तै आवश्यक छ । साथै समयसमयमा प्याप स्मेयर जाँच गराएर पनि यो रोग लाग्ने सम्भावना कति भन्ने कुरा पत्ता लगाउन सकिन्छ । प्याप स्मेयर जाँच पाठेघरको पानी झिकेर जाँच गरी क्यान्सर भएको छ कि छैन र क्यान्सर हुने सम्भावना छ कि छैन भनी पत्ता लगाउने एक विशेष किसिमको अत्यन्तै सरल जाँच हो ।  साधारण डाक्टरसित जचाउँदा यदि क्यान्सरको शंका गरेको भए तुरुन्त गई क्यान्सर विशेषज्ञसँग परामर्श लिन आवश्यक हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चुम्बनबाट पनि सर्न सक्छ यौन रोग
Next article अपर्झट हुने हृदयघातबाट कसरी बच्ने ?

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132093
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web