• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

कसलाई हुन्छ पाठेघरको मुखको क्यान्सर

November 22nd, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कसलाई   हुन्छ पाठेघरको मुखको क्यान्सर

 

डा. सरिता घिमिरे

बच्चा जन्माउन सक्षम महिलालाई पाठेघरको मुखको क्यान्सर बढी लाग्ने संभावना हुन्छ । विशेषगरी ३० वर्ष देखि ५० वर्ष उमेरका महिला जसको बिहेवारी भइसकेको छ अथवा शारीरिक सम्पर्क भइसकेका महिलामा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ । त्यसैगरि धेरै बच्चा भएका, सानो उमेरमा विवाह भएका महिलालाई यो रोग लाग्ने सम्भावना रहन्छ । यसका साथै यौन व्यवसायमा लागेका महिला अथवा परपुरुषको संसर्गमा रहेका महिलामा पनि यो रोग लाग्ने प्रबल सम्भावना हुन्छ । पतिको अर्की श्रीमतीलाई यो रोग भएको छ भने पनि आफूलाई हुने सम्भावना बढी हुन्छ ।

अनि जाँड रक्सी, चुरोट, खैनी, बिडी, तमाखु इत्यादि सेवन गर्ने तथा खानपिनमा ध्यान नदिने तथा कुपोषण भएका महिलालाई पनि यो रोग लाग्ने खतरा बढी हुन्छ । . हर्मोन लिने महिलाहरूमा खतरा केही बढी मात्रामा हुने सम्भावना रहन्छ ।

पाठेघरको मुखको क्यान्सर भनेको उक्त अंगमा अनियन्त्रित कोषिकाहरूको वृद्धि हो । जुन साधारण उपचारले फेरि फर्कन सक्दछ । यो यही कारणले हो भनेर किटान नभए पनि एक प्रकारको भाइरल संक्रमण यसको मुख्य कारक तत्वको रूपमा देखा परेको छ । ‘ह्युमन पापिलोमा’ नामको कीटाणुका केही प्रजाति यसको प्रमुख कारक हुन् । त्यस्तै गरी शारीरिक सरसफाइमा ध्यान नदिनाले, धेरैजनासँग शारीरिक सम्पर्क गर्नाले पनि यो रोग लाग्न सक्छ । यस कीटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरूमा संक्रमण गर्दछ र त्यसलाई अनियन्त्रित तवरले बढन मद्दत पु¥याउँदछ ।

यो रोग लागे नलागेको पत्ता लगाउन समयसमयमा डाक्टरसँग जाँच गराउनु अत्यन्तै आवश्यक छ । साथै समयसमयमा प्याप स्मेयर जाँच गराएर पनि यो रोग लाग्ने सम्भावना कति भन्ने कुरा पत्ता लगाउन सकिन्छ । प्याप स्मेयर जाँच पाठेघरको पानी झिकेर जाँच गरी क्यान्सर भएको छ कि छैन र क्यान्सर हुने सम्भावना छ कि छैन भनी पत्ता लगाउने एक विशेष किसिमको अत्यन्तै सरल जाँच हो ।  साधारण डाक्टरसित जचाउँदा यदि क्यान्सरको शंका गरेको भए तुरुन्त गई क्यान्सर विशेषज्ञसँग परामर्श लिन आवश्यक हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चुम्बनबाट पनि सर्न सक्छ यौन रोग
Next article अपर्झट हुने हृदयघातबाट कसरी बच्ने ?

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133141
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

44
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web