• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

बौलाहा कुकुरले टोकेको वर्षौंपछि पनि रेबिजको खतरा

November 23rd, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बौलाहा कुकुरले टोकेको वर्षौंपछि पनि रेबिजको खतरा

हेल्थ टुडे,
काठमाण्डौ, ७ मंसिर : बौलाहा कुकुरले टोक्दा सामान्य सम्झिएर बेलैमा उपचार गरिएन भने त्यसको प्रभाव वर्षौंपछि पनि देखिन सक्छ । सुरुमा रेबिजको कुनै लक्षण नदेखिए पनि उपचार नगरेका कारण केही व्यक्तिको मृत्यु भएका घटना हाम्रो समाजमै पनि छन् । उनीहरु मध्ये कतिलाई त आफूलाई कुकुरले कहिले टोकेको थियो भन्ने सम्झना नै छैन ।
रेबिजका कारण मृत्युको मुखमा पुगेकाहरूसँग मेडिकल हिस्ट्री लिँदा तीमध्ये कतिपयलाई कहिले कुकुर वा अन्य जनावरले टोकेको थाहा नभए पनि रोग लागिसकेको पाइने गरेको छ,  डा. बाबुराम मरासिनी भन्छन्, त्यसको अर्थ हो, उनीहरूले वर्षौपहिलेदेखि रेबिजको भाइरस बोकिरहेका थिए । कुकुर वा कुनै जनावरले आफूलाई कुनै बेला टोकेको उनीहरूलाई पत्तै थिएन ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, रेबिजको भाइरस मानव शरीरमा प्रवेश गरेको सामान्यतः चार सातादेखि आठ सातासम्म रोगको लक्षण देखिन्छ । तर कहिलेकाहीँ यो भाइरस शरीरमा प्रवेश भएको धेरै वर्षपछि पनि रेबिज देखिन सक्छ ।
रेबिज भाइरस एकपटक तपार्इंको शरीरमा गएर वर्षौसम्म निष्क्रिय रहन सक्छ,  डा. राजेश साह भन्छन्, वर्षौंपछि यसले असर देखाउन सुरु गर्दा उपचार गर्ने ठाउँ नै रहँदैन ।
यदि तपाईंलाई छाडा कुकुरले टोकेको छ र त्यसको दस दिनसम्म त्यो कुकुर जीवित थियो वा थिएन भन्ने तपाइंलाई थाहा छैन भने एन्डिरेबिज भ्याक्सिन (एआरभी) लगाहाल्नुपर्छ । अहिलेसमम रेबिज लाग्नुअघि गरिएको उपचारमात्रै प्रभावकारी हुने गरेको छ । रेबिज लागिसकेको व्यक्तिको उपचार विश्वको कुनै ठाउँमा पनि सम्भव छैन । त्यस्ता व्यक्तिलाई मृत्युमात्र विकल्प हुन्छ ।
आफूलाई टोकेको कुकुरको अवस्था थाहा नभए यो घटना भएको वर्षदिनै वितेको भए पनि ढुक्क हुन एन्टिरेविज भ्याक्सिन लगाउनैपर्छ, डा. साह भन्छन्, रेबिज लागेको कुकुर अर्थात् बौलाहा कुकुर कसैलाई टोकेको १० दिनभित्र मर्छ ।
नेपाल भ्रमण गरेर स्वदेश फर्किसकेका विदेशीहरूसमेत यहींको घटनाका कारण रेबिज लागेर मृत्यु भएका उदाहरण पाइएको औंल्याउँदै डा. मरासिनी भन्छन्, पर्यटकहरूलाई राति घुमघामपछि हिँडेरै होटेल जाने क्रममा कुकुरले सामान्य चिथोरेको वा टोकेको हुन सक्छ, जसलाई उनीहरूले त्यति वास्ता गरेका हुँदैनन् । पछि उनीहरू रेबिजको फन्दामा पर्छन् ।
उनका अनुसार नेपालबाट फर्केका पर्यटकहरूमध्ये बर्सेनि दुई जनासम्मको रेबिजका कारण मृत्यु हुने गरेको छ । यस्तै, अन्य जनावरले टोकेको पाँच, छ महिनापछि रेबिज देखिएका घटनाहरूसमेत हाम्रो मुलुकमा प्रशस्त छन् ।
टेकु अस्पतालमा कुकुरले टोकेका दिनहुँ सरदर दुई दर्जनले उपचार सेवा लिने गरेका छन् । त्यस्ता प्रभावित प्रायः सबै उमेर समूहका भए पनि बालबालिकाको संंख्या बढी छ । टेकु अस्पताल आउने त्यस्ता व्यक्तिहरूमध्ये करिब ८० प्रतिशतलाई छाडा कुकुरले र २० प्रतिशतलाई घरपालुवा कुकुरले टोक्ने गरेको पाइएको छ ।
इपिडिमियोलोजीका अनुसार गत वर्ष करिब ४१ हजारलाई कुकुरले टोकेको तथ्यांक छ । तर डा. मरासिनी भन्छन्, यो संख्या ६० हजारको हाराहारीमा हुनुपर्छ । बर्सेनि करिब दुई सय जनाको मृत्यु रेबिजले गर्दा हुने गरेको छ ।
नेपालमा हुने त्यस्ता घटनामध्ये करिब ८० प्रतिशत कुकुरले टोकेका र तीनदेखि पाँच प्रतिशतसम्म स्याललगायतका जनावरको टोकेका हुने गरेका छन् । नेपाल सरकारले बर्सेनि करिब सात करोड रुपैयाँको रेबिजविरुद्धको भ्याक्सिन किन्ने गरेको छ । यो भ्याक्सिन शंकास्पद जनावरले टोकेकाहरूलाई सरकारी स्वास्थ्य निकायका माध्यमले पाँच मात्रा र कसैकसैलाई सात मात्रा निःशुल्क लगाइने गरिएको डा. मरासिनी बताउँछन् । डब्लूएचओका अनुसार, रेबिजले विश्वभर बर्सेनि ५५ हजार व्यक्तिको मृत्यु हुने गरेको छ । तीमध्ये ९५ प्रतिशत चाहिँ एसिया र अफ्रिकाका हुने गरेका छन् । एसियामा चार अर्बभन्दा बढी व्यक्ति रेबिजको जोखिममा छन् । शंकास्पद बौलाहा जनावरले टोकेकामध्ये ४० प्रतिशत चाहिँ १५ वर्षमुनिका बालबालिका हुन्छन् । बर्सेनि डेढ करोड व्यक्तिले त्यस्तो टोकाइपछि रेबिजबाट जोगिन भ्याक्सिन लिने गरेका छन् । धेरैजसो केसमा, ९४ प्रतिशत केसमा रेबिज बौलाहा कुकुरले टोकेर नै लाग्ने गरेको पाइएको छ ।
कुकुरले टोके के गर्ने ?
विज्ञहरुका अनुसार कुकुर वा कुनै जनावरले टोके तुरुन्त घाउ सफा गर्नुपर्छ र केही घन्टाभित्रै रेबिजविरुद्धको भ्याक्सिन लगाउनुपर्छ । यसो गरे रेबिज लाग्नबाट बच्न सकिन्छ ।
जनावरको टोकाइबाट जोगिन लगाइने भ्याक्सिन सक्रिय र निष्क्रिय गरी दुई प्रकारका हुन्छन् । सक्रिय भ्याक्सिनअन्तर्गत एन्टिरेबिज सिरम लगाइन्छ । यो भ्याक्सिन पाखुरा, नितम्ब वा कुकुरले टोकेकै ठाउँमा लगाउने गरिन्छ । निष्क्रिय भ्याक्सिनअन्तर्गत चाहिँ एन्टिरेबिजका पाँचवटा भ्याक्सिन खास समयावधिमा लगाउने गरिन्छ ।
कुकुर वा कुनै जनावरले टोक्दा कसैलाई सामान्य वा कसैलाई ठूलै घाउ हुन सक्छ, डा. साह भन्छन्, घाउ जस्तोसुकै भए पनि चिकित्सकको सल्लाह लिएर एन्टिरेबिज भ्याक्सिन लगाउनु नै उपयुक्त हुन्छ । जनावरको टोकाइको प्रकार अनुसार एन्टिरेबिज भ्याक्सिनमात्र लिने हो वा योसँगै इम्युनोग्लोबिनको सुई पनि आवश्यक छ भन्ने निर्भर हुन्छ ।
रेबिजको भाइरस जति मस्तिष्कको नजिक हुन्छ, त्यति छिटो यो रोग सर्ने गर्छ । घाँटी, मुख, टाउकोमा टोकेका व्यक्तिलाई चाँडै रेबिज हुने सम्भावना हुन्छ । डा. मरासिनीका अनुसार, बौलाहा कुकुरले टोकेको तीन दिनभित्र पनि रेबिज लागेको पनि पाइएको छ ।
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिरभेन्सन (सीडीसी) का अनुसार, इम्युनोग्लोबिनले रेबिजविरुद्ध तुरुन्त एन्टिबडी उत्पन्न गर्छ । त्यही भएर शंकास्पद अवस्थामा यो भ्याक्सिन टोकाइलगत्तै दिइन्छ ।
घाँटीभन्दा माथि, हातका औंला वा शरीरको अन्य कुनै भागमा टोकाइले ठूलो घाउ बनेको छ भने, शरीरका धेरै ठाउँमा टोकेको भए वा छातीभन्दा माथि टोकेको भए इम्युनोग्लोबिन सुई आवश्यक हुन्छ । यो सुई टोकाइलगत्तै वा त्यसको ७२ घन्टाभित्र लगाउनुपर्छ । ह्युमेन रेबिज इम्युनोग्लोबिन (एचआरआईजी) र इक्विन रेबिज इम्युनोग्लोबिन (ईआरआईजी) गरी यी सुई दुई थरीका हुन्छन ।
विज्ञहरूका अनुसार, जनावरबाट निर्माण गरिने भएकाले ईआरआईजी सुई सस्तो छ । यो अधिकतम दुई हजार रुपैयाँसम्ममा आउँछ । एचआरआईजी भने धेरै महँगो हुन्छ । शरीरको तौलअनुसार मात्रा मिलाएर दिइने यो सुईको ५० हजार रुपैयाँसम्म पर्ने गर्छ ।
एचआरआईजी र ईआरआईजीले काम उस्तैउस्तै गर्ने हो, डा. साह भन्छन्, भाइरसलाई रोक्न यो एक मात्रा शरीरको तौलअनुसार दिइन्छ । यसपछि सामान्य एन्टिरेबिज भ्याक्सिनको पाँच मात्रा दिने गरिन्छ । कुकुर घरपालुवा छ भने तीन मात्रा अर्थात् टोकेको दिन, टोकेको तेस्रो र सातौं दिन सुई लगाए पुग्छ । तर छाडा कुकुर भए पाँच मात्रा सुई लगाउनै पर्छ ।
घरपालुवा कुकुर वा जनावर कुनै व्यक्ति विशेषलाई टोकेको १० दिनसम्म जीवित भए टोकेको चौथो दिन दिइने सुईको पाँचौं र टोकाइको २८ औं दिन दिइने पाँचौ मात्रा नलाए पनि हुने डा. साह बताउँछन् ।

एन्टिरेबिज लगाएको कुकुरले टोके पनि सुई
टोकेको कुकुर १० दिनभित्र मरेमात्र सुई लगाउनुपर्छ भन्ने मान्यता थियो पहिले । तर यसो होइन । डा. साह भन्छन्, अचेल चाहिँ जुनसुकै कुकुरले टोक्नेबित्तिकै सुई लगाउनुपर्छ र कुकुर मरेको छ वा छैन भन्ने पनि जानकारी राखिनुपर्छ । यदि कुकुर म¥यो भने मात्र थप चौथो र पाँचौं मात्रा सुई लगाए हुन्छ ।
कुनै व्यक्तिलाई टोकेको कुकुरलाई पहिल्यै रेबिजविरुद्धको खोप लगाइएको भए पनि त्यो खोप प्रभावकारी रहे, नरहेको वा त्यसले कुकुरको शरीरमा प्रतिक्रिया गरे, नगरेको थाहा पाउन सकिने स्थिति छैन । साहका अनुसार एन्टिरेबिज भ्याक्सिन दिइएको कुकुरले टोके पनि तीन मात्रासम्म सुई लगाउनै पर्छ ।

घरपालुवा कुकुरलाई पनि रेबिजको खोप आवश्यक
आफ्नो घरपालुवा कुकुरको शरीरमा रेबिजको भाइरस उत्पन्न हुन नदिन त्यसलाई रेविजविरुद्धको खोप लगाउनुपर्छ । यसबाट रेबिज नियन्त्रणमा धेरै सघाउ पुग्छ ।
कुकुरका छाउराछाउरीलाई पहिलो रेबिजविरुद्धको खोप जन्मेको तीन महिनापछि लगाउनुपर्छ, पशु चिकित्सक शरदसिंह यादव भन्छन्, यसको एक महिनापछि वुस्टर डोजअन्तर्गत दोस्रो पटक खोप दिलाउनुपर्छ । यसपछि बर्सेनि एक पटक रेबिजविरुद्धको खोप दिए पर्याप्त हुन्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिर्गौंला कसरी जोगाउने ?
Next article खुट्टा फुट्ने समस्या छ भने यसो गर्नुस्

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134259
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

139
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

109
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web