• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
उपचार बिधी

पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन प्याप स्मेयर

December 3rd, 2017 उपचार बिधी 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन प्याप स्मेयर

डा. सरिता घिमिरे

यो पाठेघरको मुखको क्यान्सरको संक्रमण भए नभएको पत्ता लगाउने सामान्य तर जति नै प्रभावकारी विधि हो । यसमा पाठेघर र त्यसको मुखबाट निस्कने स्राव परीक्षण गरी संक्रमणको अवस्था पत्ता लगाउन सकिन्छ ।  यो परीक्षण सस्तो र छरितो पनि भएकाले नियमित रूपमा परीक्षण गरी समयमै रोगको बारेमा जानकारी पाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार महिलाहरूलाई सबैभन्दा बढी देखिने क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो नम्बरमा पर्दछ । नेपालमा हालसम्म पाठेघरको मुखको क्यान्सर भएका महिलाहरूको यकिन तथ्यांक उपलव्ध नभए तापनि भक्तपुर क्यान्सर अस्पतालको तथ्यांकअनुसार सो अस्पतालमा उपचारको लागि आउनेमध्ये २० प्रतिशतमा पाठेघरको मुखको क्यान्सर फेला पर्ने गरेको छ । अर्को तथ्यांकअनुसार विश्वमा हरेक वर्ष यो रोगबाट पाँच लाखभन्दा बढी महिलाहरू पीडित हुने गरेका छन् । तीमध्ये दुई लाखभन्दा बढीको मृत्यु हुने गरेको छ जसमध्ये ८५ प्रतिशत बिरामी नेपालजस्ता विकासोन्मुख मुलुकहरूमा रहेको अनुमान गरिएको छ ।

पाठेघरको मुखको क्यान्सर महिलाहरूमा हुने क्यान्सरमध्ये सबैभन्दा खतरनाक भए तापनि अरू क्यान्सरको तुलनामा सजिलै पत्ता लगाउन सकिने रोग हो । पाठेघरको मुखको क्यान्सर विशेषतः  हुमन पपिलोमा भाइरसको संक्रमणबाट हुने गर्दछ । यो भाइरस धेरैजनासँग यौन सम्पर्क सुरु गरेका महिलाहरू तथा सानै उमेरमा विवाह गरी बच्चा पाएका महिलाहरूमा बढी सक्रिय भएको देखिन्छ । त्यस्तै शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएका, धूमपानको लत बसेकामा यो भाइरसले संक्रमण बढी गरेको पाइन्छ । लामो समयसम्म (पाँच वर्षभन्दा बढी) हर्मोनयुक्त परिवार नियोजनका अस्थायी साधनहरू प्रयोग गर्ने महिलाहरूमा पनि यो क्यान्सरको खतरा हुन सक्दछ ।  त्यसैले हर्मोनयुक्त परिवार नियोजनका साधनहरू तीनदेखि चार वर्षको बीचमा केही समय रोकेर पुनः प्रयोग गर्नु राम्रो हुन्छ ।

कहिले गर्नुपर्दछ  ?

१. ३५ देखि ६० वर्ष उमेर पुगेका महिलाले वर्षको कम्तीमा एक पटक अनिवार्य रूपमा यो जाँच गर्नु पर्दछ ।

२. यो परीक्षण महिला ६ महिनाको फरकमा तीन पटक गर्नुपर्दछ । तीनै पटक परीक्षणमा  नेगेटिभ देखिएमा फेरि एक वर्षपछि परीक्षण गर्नुपर्दछ ।

महिनावारी रोकिइसकेपछि पनि नियमित रूपमा प्याप स्मेयर जाँच गर्नु आवश्यक छ । ६५ वर्षभन्दा माथिको महिलाहरूमा यदि अघिल्ला तीन वा सोभन्दा बढी जाँच नकारात्मक  छन् भने पोप टेस्ट रोक्न सकिन्छ । पछिल्लो समयमा सानो उमेरमा युवतीहरूमा यो क्यान्सर देखिन थालेकोले  २१ वर्षको उमेरदेखि नै यो जाँच गर्न प्रभावकारी देखिएको छ ।  यदि क्यान्सरबाहेकका अन्य कारणहरू जस्तै फाइवरोइव अटेरसको कारणसहित पाठेघर निकाल्ने अपरेसन गरिएको छ भने यी महिलाको नियमित रूपमा प्याप स्मेयर  जाँच गर्नु पर्दैन । तर क्यान्सरको कारणबाट पूरा अपरेसन गरिएको हो भने ती महिलाले नियमित रूपमा (वार्षिक रूपमा) आफ्नो प्याप स्मेयर टेस्ट गर्न आवश्यक हुन्छ ।

कसरी तयारी गर्ने ?

यो जाँचको नतिजा प्रभावकारी रूपमा पाउनको लागि एबउ तभकत गर्नुपर्ने महिलाले निम्न कुरामा ध्यान पु¥याउनु आवश्यक छ ।

१. यो जाँच गर्नुभन्दा ठीक दिन अगा िदेखि यौन सम्पर्क गर्नु हुँदैन । योनीमा कुनै औषधि क्रिम, परिवार नियोजनको अस्थायी साधनको रूपमा प्रयोग गरिने क्रिम तबदभितक प्रयोग गर्नु हुँदैन ।

२.     महिनावारी भइरहेको समयमा यो जाँच गर्नु हुँदैन ।

(डा. घिमिरे क्यान्सर केयर फाउण्डेसनकी संस्थापन हुन् । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जन्डिस भए के गर्ने ?
Next article कुमारित्व भंग भए नभएको कसरी थाहा पाइन्छ ?

Health Today Nepal

Related Posts

सानोतिनो रोगमा कडा एन्टिवायोटिक

सानोतिनो रोगमा कडा एन्टिवायोटिक

अब माइक्रोस्कोपबाट दाँतको उपचार

अब माइक्रोस्कोपबाट दाँतको उपचार

महाकाली अञ्चल अस्पतालको त्यो घटना

महाकाली अञ्चल अस्पतालको त्यो घटना

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134335
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web