• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

गर्भपतनकी सधै बिरोधी डाक्टर

December 6th, 2017 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गर्भपतनकी सधै बिरोधी डाक्टर

हेल्थ टुडे

मानिसलाई जीवनमा कसै अरूले बनाउने अनि बन्ने भन्ने कुरा रहरमात्रै हो भन्न सकिन्छ । तर त्यही मानिस कसैको व्यक्तित्व र कृतित्वबाट नजानिँदो गरी प्रभावित भएको पत्तै हुँदैन । एउटा भनाइ नै छ, ‘संगत गुनको फल !’ नराम्रो संगतले धेरै बर्बादीको बाटोमा पुगेका छन् भने असलको संगतले मानिस निकै उचाइमा पुगेका पनि पाइन्छन् । त्यस्तैमध्येकी एक हुन्, वरिष्ठ स्त्री तथा प्रसूतिरोग विज्ञ डा. मीरा हाडा । मीराका बुवा वीरेन्द्रबहादुर हाडाले आफ्ना सन्तानमध्ये एकजनालाई भए पनि डाक्टर बनाउन चाहन्थे । उनी समाजसेवामा पनि उत्तिकै सक्रिय थिए । त्यही भएर उनले एक दिन छोरी मीरालाई समाजसेवी तुलसी मेहरसँग भेट गराइदिए । त्यही भेटले मीराको जीवनमा परिवर्तन आयो । जुन परिवर्तनले उनका बुवाको सपना साकार पारिदियो ।

काठमाडौंमा जन्मिएकी मीराले प्राथमिक शिक्षा कन्या मन्दिरबाट गरेकी हुन् । बीएस्सीसम्म अमृत साइन्स क्याम्पसमा पढेकी उनले एमबीबीएस भने भारतबाट पूरा गरिन् । मीराले तुलसी मेहरलाई भेटेपछि उनी महात्मा गान्धीको दर्शनबाट प्रभावित भइन् । मेहर गान्धीबाट प्रेरित भएर नेपालमा पनि अहिंसा र परोपकारी कार्यमा लागेका थिए । तुलसी मेहरको सरल जीवन र उच्च विचारबाट मीरा नजानिँदो गरी प्रभावित भइन् । उनलाई आफू पनि तुलसी मेहरजस्तै सत्यम् अहिंसात्मपूर्ण तरिकाले समाजसेवामा समर्पित गर्ने प्रण गरिन् । मीराका बुवा वीरेन्द्रबहादुर हाडाको चाहना पनि त्यही थियो । तुलसी मेहरको समाजसेवाबाट प्रभावित मीरा समाजसेवा गर्ने उत्तम उपायको पर्खाइमा थिइन् । उनी बेलाबेला तुलसी मेहरलाई भेट्न जान्थिन् । एक दिन तुलसी मेहरले मीरालाई सोधे, ‘भविष्यमा के बन्ने नानी ?’ मीराले डाक्टर बनेर समाजसेवा गर्ने सपना सुनाइन् । तुलसी मेहर निकै प्रभावित भए । उनी मीरालाई बाटोमा पाएकी छोरी भन्ने गर्थे । केही दिनपछि तुलसी मेहरको खुट्टा भाँच्चियो । त्योबेला मीराले उनको सक्दो हेरविचार गरिन् । त्यसबेला मीराले बीएस्सी सकिसकेकी थिइन् ।

खुट्टा भाँचिएपछि तुलसी मेहरको शान्तभवन ( पाटन अस्पताल) र पछि वीर अस्पतालमा उपचार गरियो । मीराको डाक्टर पढेर समाजसेवा गर्ने चाहना पूरा गर्न तुलसी मेहर सहयोगी बने । बीएस्सी पास गरेकी मीराले भारतको महात्मा गान्धी स्कुल अफ मेडिकल साइन्सेसमा आवेदन गरिन् । उनले एमबीबीएसमा भर्ना पाइन् । डेढ वर्षसम्म शुल्क तिरिन् । त्यसपछि मेडिकल कलेजले उनलाई छात्रवृत्ति दियो । सन् १९८३ मा उनले एमबीबीएस पास गरिन् । इन्टर्न गर्दा उनी अर्थोपेडिक सर्जन बन्न चाहन्थिन् । दुर्घटनामा परेर अंगभंग भएकाहरूलाई बचाएर पुण्य कमाउने धोको थियो । तर बुुवाले ‘महिला भएर महिलाको पीडा बुझ्नुपर्छ छोरी’ भनेपछि उनी स्त्री रोगविज्ञ बन्ने बाटोमा लागिन् । मीराले बुवाको इच्छा अटेर गर्ने कुरै भएन । उनी स्त्री तथा प्रसूति रोगविज्ञ बनिन् । डाक्टर बनेर मीरा सन् १९८४ मा स्वदेश फर्किइन् । नेपालमा तुलसी मेहरबाट र भारतमा डाक्टरी पढ्दा महात्मा गान्धीको व्यक्तित्वबाट प्रभावित मीराले त्यही बाटो पहिल्याइन् । उनले सत्यम् अहिंसाको बाटो रोजिन् । शाकाहारी जीवनशैली अपनाइन् । स्वदेश फर्केपछि केही समय प्रसूति गृहमा काम गरिन् । त्यसपछि उनी पाटन अस्पतालमा सेवा गर्न थालिन् । उनको चाहना समाजसेवा थियो । अस्पताल त माध्यममात्र बन्यो । उनी हप्ताको एकपटक गठ्ठाघरमा रहेको तुलसी मेहर महिला आश्रममा निःशुल्क सेवा दिन थालिन् । त्यहाँ उनले २५ वर्षसम्म निःशुल्क सेवा गरिन् । सन १९८८ देखि निरन्तर २८ वर्ष पाटन अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ भएर देशभरिका हजारौं महिलालाई मीराले सेवा दिइन् । उनी स्त्री तथा प्रसूति रोग विभागको प्रमुख र प्राध्यापक भएर रिटायर भएकी छिन् । रिटायर्स भए पनि उनी टायर्ड भने छैनन् । अझै उनमा सयौं महिलाको ज्यान बचाउने आत्मविश्वास छ । त्यसैले त उनी अहिले बल्खुस्थित बयोधा हस्पिटलमा पूर्णकालीन सेवा दिन थालेकी छिन् ।

डा. मीराले कठिनभन्दा कठिन शल्यक्रिया गरेर कयौंको ज्यान बचाएकी छिन् । थुप्रै घटनाकी उनी साक्षी बनेकी छिन् । सेवा दिएकी छिन् । जहाजबाट राजधानी बाहिरबाट ल्याइएकी साल अड्केकी महिलालाई २५ प्वाइन्ट रगत दिएर ज्यान बचाएको घटना उनी कहिल्यै भुल्दिनन् । १५ वर्षपहिले नेपाल बन्दको दिन अस्पताल ल्याइएकी तीं महिला बचाउन सफल भएपछि जिन्दगीमै सबैभन्दा बढी खुसी भएको अनुभव स्मरण उनीसँग अहिले पनि ताजै छ । अर्को घटना दुईवटा टाउको जोडिएका कारण व्यथा लागेकी महिलाले बच्चा जन्माउन नसकेपछि जीवनमरणको दोसाँधमा रहेकी अर्की महिलालाई भीभीएफ गरेर शल्यक्रियामार्फत बच्चा जन्माएर आमालाई सुम्पदाको खुसी पनि उनका लागि अविस्मरणीय छ ।

सात महिनाको बच्चामा उच्च रक्तचापको समस्या देखिएपछि अप्रेसन गरेर बचाएको क्षण पनि बिर्सनलायक छैन, उनको जीवनमा । स्त्री रोगविज्ञ भएकोमा उनलाई गर्व छ । चिकित्सा क्षेत्रका अन्य विधामध्ये उनलाई स्त्री तथा प्रसूति विज्ञ सबैभन्दा राम्रो लाग्छ । एकैपटक आमा र बच्चाको ज्यान जोगाउन पाउँदा उनलाई खुसी लाग्छ । भन्छिन्, ‘बच्चा निकालेर आमाको काखमा सुम्पदा दुईवटा खुसी एकै पटक प्राप्त हुन्छ ।’तुलसी मेहर र महात्मा गान्धीको दर्शनबाट प्रभावित डा. मीरा पैसा कमाउनका लागि भने यो पेसामा आएकी होइनन् । उनले व्यवहारमा पनि यही कुरा देखाएकी छिन् । सेवालाई मात्र आफ्नो गन्तव्य उनले ठानिन् । सेवामा संलग्न रहँदा उनले विवाह गर्नसमेत भ्याइनन् । उनले अहिंसात्मक उपचार गरिन् । गर्भपतनले नेपालमा कानुनी मान्यता पाएपछि गर्भपतन गराएर पैसा कमाउने धन्दामा डाक्टरहरू लागेका छन् । तर डा. मीरा गर्भपतनको सधंै बिरोधी रहिन् । अहिलेसम्म कुनै पनि गर्भपतन नगरेको उनी दाबी गर्छिन् । भन्छिन्, ‘डाक्टरको काम ज्यान बचाउनु हो । जन्मन लागेको शिशुको हत्या गर्ने काम पाप हो । मान्छेको धर्म होइन ।’ भूर्णहत्या अपराध भएको उनको बुझाइ छ । त्यसैगरी धमाधम फाल्नु नपर्ने पाठेघरको पनि शल्यक्रिया गरेर फाल्ने र मोटो रकम असुल्ने प्रवृत्तिप्रति पनि उनको असहमति छ । ‘फाल्नै पर्ने अवस्थामा मात्र पाठेघर फाल्नुपर्नेमा उपचारले निको हुने अवस्थामा समेत पैसाको लोभका अप्रेसन भइरहेको छ’, उनले भनिन्, ‘म त्यसो गर्दिनँ ।’ गर्भपतनबाहेक सबै सेवा आफूले दिने गरेको डा. मीरा बताउँछिन् ।

उनी आफूलाई सत्यम् हिंसा विरोधी डाक्टर भन्न रुचाउँछिन् । डाक्टरहरूमा सेवाभाव घट्दै गएकोमा उनको चिन्ता छ । आफ्नो पथमा हिँड्ने चेली बनाउने अभियानमा उनले डा. रक्षा ढुंगानालाई अगाडि बढाएकी छन् । जसले साँच्चिकै सेवा गर्न सकोस् । धर्म सम्झेर काम गर्ने हो भने चिकित्सकमाथि कुनै आरोप नलाग्ने उनको बुझाइ छ । उनी धर्मप्रति विश्वास गर्छिन् । धर्मसहितको चिकित्सा सेवा भए गरिबले पनि उपचारबाट वञ्चित हुनु नपर्ने उनी बताउँछिन । आफ्ना स्वर्गीय पिताको पुण्यतिथिमा उनी हरेक वर्ष शेषनारायणमा निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गर्दै आएकी छिन् । यसका अलावा समयसमयमा विपन्न बस्तीमा उनले निःशुल्क स्वास्थ्यशिविर र औषधि वितरण गर्ने गर्छिन् । उनी भन्छिन् ‘कमाइको ठूलो अंश निःशुल्क स्वास्थ्यशिविरमै खर्च हुन्छ ।’ लामो समयसम्म उनले हरेक महिनाको पहिलो शनिबार शेषनारायण स्वास्थ्यचौकीमा निःशुल्क सेवा गर्दै आएको बताउँछिन् । आमा बिरामी भएर बीचमा अवरुद्ध त्यो सेवा फेरि सुरु गर्ने उनको सोच छ

उनी सिंगापुर बैंकक घुम्नुभन्दा तीर्थधाम घुम्न मन पराउँछिन् । भारत र नेपालका अधिकांशधामको भ्रमण गरिसकेको बताउने मीरा बयोधा हस्पिटलमा पूर्णकालीन स्त्री रोग विशेषज्ञ भएर काम गर्दा पनि विपन्नको सेवालाई पहिलो प्राथमिकता दिन्छिन् । उनले भनिन्, ‘बयोधा निजी अस्पताल हो । तर मैले यहाँका सञ्चालकसँग भनेकी छु, विपन्नलाई मैले निःशुल्क सेवा दिन सिफारिस गरेपछि निःशुल्क दिनुपर्छ । पैसा हुनेवालासँंग लिनुस् तर विपन्नलाई सेवा दिनुहोस् ।’ आफूले राखेको प्रस्तावमा अस्पताल व्यवस्थापन राजी भएको उनी बताउँछिन् । नेपाली महिलामा पाठेघरको समस्या, बाँझोपन, जटिल प्रसूतिलगायतका समस्या विकराल बनेको उनको अनुभव छ । बारम्बार गराइने गर्भपतनले बाँझोपनको समस्या देखिने र यसकै कारण परिवारमा मनमुटाव भएर श्रीमान्ले दोस्रो विवाह गर्ने चलन बढेकाले महिलाको प्रजनन स्वास्थ्य दिनप्रतिदिन खतरामा परेको उनको बुझाइ छ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उपचारकैलागि रित्तिदै सुदूरपश्चिमका पहाडि बस्ती 
Next article यौनाङ्ग चिलाउने कारण यो पनि हुन सक्छ 

Health Today Nepal

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

पाठेघर झर्ने समस्या

पाठेघर झर्ने समस्या

Leave a Reply Cancel reply

Timeline
Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132657
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web