• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

सेवाको ३८ वर्षपछि राजधानी टेक्ने डाक्टर

December 9th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सेवाको ३८ वर्षपछि राजधानी टेक्ने डाक्टर

लोकराज भट्ट

हरेक मानिस सुविधाभोगी बन्दै गएको छ । अझ सहरमुखी बन्ने स्वभाव जन्मजात जस्तै बनेको छ । त्यसमा पनि ठूलो लगानी गरेर डाक्टर बनेकाहरु अधिकांश  व्यक्ति सुविधाभोगी छन् । दुःखी गरिबको सेवा गर्ने पेशा भए पनि उनीहरु राजधानीमै सेवारत हुन चाहन्छन् । प्राइभेट प्राक्टिस गरेर दाम र नाम दुबै कमाउन सकिने भएकाले पनि उनीहरु साम, दाम सबै लगाएर पनि काठमाडौ केन्द्रित हुन् चाहन्छन र हुन्छन् । अधिकांस डाक्टरको बुझाईमा राजधानी बाहिर जानु भनेको सजाय पाउनु हो । बरु जागिर छोड्न तयार हुने तर राजधानी बाहिर जान नचाहने डाक्टरको कमी छैन् । सरकारी सेवामा कार्यरत कर्मचारीको तुलनामा बाहिर जान अटेरी गर्ने जात डाक्टर नै हो भन्ने पर्न थालेको छ । करकापले गएछन् भने पनि कसरी हुन्छ चाँडो मिलाएर फर्किहाल्ने चलन जस्तै भएको छ ।

राजधानी बाहिरका अस्पताल अथवा स्वास्थ्यकर्मी अधिकांश समय चिकित्सक बिहीन बनेका समाचार त्यत्तिकै बनेका होइनन् । यो रोग जुनियर डाक्टरहरुमा मात्र होइन सिनियरमा पनि उत्तिकै छ । तर त्यही भिडमा यस्ता चिकित्सक पनि छन् जस्ले आफ्नो सेवाको ३८ वर्ष राजधानी बाहिरै विताएका छन् । सुब्बास्तरको रेडियोग्राफरबाट स्वास्थ्य सेवा सुरु गरेर एकै पटक स्वास्थ्य मन्त्रालयको सबैभन्दा माथिल्लो बाह्रौ तह (प्रमुख विशेषज्ञ) मा बढुवा भएपछि मात्र डा.सुशील प्याकुरेलले राजधानी टेकेका छन् । औलामा गन्न सकिने त्यस्ता चिकित्सक मध्ये एक हुन डा.प्याकुरेल । ३८ वर्ष गाउँ गाउँमा विताएर उनी हालै मात्र स्वास्थ्य मन्त्रालय छिरेका छन् ।

जागिरका दौरानमा डा. प्याकुरेलले २० भन्दा बढी जिल्लामा त जिल्ला जनस्वास्थ्य प्रमुख भएर सेवा गरे । कत्ति जिल्लामा मेडिकल अधिकृत भए । पछिल्लो पटक उनी मध्यपश्चिम, पूर्वाञ्चल र अन्तमा सुदूरपश्चिम क्षेत्रिय स्वास्थ्य निर्देशनालको निर्देशक भएर जिम्मेवारी सम्हाले । उनलाई प्राथमिक स्वास्थ्य केन्द्रदेखि जिल्लासम्म, अञ्चल अस्पतालदेखि क्षेत्रिय निर्देशनालयसम्मको सबै अनुभव छ । भोगाइ छ । त्यहाँ हुने गाह्रो साह्रो थाहा छ । स्वास्थ्यमा कार्यरत दातृ निकायसँग कसरी जनताको हितमा काम गर्न सकिन्छ भन्ने अनुभव छ । जनता के चाहन्छन ? त्यो थाहा छ । डा. प्याकुरेलले देशका दर्जनौ जिल्लामा काम गरेकाले कुनै पनि स्वास्थ्यकर्मीलाई उनका बारेमा चिनाउनु पर्दैन । अहिले देश संघीयतामा गएको छ । स्वास्थ्य क्षेत्रलाई पनि संघियतामा लैजानु पर्ने चुनौति छ । स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि अब डा. प्याकुरेल जस्तै राजधानी बाहिरको नेपालको स्वास्थ्य बुझेको व्यक्ति आवश्यक छ । डा. प्याकुरेलले भद्रपुरमा विसं २०३६ सालमा रेडियोग्राफरबाट जागिर सुरु गरेका हुन । काम गर्दै जाँदा उनले अध्ययन विदामा एबबीबीएस उतीर्ण गरे २०४६ सालमा । डाक्टर भएपछि उनी भोजपुर, दोलखाको जिरी, तनहूँ, तेह्रथुम, नुवाकोट, गोर्खा, संखुवासभा, विराटनगर, सुर्खेत, दिपालय लगायत देशका अधिकांश जिल्लामा सेवा गरे । उनले देशका दर्जनौ जिल्लामा रहेर  सेवा गरिसकेका छन् ।

७५ वटै जिल्ला पुग्ने औंलामा गन्न सकिने डाक्टरहरु मध्ये एक प्याकुरेल पनि हुन । उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को छात्रवृतिमा थाइल्याण्डको बैंककबाट एमपीएच गरेका हुन । डा. प्याकुरेल पढाइ र सेवामा सँधै अब्बल ठहरिए । कहिले पनि उनको फाइल बढुवा भएन ।  सँधै खुल्लाबाट बढुवा हँुदै गए । अहिले मात्र उनी बाह्रौं तहमा फाइल बढुवामा परेका हुन्, त्यो पनि प्रकृयागत वाध्यताले । किनकी बाह्रौं तहमा फाइल बढुवा मात्र हुन्छ । उनलाई योभन्दा पहिले काठमाडौं आउन नपाएकोमा कुनै गुनासो छैन । भन्छन, ‘डाक्टर दुई किसिमका हुन्छन, एक पैसा कमाउनका लागि, अर्को सेवा गर्न ।’ सेवा गर्न चाहनेमध्ये अधिकांशलाई राजधानीको मोह नहुने उनको ठम्याइ छ । काठमाडौंमा बसेका सबै पैसामुखी हुन भन्ने उनको मान्यता भने होइन । तर धेरै जसोको ध्याउन्न यही हुने बुझाइ उनको छ । गाउँबाट पढ्दै माथि उठ्दै यहाँसम्मको यात्रा पार गरेकोले उनलाई बाहिर बस्नै आनन्द आयो । भन्छन, ‘मलाई सायद दायित्वबोध बढी भएर होला की ?’ आफू बाहिर बस्दा खुशी भएको उनी बताउँछन् । दुर्गममा बसेर जनताको सेवा गरेकै परिणाम स्वरुप राज्यबाट सम्मान पाएको, जनताको आशिर्वाद पाएको र सबैभन्दा ठूलो त आत्मसन्तुष्टि पाएको डा.प्याकुरेल बताउँछन । दुर्गममा काम गरेकै नम्बरका कारण अहिले आफू स्वास्थ्य सेवाको सबैभन्दा माथिल्लो आहोदामा पुगेकोमा उनलाई गर्व छ ।

अब उनको एउटै इच्छा छ, मन्त्रालयको सचिव भएर माथिदेखि तलसम्मको जनतामूखी स्वास्थ्य नीति बनाएर लागू गर्ने । त्यसको लागि आफू उपयुक्त भएको उनको दावी छ । आम जनताको स्वास्थ्यमा सुधारकालागि पनि अबको स्वास्थ्य सचिव यस्तो व्यक्ति हुनु पर्छ, जसले केन्द्रदेखि गाउँ स्तरका समस्या नजिकबाट बुझेको होस । स्थानीय निकायसँग सहकार्य गर्नसक्ने र दाताबीच मिलेर काम गर्न सक्ने । संविधानले स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा राखेर मात्र नहुने बताउँदै डा. प्याकुरेल त्यसलाई व्यवहारमा उतार्ने नेतृत्वकर्ता सचिव हुनुपर्ने मत राख्छन । स्वास्थ्य क्षेत्रमा केन्द्र, क्षेत्र र जिल्ला बीचको दुरी कसरी कम गर्न सकिन्छ भन्ने राम्रो अनुभव डा. प्याकुरेलसँग छ । उनीसँग गाउँ, जिल्ला र क्षेत्रको अनुभव छ । त्यसका लागि उनको मान्यता छ, हरेक प्रदेशमा रहने निर्देशनालयलाई पावरफूल बनाउनु पर्छ । सबै कुरामा केन्द्रको मुख ताक्ने प्रवृति हटाउनु पर्छ । आफू बसेको ठाउँको स्वास्थ्य सेवा सुधार पनि गरेका छन् उनले । पछिल्लो २ वर्ष उनी सुदूरपश्चिमको निर्देशक बसे । त्यहाँको स्वास्थ्य अवस्था अन्य क्षेत्रको भन्दा धेरै माथि उठाउनमा उनको भूमिका ठूलो रह्यो । सुदूरपश्चिममा छाउपडी र बालविवाहका कारण केही समस्या भए पनि समग्र स्वास्थ्य अवस्थामा सुधार आएको उनको दावी छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कसरी बढदैछ यौन व्यवशाय ?
Next article नर्सहरुका नदेखिने पीडा

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

38
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web