• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

बच्चा किन खान मन गर्दैनन्

December 11th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बच्चा किन खान मन गर्दैनन्

महेश श्रेष्ठ

बच्चाहरूले सिक्ने सन्दर्भमा वैज्ञानिकहरू भन्छन् अपवादलाई छाड्ने हो भने पाँच वर्षसम्म बच्चाले  ९५ प्रतिसत कुरा सिक्छन् र बाँकी जीवनभर थप ५ प्रतिसत कुरा मात्र  सिक्न सक्छन् । अभिव्यक्त गर्न नसके पनि बच्चाहरूले हेरेर, छोएर, गन्ध र आवाजबाट धेरै कुरा सिकिरहेका हुन्छन् । यस्ता सिकाइ अनुभूतिका आधारमा निजात्मक हुने भएका कारण उनीहरूले सिक्ने सन्दर्भमा पूर्ण स्वतन्त्रता खोज्छन् । बच्चाहरू कमजोर भएका कारण कुनै कुरा सिक्दैगर्दा अर्काले गरेको हस्तक्षेपमा उनीहरूले प्रतिक्रिया दिन सक्दैनन् । सर्वप्रथम उनीहरूले कुनै कुरामा विरोध गर्न सक्छन्, भने आफ्नो मुखमा के हाल्ने वा के नहाल्ने भन्ने सन्दर्भमै हो । त्यस्तै बच्चाले आफ्नो छुट्टै अस्तित्व खोजेका हुन्छन् । आफ्नो छुट्टै पहिचान बनाउन र आफ्नो निजी मामिलामा केही अधिकार जमाउन पनि बच्चाहरूले खानेकुरा खाइरहँदा अरूको दखलतालाई प्रतिकार गर्न खोज्छन् ।

अभिभावकले जसरी चिन्ता लिँदै आएका छन् त्यसको विपरीत वास्तवमा बच्चाहरूले खाने मन नगर्ने कुरा निक्कै सामान्य विषय हो ।  सन् २०१६ मा ३ देखि ११ वर्षसम्मका एक सय २० जना बालकहरूमाथि गरिएको एक अध्ययनमा ३९प्रतिसत बालकहरूमा कुनै ना कुनै समय खान मन नपराउने समस्या देखिएको थियो । वयस्क मानिस स्वइच्छाले कुनै चिज खान वा नखान सक्छन् । तर अभिव्यक्त गर्न नसक्ने बच्चाहरूका सन्दर्भमा बुवाआमाले आफ्नो बच्चाको मनोविज्ञान बुझ्न नसक्दा बच्चालाई खाना खुवाउने समयमा घरघरमा बच्चा र अभिभावकबीच एक प्रकारको लडाइँ नै हँुदै आएको छ । यदि अभिभावकले बच्चाले खाना नमानेको कुरालाई सामान्य नमानेर, निक्कै महत्व दिन्छ भने, यस्तो अवस्थामा बच्चाले  खाना नखाँदा निकै नै चासो दिने कुरा महसुस गरेर अभिभावकको ध्यान आपूतिर केन्द्रित गर्नका लागि खानेबेला मन परेको कुरा पनि नखाई किचकिच गर्न थाल्छ । बच्चाहरूलाई कुनै कुरा खानलाई जबर्जस्ती गर्नु निक्कै नै गलत कुरा हो । तपाईं आफ्नो बच्चाले सही तरिकाले खाइदेओस् भन्ने चाहनुहुन्छ भने सर्वप्रथम अपनाउनुपर्ने कुरा भनेको बच्चाले खानेकुरा नखाँदा चिन्तित नभई सामान्य ढंगले लिइदिनु नै हो ।

शरीरको आवश्यकता वा स्वस्थ्यको ख्यालभन्दा पनि आमसन्दर्भमा वयस्क मानिसहरू स्वादका पारखी हुन्छन् । तर बच्चाहरूमा स्वाभाविक रूपमा एक प्रकारको क्षमता हुन्छ, उनीहरूले आफ्नो शरीरलाई के कुरा कति मात्रामा चाहिरहेको छ बुझेका हुन्छन् । उनीहरू दु्रत गतिमा बढ्दै गर्दा धेरै खान्छन् अनि बढ्ने क्रम सुस्त भएको बेला कम खान्छन् । त्यस्तै शरीरलाई कार्बोहाइडेड, प्रोटिन, चिल्लो पदार्थ वा अन्य खनिज पदार्थ के चाहिएको हो त्यही चिज सही मात्रमा खान मन पराउँछन् । तर अभिभावकले यो कुरा बुझेका हँुदैनन् अनि जुन मात्रा जे अगाडि पस्किदिएको हुन्छ, प्लेट खाली नहुन्जेल खाइदिओस् भन्ने चाहन्छन् । हिजो बच्चाले जे खान्छ । हिजो बच्चाले जति मात्रामा खान्छ । अथवा अरू बच्चाहरूले जति मात्रामा जे खान्छन्, त्योसँग आफ्नो बच्चाले खाने गरेको कुरा ठीक वा बेठीक हो, अनि कमी वा बेसी हो भनेर तुलना गर्नु ठीक होइन । बरु बच्चालाई खानेकुरा दिँदा तीनवटा परिकारमा छान्न लगाउनु होस् यस्तो गर्दा बच्चाले आफ्नो शरीरलाई चाहिने कुरा खान पाउने अवसरमात्रै पाउने होइन बरु के खाने वा के नखाने भन्ने विषयमा निर्णय गर्दा केही हदसम्म भए पनि स्वतन्त्र महसुससमेत गर्छन् । साना बच्चाहरूले खाने कुराको रङ, बनावट, आवरण, बास्ना, स्वाद आदिको आधारमा के कुरा खाने वा के कुरा नखाने भनेर सिक्दै गरेका हुन्छन् । तर उनीहरूलाई सिक्नका निम्ति समय लाग्छ । केही दिनमै बच्चाको खाने व्यवहारमा परिर्वतन होस् भने चाहनु हँुदैन । केही सामान्य कुराहरूमा ध्यान दिने हो भने आपसेआफ बच्चाको खाने व्यवहारमा सुधार आउँछ ।

बच्चाहरूले विशेषगरी खस्रोभन्दा चिप्लो, विरूपभन्दा देख्नुमा राम्रो, कडाभन्दा नरम, ठूलोभन्दा सानो, खान सजिलो हुने, मुखमा बिलाउने, चर्को गन्ध नआउने खानेकुरा खान मन पराउँछन् । त्यस्तै रङको सन्दर्भमा चक्लेट रङको खाने कुरा मन पराउँछन् । बच्चाहरूका यही कमजोरीहरूलाई आधार बनाएर व्यावसायिक खाद्य उद्योग कम्पनीहरूले फास्टफुडहरू बनाइएका कारण बच्चाहरू फास्टफुडप्रति आकर्षित भएका हुन् । अध्ययनका अनुसार बच्चाहरू दुई वर्षको हँदा खाने सन्दर्भमा निक्कै नै किचकिच गर्ने हुन्छन्, अनि क्रमश ६ वर्ष पुग्दा उनीहरूमा यस्तो समस्या निक्कै नै कम भइसकेको हुन्छ ।

यसको कारण के हो भने बच्चाहरू दुई वर्ष हुँदा उनीहरूको संज्ञा शक्ति उत्कर्षमा पुगेको हुनु र उनीहरूले खानेकरा राम्रो वा नराम्रो के हो भनी छुट्याउने सन्दर्भमा आफ्नो संज्ञाको अधिकतम प्रयोग गर्नु हो । दुई वर्ष पछि विस्तारै बच्चाहरूले भाषा सिक्दै गर्दा केही कुरा सिक्ने सन्दर्भमा छाला, आँखा, कान, जिब्रोलगायतका इन्द्रियबाहेक अरूको देखासिकी गर्ने बानी र क्रमशः सूचनाका आधारबाट कुन कुरा स्वस्थ्यकार छ वा कुन कुरा छैन भन्ने जानकारी लिन सक्ने हुँदै जाने हुँदा ६ वर्षसम्म आइपुग्दा धेरै चिजहरू खान थाल्ने भइसकेका हुन्छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बिरामीको खल्तीमा भन्दा उपचारमा ध्यान दिनुस  : ओली
Next article चुनावले राजधानीमा मौसमी फ्लुका बिरामी

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134296
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web