• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हरिवंश सहित ७६ हजार आँखा दान गर्न तयार

December 31st, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हरिवंश सहित ७६ हजार आँखा दान गर्न तयार

हेल्थ टुडे

काठमाडौं : ७६ हजार नेपालीले आफ्नो मृत्यु पश्चात आखा दान दिन तयार रहेका छन् । राजधानीको तिलगंगा आखा प्रतिष्ठानको आखा बैंकमा हालसम्म ७६ हजार जनाले आखा दानका दिन इच्छापत्र दिएका छन् । यो संख्या पछिल्ला वर्ष बढीरहेको पाइएको आखा बैंकका व्यवस्थान प्रमुख पंखनारायाण त्वयना बताउछन् । तिलगंगाले दान गरेका आखा अर्को व्यक्तिमा प्रत्यारोपण गर्ने गरेको छ । आखा दान गरेका व्यक्तिका आफन्तले दाताको मृत्यु पछि अस्पताललाई खवर नगर्ने भएकाले दान गरेको आखा पाउन अस्पताललाई सहज भने नभएको त्वयनाले बताए । उनका अनुसार गएको वर्ष तिलगंगा आखा प्रतिष्ठनाले दान स्वरुप ८ सय ५७ आखा प्राप्त गरेको थियो ।

दृष्टिविहीन व्यक्तिमा दान गरिएको आखाको नानी प्रत्यारोपण गरेर नयाँ संसार देखाउन सकिने भएकाले आखा दान सबैभन्दा ठूलो दान भएको तिलगंगा आखा अस्पतालकी प्रमुख कार्यकारी एवं नेत्र रोग विज्ञ डा. रिता गुरुङ बताउछिन् । अन्धोपन निवारणका लागि सरकारले आखा दान अधियानलाई देशव्यापी लैजानु पर्ने उनको सुभाव छ । सरकारले गरेको अन्धोपन सर्वेक्षण अनुसार नेपालमा प्रति हजार व्यक्तिमा एक जनामा देष्टिबिहिनको समस्या छ । नानी बिग्रेका कारण देष्टिविहीन भएका व्यक्तिको हकमा आखा दानले ठूलो भूमिका खेल्ने डा. गुरुङले बताइन । नेपालमा आखा स्वास्थ्यमा सरकारले ध्यान दिन सकेको छैन । तिलगंगा प्रतिष्ठानले आखा रोग उपचारमा स्वदेशमा मात्र नभएर विदेशमा समेत प्रशंसनिय काम गरिरहेको छ । प्रतिष्ठानका प्रमुख विशेषज्ञ डा. सुन्दुक रुइतको प्रयास स्वरुप प्रतिष्ठानले यो उचाई पाएको विज्ञहरु बताउछन् ।

वरिष्ठ हास्य कलाकार हरिबंश आचार्यले आफ्नो मृत्यु पश्चात गरेको आखा दानले अर्को व्यक्तिले बर्षौ संसार देख्ने हुनाले यो दान जतिको ठूलो कुनै दान नभएको बताए । आफ्नी स्वर्गिय पत्नी मिरा आचार्यले दान गरेको आखाले एक व्यक्तीले अहिले संसार देखिरहेको बताउदै उनले आफुले पनि आखा सहित सरीरका काम लाग्ने अंग दान गरिसकेको बताए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विवाहपछि यौन चाहना नभएमा के गर्ने ?
Next article महिनावारीका बेला यौन सम्पर्क गर्दा के हुन्छ ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133139
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

39
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web