• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

स्वास्थ्य बिमाको पहिलो चुनौती

January 31st, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य बिमाको पहिलो चुनौती

गगन थापा,

स्वास्थ्य बिमाको पहिलो चुनौती गुणस्तरीय सेवाको उपलब्धता हो । स्वास्थ्यसेवा सहज रूपमा उपलब्ध हुन्छ भन्ने विश्वास नहुने बेलासम्म बिमा प्रभावकारी हुन सक्दैन । अहिलेको तौर तरिकाबाट हामीले गुणस्तरीय सेवा पु¥याउन सक्दैनौं । अधिकांंश ठाउँमा त्यहाँका आवश्यकताअनुसारको स्वास्थ्यसेवा पुग्न सकेको छैन । सेवाप्रदायक स्वास्थ्य संस्थामा न जनशक्ति पर्याप्त छन् न त पूर्वाधार न उपकरण । यो वास्तविकतालाई मनन् गरेर नै हामीले एकीकृत स्वास्थ्य पूर्वाधार विकास मापदण्ड र त्यसको आधारमा सात वर्षभित्र देशभर गुणस्तरीय स्वास्थ्यसेवा पु¥याउन परियोजना तयार गरेका हौं । त्यस अनुरूप गुणस्तरीय स्वास्थ्यसेवामा नागरिकको पहुँचको विस्तार गर्न, स्वास्थ्य संस्थाहरूबाट प्रवाह हुने समग्र सेवा, जनशक्तिको उपलब्धता एवं क्षमता विकास र भौतिक पूर्वाधार एवं औषधिजन्य औजार उपकरणहरूको उपलब्धताको एकीकृत विकास र विस्तार गर्न खाका बनिसकेको छ । संघीय ढाँचालाई समेत मध्यनजर गरी अस्पताल तथा स्वास्थ्य संस्थाहरूको वर्गीकरण भइसकेको छ । यसअनुरूप अब प्रत्येक गाउँ÷नगर, वडामा एउटा स्वास्थ्य इकाई, स्वास्थ्यचौकी, जनता स्वास्थ्यकेन्द्र रहनेछ ।

प्रत्येक गाउँ÷नगरपालिकामा एक प्राथमिक अस्पताल रहनेछ । प्रत्येक प्रदेशमा न्यूनतम एक द्वितीय तहको अस्पताल, एक टर्सरी अस्पताल र एक प्रतिष्ठान रहनेछ भने सबै प्रदेशमा विशेष विशेषज्ञ सेवा उपलब्ध हुनेछ । यसरी वर्गीकृत स्वास्थ्य संस्थामा कुन–कुन सेवा उपलब्ध हुन्छ ? त्यसका लागि कति जनशक्ति आवश्यक पर्छ र तिनको उत्पादन कसरी गर्न सकिन्छ ? उपकरणहरू कसरी उपलब्ध गराउने ? पूर्वाधार निर्माण कसरी गर्ने ? लगायतको पक्षको अध्ययन गरी त्यसको प्रक्षेपणको आधारमा त्यो आवश्यकतालाई सात वर्षमा कसरी पूरा गर्ने र कति स्रोत आवश्यक पर्छ भन्ने विस्तृत खाका र विवरण तयार गरिएको छ । यो सफल रूपमा कार्यान्वयन भयो भने स्वास्थ्य बिमा कार्यान्वयन गर्दै गर्दा स्वास्थ्यसेवा गुणस्तरीय हुनेछ र हाम्रा स्वास्थ्य संस्थाहरू सुविधा सम्पन्न हुनेछन् । बिमामार्फत प्रदान गरिने सेवा निजी÷गैरसरकारी स्वास्थ्य संस्थाबाट पनि उपलब्ध हुने हुँदा ती निकायको सेवाको गुणस्तर सुनिश्चित गर्न, गुणस्तर मापन र नियमनको लागी एउटा स्वायत्त विशेषज्ञ निकायको आवश्यकताको महसुस गरी त्यसको कानुनी व्यवस्था गर्न गुणस्तर प्रमाणीकरण प्राधिकरण विधेयक मस्यौदासमेत तयार गरी छलफलको क्रममा रहेको छ ।

अर्को चुनौती आर्थिक भारको न्यूनीकरण कसरी गर्ने भन्ने हो । उपचार खर्च कम गर्ने एउटा प्रयास भनेको औषधिको मूल्य कम गर्ने हो । अहिले बिरामीले उपचारका लागि तिर्ने मूल्यको सबैभन्दा ठूलो हिस्सा औषधिको रहेको छ । सयौं गुणा महँगोमा किन्नु परेको औषधि मात्र सस्तोमा उपलब्ध गराउन सक्ने हो भने उपचार खर्चमा निकै कमी ल्याउन सकिन्छ । हामीले लामो अध्ययन गरी नेपालमा औषधि सस्तो कसरी बनाउने भन्ने सन्दर्भमा एउटा प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेका थियौं । मन्त्रिपरिषद्ले यस सन्दर्भमा सार्वजनिक अनुगमन कार्यालयका सचिवको संयोजकत्वमा एक उच्चस्तरीय अध्ययन सुझाव समिति गठन गरिसकेको छ । हामीले गरेको प्रस्ताव हो– नेपाल सरकारले अन्तर्राष्ट्रिय औषधि कम्पनी वा सरकारसँग औषधि सोझै खरिद गरी आफ्नो अस्पताल फार्मेसीमार्फत बिक्री वितरण गर्ने हो । सबै अस्पतालमा आफ्नै फार्मेसी अनिवार्य सञ्चालन गर्नुपर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढेको छ । अधिकांश अस्पतालमा फार्मेसीको सुरु भइसकेको छ । त्यसो गर्न सक्यो भने सस्तो र सुलभ रूपमा गुणस्तरीय औषधि उपलब्ध गराउने अवस्थाको सुनिश्चित हुनेछ र आर्थिक भार कम हुनेछ ।आर्थिक भार कम गर्ने अर्को तरिका भनेको रोग लाग्न नदिने हो । समयमा नै रोग पहिचान, रोगथाम र उपचार गर्ने, स्वास्थ्य जीवनशैली अवलम्बन गर्ने, समय–समयमा परामर्श र परीक्षण गर्ने हो भने व्यक्ति र राज्य दुवैको खर्च कम हुन सक्छ । यसलाई मध्यनजर गरेर पछिल्लो समयमा स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले जनता स्वास्थ्य केन्द्र र पेन प्याकेजजस्ता कार्यक्रम सुरु गरिएको छ । यसको विस्तार विकास आवश्यक छ ।

अन्त्यमा, हामीले स्वास्थ्यलाई मौलिक हकको रूपमा संविधानमा लेखेका छौं । आधारभूत स्वास्थ्यसेवा निःशुल्क भनेका छौं । गुणस्तरीय स्वास्थ्यसेवामा पहुँच नागरिकको अधिकार हो । तर पनि उपचार खर्चकै कारण थुप्रै नागरिक घरबारविहीन भएका छन् वा ऋणमा डुबेका छन् वा मृत्युवरण गरेका छन् । अभिभावक बिरामी पर्दा बालबालिकाको भविष्य अन्धकारमा परिरहेको छ । स्वास्थ्य बिमाले यसबाट मुक्त हुने एउटा आधार दिनेछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा.पन्तको सरुवा गर्ने निर्णय रोक्न सर्वोच्चको अन्तरिम आदेश
Next article यसरी हटाउन सकिन्छ सास गन्हाउने समस्या

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134261
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

108
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

12
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

110
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web