• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 25th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कञ्चनपुरमा कम उमेरका आमा बढ्दै

March 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कञ्चनपुरमा कम उमेरका आमा बढ्दै

कञ्चनपुर, ६ चैत : शुक्लाफाँटा नगरपालिका क्षेत्रमा बढ्दो बालविवाहका कारण उमेर नपुगिकनै गर्भवती हुनेको संख्या बढ्दो छ ।जनचेतनाको कमी र गरिबीका कारण अधिकांश बालिकाको विवाह किशोरावस्थामै हुने गरेकाले २० वर्षमुनि गर्भवती हुनेको संख्या बढ्दो रुपमा रहेको पाइएको छ । नगरपालिकाको पिपलाडी स्वास्थ्यचौकीमा दश महिनामा जाँच गराउन आएका गर्भवतीमध्ये २७ जनाको उमेर १६ देखि १९ वर्ष रहेको स्वास्थ्यचौकीका प्रमुख दिलीप सिंह साउदले बताउनुभयो । सोही अवधिमा २० वर्ष उमेरका मात्रै ३० गर्भवतीले स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति गराएका छन् । उहाँका अनुसार गत वर्ष सोही अवधिमा २६ जना उमेर नपुगेका महिलाले स्वास्थ्यचौकीमा प्रसूति गराएका थिए । झलारी स्वास्थ्यचौकीमा गर्भ जाँच गराउन आएकामध्ये २३ महिलाको उमेर १७ देखि २० वर्षमुनि रहेको पाइएको छ ।

अधिकांश कम उमेरमै आमा बन्नेमा जनजाति र दलित समुदायका बढी छन् । अन्य समुदायका गरीबीको अवस्थामा रहेका परिवारका महिलासमेत गर्भवती भएको देखिएको छ । कम उमेरमै आमा बन्नेहरुमा पाठेघर खस्ने, जन्मने शिशुको तौल कम हुने र विभिन्न प्रकारका प्रजननसम्बन्धी रोग लाग्ने समस्या देखापर्ने गरेको छ,। पिपलाडी स्वास्थ्यचौकी प्रसूतिगृहका अनमी कुसुम रानाले बताउनुभयो । “ चेतनाका अभावमा आमाबुबाले उमेर नपुगीकन विवाह गरिदिँदा १९ वर्षमै आमा बनेँ ”, उहाँले भन्नुभयो, “शारीरिक समस्यासँगै बच्चाको तौल कम हुँदा निकै सास्ती खेप्नुप¥यो ।” उमेर नपुगीकनै गर्भवती हुनुहुँदैन भनेर समाजमा जनचेतना फैलाउन आवश्यक भए पनि कम उमेरमा विवाह गर्ने क्रम नरोकिनु दुःखद भएको उहाँले बताउनुभयो । प्रसूतिगृहमा सुरक्षित रुपमा प्रसूति हुन आउने उमेर नपुगेका आमाले जन्माएका शिशुको तौल निकै कम हुने गरेको उहाँले बताउनुभयो । “कम तौल जन्मिएका शिशुका आमालाई मायाको अँगालोमा राख्न लगाइने गरिएको छ”, उहाँले भन्नुभयो, “शरीरमा प्रतिरोधात्मक क्षमता कम हुँदा शिशुलाई निमोनियाको समस्या र कुषोषित हुने बढी सम्भावना रहन्छ ।”

पौष्टिक आहारको कमीका कारण अधिकांश कम उमेरका गर्भवती कुपोषित रहने गरेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख तीर्थराज भट्टले बताउनुभयो ।महिला र पुरुषको उमेर २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने कानूनी प्रावधान भए पनि यहाँ भने लागू हुनसकेको छैन । कानूनअनुसार बालविवाह गराइएमा तीन वर्ष कैद र जरिवानाको व्यवस्था रहे पनि व्यवहारमा भने कडाइ गरेको पाइँदैन । कञ्चनपुरमा मात्रै २० प्रतिशत बालिका र १० प्रतिशत बालकको बालविवाह हुने गरेको अनुमान गरिएको छ । बालविवाह गरी कम उमेरमै शिशुलाई जन्म दिने देशको सूचीमा नेपाल दक्षिण एशियामा बंगलादेश र भारतपछि तेस्रो स्थानमा पर्छ । बालकको तुलनामा संंख्यात्मक रुपमा बढी बालिकाको विवाह १८ वर्ष नपुग्दै हुने गरेको अध्ययनबाट देखिएको छ । बालविवाहका कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिने, लैंगिक र यौनजन्य हिंसा, बालश्रम, बेचबिखनजस्ता थप हिंसाले बालिका र महिला थप प्रताडित हुने भएकाले यसलाई रोक्नका लागि काम अगाडि बढाइने उपनगर प्रमुख तुलसीदेवी हमालले बताउनुभयो । “बालविवाह रोक्नका लागि जनचेतनासँगै कडा कानून बनाएर लागू गर्छौ” उहाँले भन्नुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दिनमा कम्तीमा पनि दुई पटक ब्रस
Next article हेल्थ टुडेका सम्पादक सम्मानित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131777
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web