• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डान्स, रेन्टुराँमा काम गर्ने महिलालाई पाठेघरको समस्या

March 28th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डान्स, रेन्टुराँमा काम गर्ने महिलालाई पाठेघरको समस्या

काठमाडौँ, १४ चैत : मनोरञ्जनका क्षेत्रमा काम गर्ने अधिकांश महिलालाई पाठेघरको समस्या देखिने गरेको छ ।चेतना अभिवृद्धि केन्द्र (क्याप नेपाल) ले तीन दिनसम्म नयाँ बसपार्क क्षेत्रका डान्स, रेन्टुराँ, होटलमा काम गर्ने ४२ महिलाको स्वास्थ्य परीक्षण गर्दा २२ जनामा पाठेघरको समस्या देखिएको हो ।स्वास्थ्य जाँचमा खटिनुभएका थापाथली प्रसूतिगृहका नर्स मोनिका गहतराले मनोरञ्जनका क्षेत्रका महिलालाई मानसिक तनाव, महिनावारी गढबढी, योनीबाट सेतोपानी जाने, पिसाब पोल्नेलगायतका समस्या देखिएको जानकारी दिनुभयो । “जाँच गराएका ४२ महिलामध्ये २२ जनालाई पाठेघरको समस्या, आठ जनालाई मानसिक तनाव र ११ जनालाई ग्याष्ट्रिकको लक्षण देखिएको छ,”– उहाँले भन्नुभयो ।

क्याप नेपालले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला तथा बालिकाका लागि निःशुल्क मनोसामाजिक परामर्शसमेत दिएको छ । मनोविद् सनम पौडेलले मनोरञ्जन क्षेत्रका महिलालाई रातको समयमा निद्रा नलाग्ने, भविश्यको चिन्ता गर्ने, समाजबाट जोगिएर काम गर्नुपर्ने, बच्चाबच्चीको चिन्ता गर्नेलगायतका समस्या देखिएको बताउनुभयो ।क्याप नेपालका अध्यक्ष फरिन ठकुरीले मनोरञ्जनका क्षेत्रका काम गर्ने महिलालाई पुरानो भोगाइलाई बिर्सेर नयाँ काम गर्नतर्फ हौसला प्रदान गर्नका लागि मनोसामाजिक परामर्श तथा स्वास्थ्य परीक्षण सञ्चालन गरिएको जानकारी दिनुभयो । उपत्यकाको नयाँ बसपार्क, कोटेश्वर, ठमेल र उपत्यका बाहिर सिन्धुपाल्चोक, नुवाकोट र मकवानपुरमा यस्तो परामर्श तथा स्वास्थ्य परीक्षण सञ्चालन गरिएको उहाँको भनाइ थियो ।

पन्ध्र वर्षदेखि निरन्तर महिला र बालिकाको हकअधिकार तथा श्रम संरक्षणको क्षेत्रमा काम गरेको क्याप नेपालले समस्यामा परेका २२ महिलालाई सेल्टर स्थापना गरेर संरक्षण दिँदै आएको कार्यक्रम व्यवस्थापक अभिषेक थापाले जानकारी दिनुभयो ।नयाँ बसपार्कस्थित महानगरीय प्रहरी प्रभागले दिएको जानकारीअनुसार गोँगबु क्षेत्रमा ४० वटा डान्स तथा दोहोरी सञ्चालनमा छन् । प्रभागका प्रमुख प्रताप पौडेल मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको स्वास्थ्य तथा हकअधिकारका लागि क्याप नेपालले राम्रो कामको थालनी गरेको बताउनुभयो । (रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रत्ननगर बन्यो पूर्ण खोपयुक्त नगर
Next article जलवायु परिवर्तन र स्वास्थ्य सम्बन्धि सम्मेलन सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133244
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

44
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

47
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web