• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पाठेघर क्यान्सरको सचेतना फैलाउन सर्वोच्च शिखर आरोहण

April 5th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पाठेघर क्यान्सरको सचेतना फैलाउन सर्वोच्च शिखर आरोहण

काठमाडौँ, २२ चैत  : फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पाठेघरसम्बन्धी क्यान्सरको रोकथामका लागि सचेतना फैलाउने उद्देश्यले सर्वोच्च शिखर आरोहण गर्नु हुने भएको छ ।महिलालाई लाग्ने उक्त रोगको उपचार खर्चिलो हुने हुँदा त्यसलाई समयमै पहिचान गरी रोकथाम गर्न सन्देश प्रवाह गर्ने उद्देश्यले गोर्खाकी २७ वर्षीया श्रेष्ठले हिमाल चढ्न लाग्नुभएको हो । यही चैत २३ गते काठमाडौँबाट बेसक्याम्प (लुक्ला) तर्फ जाने र करीब एक महिनाको समयावधिमा आरोहण पूरा गर्ने जनाइएको छ ।आफ्नो कामको सिलसिलामा देशका विभिन्न स्थानमा संग्रह गरेका हिमाल तथा अन्य नेपाली महिलाका महत्वपूर्ण तस्बीरसमेत सगरमाथमा प्रदर्शन गर्ने कायक्रम छ । पत्रकारितामा स्नातकको अध्ययन पूरा गरी पाँच वर्षदेखि फोटो पत्रकारिताको क्षेत्रमा क्रियाशील श्रेष्ठले यसअघि गृह जिल्लामा पर्ने मनास्लुको आरोहण पूरा गर्नुभएको छ ।

पत्रकार श्रेष्ठले पाठेघरको मुखमा हुने क्यान्सरले विश्वका महिलालाई नराम्रो प्रभाव पारेकामा चिन्ता व्यक्त गर्दै नेपालमा पनि यो रोग १५ देखि ४४ वर्ष उमेरका महिलामा क्रमिक रुपमा बढ्दै गएको पाइएकाले समयै उपचारका लागि सन्देश फैलाउन आरोहणले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।नेपालमा जन्मजात हुने अपांगता रोकथाम तथा अपांगता भएका व्यक्तिको समुदायमा पुनः स्थापनामा क्रियाशील संस्था करुणा फाउण्डेशन र रोगीलाई उपचारमा विभिन्न सहयोग उपलब्ध गराउने फिमेल क्यान्सर फाउण्डेशन सहकार्यमा उक्त रोगका बारेमा सचेतना फैलाउन लागिएको छ ।रोग लागिसकेपछि आइपर्ने खर्च, दुःख र पारिवारिक विखण्डन हुनबाट सहयोग पुग्ने भन्दै ती संस्थाले श्रेष्ठको आरोहणलाई सफल बनाउन समन्वय गरिरहेका करुणा फाउण्डेशनका प्रतिनिधि दीपकराज सापकोटाले जानकारी दिनुभयो ।(रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article इलाममा ३६ हजारभन्दा बढीको स्वास्थ्य बीमा
Next article किन सबैको रोजाई बन्दैछ भरतपुर अस्पताल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132302
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web