• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
पोषण

गर्भावस्था र गर्भवतीको ‘डाइट’

May 22nd, 2018 पोषण 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गर्भावस्था र गर्भवतीको ‘डाइट’

हेल्थ टुडे,
काठमाडौं, ८ जेठः स्वस्थ बच्चाको जन्म होस् भन्ने चाहना हरेक गर्भवती महिलालाई हुन्छ । यसका लागि गर्भावस्थाका दौरान पर्याप्त मात्रामा पौष्टिक आहारा लिनुपर्छ । गर्भको शिशुको विकास आमाको सही डाइट प्लानमा निर्भर हुन्छ ।
आहार विशेषज्ञका अनसार एक सामान्य महिलाका लागि डाइटमा १८०० क्यालोरी आवश्यक हुन्छ । तर गर्भावस्थाका दौरान यतिले मात्र पुग्दैन । फुड एण्ड न्युटिसन विशेषज्ञका अनुसार गर्भावस्थामा महिलालाई ३५० अतिरिक्त क्यालोरी आवश्यक हुन्छ । अर्थात् गर्भवतीले आफ्नो खानाबाट २३०० सम्म क्यालोरी प्राप्त गर्नुपर्छ । पर्याप्त मात्रामा भिटामिन, खनिज, फाइबर, आइरन, जिंक र क्याल्सियम लिनुपर्छ ।
गर्भावस्थाको पहिलो तीन महिनामा फोलिक एसिडयुक्त खाद्यपदार्थ सेवन गर्नुपर्छ । यसका साथै आइरनयुक्त पदार्थ बढी नै सेवन गर्नुपर्छ । यसले शिशुको राता रक्तकोष निर्माणमा मद्दत गर्छ । यो समयमा बिहान शरीर असामान्य महसुस हुने समस्या हुन्छ । यसको समाधानका लागि भिटामिन बी ६ लिनुपर्छ । क्याफिनयुक्त चिज सेवन कम गर्नुपर्छ । सामान्यतः डाक्टरहरुले पहिलो तीन महिनामा दिने डाइट चार्ट आवश्यक पोषक तत्वलाई ध्यानमा राखेर बनाउछन् ।
गर्भावस्थाका दौरान बिना कारण नै थकान महसुस हुन्छ । यसको मुख्य कारण हर्मोनमा आउने परिवर्तन नै हो । यस्तो अवस्थामा आरामको जरुरत हुन्छ । यसका अलावा पटक¬पटक पिसाब लाग्ने र बान्ता आउने समस्या पनि हुन्छ । जुन सामान्य मानिन्छ ।
साथै गर्भावस्थाका दौरान १० देखि १३ किलो तौल बढ्नु पर्छ । हरेक तीन महिनामा एक देखि दुई किलो तौल बढ्नु उपयुक्त मानिन्छ । विज्ञहरु गर्भवती महिलाले दिनहुँ हिडडुल गर्ने र गहिरो श्वास लिने अभ्यास गर्ने सल्लाह दिन्छन् ।

कस्तो खाने ?
ब्रेकफास्टमा ब्राउन ब्रेड, एक कचौरा ओट्स, दाल, साबुदाना, दुध, दही, अण्डाको सेतो भाग, डाइजेस्टिभ बिस्कुट खान सकिन्छ । यस्तै, डिनरमा ओमेगा थ्रि फ्याटी एसिड, भिटामिन डी, बिटा क्यारोटिन, क्याल्सियम युक्त खानाहरु डाइट चार्टमा राख्न सकिन्छ । ओमेगा थ्रि फ्याटी एसिड युक्त खाद्यपदार्थ शिशुको मष्तिष्क विकासका लागि फाइदाजनक हुन्छ भने क्याल्सियम र भिटामिन डीले शिशुको दाँत र हड्डीको विकासमा भूमिका खेल्छन् । आइरन पुरै ९ महिना आवश्यक हुन्छ । आइरनयुक्त खाद्यपदार्थसँगै कफी या चिया सेवन गर्नुहुन्न । किनकि, चिया र कफीमा भएको टेनिन नामक तत्वले आइरन शरीरमा शोसिन दिँदैंन । शिशुको तन्तुहरुको विकासका लागि नियमित रुपमा दूध पिउनु आवश्यक हुन्छ । दैनिक नास्ता र बेलुकीको खानापछि गरेर दिनभरमा ७५० मिलिलिटर दूध पिउनुपर्छ । यस्तै विकसित भइरहेको शिशुका लागि पानीका अलावा तरल पदार्थ सेवन गर्नुपर्छ ।
एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राष्ट्रकवि घिमिरेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन
Next article केरा कति पाइदाजनक–जानीराखौं

Health Today Nepal

Related Posts

पोषणसम्बन्धी सचेतना अभियान शुरु

पोषणसम्बन्धी सचेतना अभियान शुरु

स्वस्थ जीवनका लागि सन्तुलित आहार

स्वस्थ जीवनका लागि सन्तुलित आहार

काजु खानुका फाइदा यस्ता छन

काजु खानुका फाइदा यस्ता छन

Leave a Reply Cancel reply

Timeline
Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132568
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web