• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

महिलामा बढी आँखाको समस्या

June 5th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
महिलामा बढी आँखाको समस्या

बर्दिवास, २२ जेठः महोत्तरी जिल्लाका धेरैजसो महिलामा आँखाको समस्या देखिएको छ । नेपाल रेडक्रस सोसाइटी र नेपाल नेत्रहीन संघ पुनःस्थापना कार्यक्रमका जिल्ला शाखाले आर्थिक वर्ष २०७४÷७५ मा जिल्लाका विभिन्न भेगमा सञ्चालन गरेको १० भन्दा बढी शिविरमा आँखा जाँच गराएका मध्ये ७० प्रतिशत महिलामा जटिल समस्या देखिएको हो ।
आँखाको जटिल समस्या भएकाहरू धेरैजसो ५० वर्ष नाघेका पाइएको पुनःस्थापना कार्यक्रमका कार्यकारी निर्देशक अमृत राईले जानकारी दिनुभयो ।
यही जेठ १३–१९ सम्म जिल्लाका चार स्थानमा शिविर चलाइएको थियो । जसमा उपचार गराउने ६५३ मध्ये ३४३ महिला आँखाको समस्याबाट ग्रसित भएको पाइयो भने ७९ जनामा त मोतिबिन्दूकै समस्या रहेको बताइएको छ ।
महिलामा आँखाको समस्या बढी देखिनुमा चुलोचौकाको काम नै मुख्य कारण रहेको चिकित्सकले औँल्याएका छन् । तराईमा प्राय झुम्म बस्ती हुने, चारैतिरबाट घेरिएको झ्याल नभएको स्थानमा खाना पकाउँने गर्नाले हुँदा धुवाँ रुमल्लिेर महिलामा आँखाको समस्या धेरै हुने गरेको शिविरमा संलग्न नेत्र विशेषज्ञ डा नवीन साहले बताउनुभयो । भान्सा कोठाको परिवेशसँगै बढी धुवाँ आउने गुइँठा पनि आँखाको समस्या बढाउने कारक भएको पाइएको उहाँको भनाइ थियो ।
रेडक्रसले सञ्चालन गरेका शिविरमा पनि आँखा जाँच गरिएका बिरामी मध्ये महिलाको संख्या नै बढी पाइएको छ । आर्थिक वर्ष २०७४÷७५ को हालसम्मको अवधिमा रेडक्रसले सञ्चालन गरेका शिविरमा आँखा जाँच गराउने करिव एक हजारमा झण्डै ६०० महिला रहेका रेडक्रसका जिल्ला सभापति दीपक मिश्रले बताउनुभयो ।
बर्दिवास आँखा अस्पतालमा पनि आँखाको उपचार गराउनेहरूमा महिला नै बढी भेटिएका छन् तर गर्मीयाममा खेतीपातीको काम बढेपछि आखाँ उपचार गराउनेमा पुरुषको संख्या बढ्ने गरेको छ । जेठदेखि भदौ १५ सम्म पुरुष बिरामी बढी हुने र अन्यबेला आँखाको समस्या लिएर आउनेमा महिलाकै संख्या बढी देखिने गरेको अस्पताल सञ्चालक बोर्डका अध्यक्ष मुकुन्दप्रसाद पौडेलले बताउनुभयो ।
आँखाको नियमित सरसफाइ नगर्दा र धुलो, धुवाँबाट बच्न नसक्दा बढीजसोमा आँखाको समस्या बढ्ने गरेको उक्त अस्पतालका आँखा चिकित्सक डा डिनाले जानकारी दिनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सामुदायिक अस्पतालमा खोप लगाउनेको चाप बढ्दै
Next article गर्मीका कारण ज्वारो र झाडापखालाका बिरामी बढे

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134365
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web