सोलुखुम्बु, ४ असारः जिल्लामा पहिलो पटक सुविधा सम्पन्न पोलिक्लिनिक सञ्चालनमा आएको छ । ‘सोलुहेल्थ केयर सेन्टर’ नामको पोलिक्लिनिकको प्रतिनिधिसभा सांसद हेमकुमार राईले शुक्रबार उद्घाटन गर्दै स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सम्पूर्ण सेवासुविधा सहज रुपमा पाउनु नागरिकको अधिकार भएको बताउनुभयो ।
जिल्लामा रहेको एक मात्र सोलु अस्पताल फाप्लुमा उपचार गर्न नसकिने अवस्थामा पोलिक्लिनिकले सेवा दिन सक्ने बताइएको छ । सिटिस्क्यान बाहेक अन्य सबै जाँच डिजिटल प्रविधिबाट गर्न सकिने पोलिक्लिनिकका प्रबन्ध निर्देशक डा राजेन्द्र बस्नेतले बताउनुभयो ।
यसअघि जिल्लाकै सोलु अस्पतालमा दुई वर्ष सेवा प्रदान गर्नुभएका डा बस्नेतले, सामान्य जाँचका लागि उपकरण नहँुदा बाहिर जिल्ला लगायत काठमाडाँै जानुपर्ने बाध्यता थियो, यसको अन्त्य गर्ने उद्देश्य सहित पोलिक्लिनिक सञ्चालन गरेको जानकारी दिनुभयो ।
साठी वर्षमाथिका उमेर समूहलाई उपचारमा ५० प्रतिशत सहुलियत र विपन्न वर्ग भनी प्रमाणित भएमा निःशुल्क उपचार सेवा प्रदान गरिने तथा औषधिसमेत काठमाडौँकै दरमा उपलब्ध गराउनेसोलु हेल्थ केयर सेन्टरका सञ्चालक क्षितिज नकर्मीले जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले निजी क्षेत्रबाट सञ्चालन हुने विभिन्न स्वास्थ्य संस्थालाई कानून विपरीत कार्य नगर्न आग्रह गर्नुभयो ।
रासस
सोलुहेल्थ केयर सेन्टर पोलिक्लिनिक सञ्चालन
Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 812
Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 818

Leave a Reply