• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भदौ १ देखि लागु हुने कानून संसोधन नभए विरामी नजाच्ने चेतावनी 

August 13th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भदौ १ देखि लागु हुने कानून संसोधन नभए विरामी नजाच्ने चेतावनी 

हेल्थ टुडे,

काठमाडौं, २८ साउन:  नेपाल चिकित्सक संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधन गर्न माग गरेको छ । ऐनले चिकित्सकलाई अपराधीको व्यवहार गर्ने भएकाले उक्त ऐन संसोधन गर्न संघले सरकारसंग माग गरेको हो । तत्काल उक्त ऐन संसोधन नभए भदौ १ देखि एप्रोन र चिकित्सक लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने र विरामी नजाच्ने संघले चेतावनी दिएको छ ।

संघले सोमबार पत्रकार सम्मेलन मार्फत ऐन संसोधन नभए भदौ १ गते देशभरका चिकित्सकहरुको एप्रोन र लाइसेन्स काउन्सिलमा बुझाउने घोषणा गरेको हो । ‘ सरकारले बेलैमा सचेत हुनु आवश्यक छ । ’ संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले भने ।  भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनमा चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको पुष्टि भए ५ वर्ष कैद र हेलचेक्र्याइँबाट बिरामीको मृत्यु भए त्यस्ता डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले उपचारका क्रममा कुनै कारणले विरामीको मृत्यु भएमा डाक्टरहरुलाई फौजदारी अभियोग लाग्ने र जेल जाने अवस्था आएको संघले बताएको छ । ‘कुनै पनि डाक्टरले विरामीलाई सकेसम्म बचाउन खोज्छ’ अध्यक्ष श्रेष्ठले भने, ‘तर, आफू अपराधी ठहर हुने भएपछि चिकित्सकले के का लागि उपचार गर्ने ?’

लापरवाही भए नभएको विज्ञ समूहले छानबिन गर्नुपर्ने र फैजदारी नभई देवानी कानुनअनुसार कारबाही गर्नुपर्ने संघको माग छ । ५ वर्ष कैदमात्र नभई फौजदारी अभियोगमा मुद्दा चलाउने व्यवस्थामा आफूहरुको आपत्ति रहेको उनले बताए । ‘यो व्यवस्थाले उजुरी पर्नासाथ पक्राउ गर्ने र त्यसपछि मात्र अनुसन्धान हुन्छ’ अध्यक्ष श्रेष्ठले भने, सिभिल एक्ट (देवानी कानुन) अनुसार पहिला अनुसन्धान हुन्छ । दोषी ठहर भए मात्र कारबाही हुन्छ । यसमा हाम्रो आपत्ति छैन ।’ नयाँ कानुनी व्यवस्थाले बाँच्ने कम आशा भएका विरामीहरुलाई पनि बचाउन सकिन्छ कि भनेर प्रयास गर्ने गरिएको तर, नयाँ कानुनले मर्छ कि बाँच्छ भन्ने अवस्था आयो भने रिफर गर्नुपर्ने अवस्था आएको श्रेष्ठले बताए । संघमा महासचिव डा. लोचन कार्कीले उपचारका क्रममा विरामीको मृत्यु भएमा चिकित्सक दोषी नहुदा नहुदै पनि फैजदारी अभियोग अन्तरगत जगन्य अपराध सरहको सजायको भागीदार हुनु पर्ने प्रावधानले पेसा माथि नै धावा बोलेकोले तत्काल सच्याउन माग गरे ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गरीब तथा विपन्न वर्गका बिरामीको निःशुल्क उपचार
Next article रेडक्रस शाखाले ल्यायो एम्बुलेन्स सञ्चालनमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

Jul 21st 12:26 AM
समाचार

बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्य मन्त्री पौडेल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131762
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web