• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

कानुनको डण्डाले मात्र हुँदैन नियन्त्रण यौन व्यवसाय

August 24th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कानुनको डण्डाले मात्र हुँदैन नियन्त्रण यौन व्यवसाय

जमुना सिटौला,

सन् १९९४ मा सम्पन्न जनसंख्या तथा विकास विषयक संयुक्त राष्ट्रसंघीय सम्मेलनले पहिलोपल्ट जोडदाररूपमा प्रजनन स्वास्थ्यअधिकारलार्ई मानव अधिकारको सन्दर्भमा स्थापित गराएर विश्वको ध्यानाकर्षण गराइसकेको र उक्त सम्मेलनद्वारा पारित कार्ययोजनालाई विशेषतःमहिलाहरूको प्रजनन् स्वास्थ्य र अधिकारको सुरक्षाका निम्ति पहिलो  अन्तर्राष्ट्रिय दस्तावेजका रूपमा लिइन्छ र यसै दस्तावेजका आधारमा विश्वभरि महिला प्रजनन् अधिकारको क्षेत्रमा पैरवी र नीतिनिर्माण गर्न प्रशस्त बल पु¥याइरहेको परिप्रेक्षमा हालै नेपालको संविधानले समेत सबै महिलाको प्रजनन अधिकारलाई सुनिश्चित गरिसकेको छ । विद्यमान नेपालको संवैधानिक कानुनले कुनै पनि महिला माथि हुने शारीरिक, मानसिक तथा अन्य जुनसुकै प्रकारका हिंसा दण्डनीय हुन्छ भनेर महिलाहरूको अधिकारलाई सुनिश्चित गरेको छ । यदिप,प्रजननअधिकारको कुरा गर्दा जुनसकै पेशामा संलग्न लगायत सबैमहिलाले यसको निर्वाधरूपमा उपभोग गर्न पाएका छन् किछैनन्, यदि छैनन् भने ती महिलावर्गको पहिचान गरी पैरवीका प्रयासहरू गरिनुपर्दछ ।

नेपालको सन्दर्भमा यौनकर्मी महिला र उनीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार कहिलै पनि कसैको चासोको विषय बन्न सकेन ।  अव्यवस्थित र छरपस्ट ढङ्गले समाजमा दु्रतगतिमा पैmलिररहेको यो यौन व्यवसायसँगै यसको असर समाजका अन्य वर्गमा पनि पर्न जाने र त्यसबाट नसोचिएका समस्याहरू थपिँदै जाने जोखिम दिनप्रतिदिन बढिरहेको छ । नेपालमा यौनकर्मीहरूको सङ्ख्या कति छ भन्ने भरपर्दो र आधिकारिक तथ्याङ्क छैन । तर विभिन्न सरोकारी संस्थाहरूले गरेका अध्ययनका आधारमा नेपालमा यौनकर्मीहरूको सङ्ख्या २५ देखि ३० हजार हाराहारि रहेको अनुमान गरिएको छ । नेपालमा यौन व्यवसायलाई हेयको दृष्टिले हेर्ने र यसमा संलग्नलाई विभिन्न तवरले लाञ्छित् गर्ने र वहिष्करणमा समेत पार्ने कारणले यस्तो कर्म कानुन र समाजलाई छलेर गरिने हुँदा यौनकर्मीहरूको सङ्ख्या यो भन्दा निकै बढी हुन सक्ने अनुमान गरिएको छ ।

नेपालपनि बढ्दो शहरीकणको असरबाट अछूतो छैन, धमाधमनयाँ–नयाँशहरहरू सिर्जनाहुने र थुप्रै पुराना गाउँहरू नवनगरमा परिणत हुने क्रमसँगसँगै यौनकर्मीहरू पनि आपूm अनुकूल विभिन्न नगरहरूमा अव्यवस्थित तवरले छरिने क्रम तीब्र गतिमा बढिरहेको छ । अध्ययनअनुसार काठमाडौंमा ८० प्रतिशत र पोखरामा ५० प्रतिशत यौनकर्मी बाहिरी तथा वरिपरिका जिल्लाबाट आएकाहरू छन् । यौनकर्मीहरूमा एच.आई.भी. संक्रमणको सम्भावना अन्य मानिसका तुलनामा १२ गुणा बढी हुने तथ्यहरूले देखाएका छन् । अधिकांश विवाहित र अशिक्षित छन् र ज्यादै थोरैलाई मात्र यौन संक्रमण÷एच.आई.भी. संक्रमणबारे ज्ञान भएको अध्ययनले जनाएको छ । यसरी यौनकर्मीहरूको अनियन्त्रित बसाइँ–सराइसँगसँगै उनीहरूको असुरक्षित व्यवहारले एच.आई.भी. लगायत विभिन्न यौनजन्य संक्रमणहरू अत्यधिक रहेको देखिन्छ ।

गरिबी, बेरोजगारी, एकलजीवन, सम्बन्ध विच्छेद, बसाइसराइ तथा जीवननिर्वाहका वैकल्पिकउपायहरू नहुनुजस्ता सामाजिक संरचनागत समस्या नै महिलालाई यौन पेशामा धकेल्ने प्रमुख कारण हुन् । यद्यपि ७९ प्रतिशत यौनकर्मीहरूले अन्य रोजगारी पनि गरिरहेको तर पनि यौन पेशा नछोडेको देखिन्छ, यसको कारण ती वैकल्पिक रोजगारीले मात्र उनीहरूको गुजारा चल्न नसकेको अनुमान गर्न सकिन्छ । तसर्थ, समाजमा यौनकर्मीहरूको सङ्ख्या घट्नुको सट्टा दिनप्रतिदिन बढिरहेको छ र पर्याप्तरूपमा रोजगारीका भरपर्दा विकल्पहरू सिर्जना नभएसम्म आउँदादिनहरूमा झन् बढिरहने देखिन्छ । 

नेपालमा यौन व्यवसाय कानुनी र सामाजिक दुवैरूपमा दण्डनीय छ । परिवार नियोजनका अस्थायी साधनहरू साथमा लिएर हिडेकै आधारमा त्यसलाई अनैतिक मान्दै प्रहरी प्रशासनबाट नै यौनकर्मीहरूमाथि भेदभाव, वहिष्कार, घृणा र अपमानित गर्ने कार्य भइरहेको अध्ययन अनुसन्धानले देखाएको छ । तर यौन व्यवसायीलाई दण्डित र वहिष्कृत गरेर यो व्यवसायलाई नियन्त्रण गर्ने आजसम्मका हाम्रा कानुनी, प्रशासनिक र सामाजिक प्रयासहरू असफल भएको देखिन्छ । अर्कोतर्फ नेपाल सरकारले सबैव्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार लगायत लैङ्गिक समानताको सम्मान र संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ । नेपालको सर्वोच्च अदालतले समेत महिला यौनकर्मीहरूको मानवअधिकारलाई सुनिश्चित गरेको छ, तर अधिकांशमहिला यौनकर्मी र सरोकारवालाहरू यसबारे जानकार छैनन्् ।  अतः यो विद्यमान सामाजिक यथार्थलाई मनन गर्दै परम्परागत दृष्टिकोण राखेर वा कानुनको डण्डा चलाएर मात्र यसलाई रोक्न सकिन्छ भन्ने मान्यताबाट अलिकति हटेर यस व्यवसायलाई राज्यस्तरबाटै व्यवस्थित गर्न अब ढिलो भैसकेको छ ।

यौनकर्मी महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्यअधिकारको संरक्षण गर्न राज्यका तर्फबाट अब यसको नीतिगत व्यवस्थापन गर्नु आजको प्राथमिक आवश्यकता भएको छ । अतः फैलिँदै गएको यौन संक्रमण तथा एच.आई.भी. रएड्सको व्यवस्थापनका लागि र हरेक व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता व्यवहारमै हुने गरी राज्यबाटैयौन व्यवसायलाई व्यवस्थापनगर्न नीतिगत निर्णय यथाशक्य चाँडो गरेर हरेक पेशामा संलग्न व्यक्ति र वर्गको स्वास्थ्य र अधिकारको सम्बोधन गरिनु पर्दछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जेसिजले रगत आपूर्तिको सहज व्यवस्था मिलाउने
Next article स्क्रब टाइफसको सङ्क्रमण

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134130
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

141
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

143
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web