• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कर्णाली प्रदेश स्वास्थ्य परामर्श समिति गठन

September 18th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कर्णाली प्रदेश स्वास्थ्य परामर्श समिति गठन

हेल्थ टुडे,
सुर्खेत, २ असोजः कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश स्वास्थ्य परामर्श समिति गठन गरेको छ । प्रदेश सरकारको भदौ ३० गतेको मन्त्रिपरिषद् बैठकले डा भगवान कोइरालाको संयोजकत्वमा सात सदस्यीय स्वास्थ्य परामर्श समिति गठन गरेको हो ।
गठित समितिमा डा अर्जुन कार्की, डा सेनेन्द्रराज उप्रेती, डा सुरेश तिवारी, डा डम्बर खड्का, डा मङ्गल रावल र डा तीर्थ थापालाई सदस्यमा चयन गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।
बैठकले सिम्ता गाउँपालिकाको केन्द्र विवाद निरुपण गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिश गर्ने र हिमा गाउँपालिका जुम्लाको केन्द्र विवाद समस्या समाधानार्थ मन्त्रिपरिषद्को राजनीतिक समितिमा पठाउने निर्णय गरेको कानूनमन्त्री भण्डारीले बताउनुभयो ।
कानूनमन्त्री भण्डारीका अनुसार सामाजिक विकास मन्त्रालयबाट प्रस्तावित सङ्गठन संरचना तथा दरबन्दी तेरिज नेपाल सरकारबाट स्वीकृत भई नआउँदासम्म संलग्न सङ्गठन संरचना र दरबन्दी अनुसार कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐनको दफा, १०५ अनुसार गठित कर्णाली प्रदेश समन्वय परिषद् बैठक असोज १९ र २० गते आयोजना हुने बताइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रसूति केन्द्र नहुँदा सुरक्षित प्रसूतिमा समस्या
Next article सरुवापत्र उपलब्ध नहुदा स्वास्थ्यकर्मी समस्यामा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132305
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web