• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रति वर्ष ६० लाखलाई परिवार नियोजन सेवादिने उद्घोष

September 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रति वर्ष ६० लाखलाई परिवार नियोजन सेवादिने उद्घोष

हेल्थ टुडे,

काठमाडौं, १० असोज :  नेपाल परिवार नियोजन संघले प्रति वर्ष ६० लाख नेपालीलाई परिवार नियोजन सेवा उपलब्ध गराउने उद्घोषका साथ आफ्नो ६० औं बार्षिकोत्सव अभियान सुभारम्भ गरेको छ । ६० औं बार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा संघका अध्यक्ष छत्रबहादुर गिरीले संघले आउँदो वर्ष गर्ने कार्यक्रम सहित संघले बिगतमा गरेको प्रगति पुस्तिका ( एडभोकेसी टुल ) विमोचन गरेका हुन । ६० वर्षको निरन्तरता, ६० वर्षको प्रतिवद्घता, ६० लाख जनतालाई प्रतिवर्ष सेवा, ६० लाख डलर प्रतिवर्ष आय र ६० भन्दा बढी दातृ निकायसंगको सहकार्य सहितको प्रतिबद्घता पुस्तिकामा उल्लेख गरिएको छ । ‘परिवार नियोजनका साधनमा लागनी वृद्घि, हुन्छ राष्टको समृद्घि’  मूल नाराका साथ संघले आफ्नो ६० औं बार्षिकोत्सव मनाउदै छ । कार्यक्रममा संघका अध्यक्ष गिरीले ५० प्रतिसत महिलाको प्रतिनिधित्व गराउने संघ नेपालमा पहिलो संस्था भएको दावी गर्दै महिलाको समान सहभागिता बिना परिवार नियोजनका कुनै पनि कार्यक्रम सफल नहुने भएकाले संघले यो तथ्यलाई आत्मसाथ गरेको बताए ।

संघका महानिर्देशक केपी बिष्टले संघको ६० औं बार्षिकोत्सवको लागो बिमोचन गर्दै संघले नेपालमा परिवार नियोजन भनेकै परिवार नियोजन संघको भन्ने मान्यता सर्वसाधारणमा स्थापित गर्न सफल भएको बताउदै यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा अझै धेरै गर्न बाकी रहेकाले भविश्यमा अझ प्रभावकारी कार्यक्रमका साथ अगाडि बढ्नेमा जोड दिए । सानो परिवार, खुशी परिवार भन्ने अवधारणाका साथ संघले आगामी वर्ष बढी भन्दा बढी श्रोत परिचालनमा ध्यान दिने विष्टले बताए । संघका महासचिव रविन कोइरालाले संघले सरकारका तिन वटै तहसंग सहकार्य गरेर अगाडि बढ्ने बताए । संघले देशका ३७ जिल्लामा आफ्ना साखा मार्फत परिवार नियोजन सहित यौन तथा प्रजनन् स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गरिरहेको छ । देशको कुल जनसंख्यामध्ये करिव १ करोड जनसंख्यालाई परिवार नियोजन सेवा प्रदान गर्ने गरेको संघको दाबी छ । राष्टिय कार्यक्रममा संघले १९ प्रतिसत परिवार नियोजन सेवा, १७ प्रतिसत सुरक्षित गर्भपतन सेवा र २८ प्रतिसत परिवार नियोजन क्षमता अभिवृदिमा योगदान दिएको संघले उल्लेख गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बुटबलको सिद्धबाबा अस्पतालमा डाइलासिस सेवा सुरु
Next article दिउँसै बन्द हुन्छन् जुम्लाका स्वास्थ्य चौकी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

Jul 21st 12:26 AM
समाचार

बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्य मन्त्री पौडेल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131758
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web