• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नर्भिकले सय बेडको थप सुविधासम्पन्न अस्पताल बनाउने  

September 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नर्भिकले सय बेडको थप सुविधासम्पन्न अस्पताल बनाउने  

हेल्थ टुडे,

काठमाडौ : नर्भिक इन्टरनेशनल हस्पिटलले सय बेडको नयाँ भवनसहितको छुट्टै हस्पिटल बनाउने भएको छ ।  विश्व मुटु दिवसको अवसरमा शनिबार हस्पिटल परिसरमा आयोजित कार्यक्रममा हस्पिटलका अध्यक्ष बसन्तकुमार चौधरीले सय बेडको थप हस्पिटल बनाउने र नर्भिकलाई दक्षिण–पूर्वी एशियाकै  उत्कृष्ठ हस्पिटलको रुपमा विकास गर्ने घोषणा गरेका हुन । नर्भिकलाई मुटु रोगको उपचारको उत्कृष्ठ थालोको रुपमा मात्र नभएर हरेक रोगको उपचारको विशिष्ठ सेवा पाउन सकिने मल्टिस्पेसियालिटी सेन्टरको रुपमा अगाडि बढाउने काम अगाडि बढेको अध्यक्ष चौधरीले बताए ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले सरकारले निःशुल्क उपलब्ध गराइरहेको डायलाइसिस लगायतका सेवाहरु निजी अस्पतालहरुमा पनि विस्तार गनुपर्नेमा जोड दिदै नेपाली स्वास्थ्य सेवाको स्तर माथि उठाउन निजी क्षेत्रका हस्पिटलहरुसँग हातेमालो गर्दै अघि बढ्न सरकार तयार रहेको बताए ।

नर्भिकका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.यादवदेव भट्टले नर्भिकको मुटुरोग विभागलाई नेपाली जनताको उच्चतम् सेवाका खातिर नयाँ उचाईमा पु¥याउने योजना रहेको बताए । हृदयाघात पश्चात् बिरामीको ज्यान बचाउन गरिने एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपका लागि अमेरिकन कार्डियाक एशोसियनले निर्धारण गरेको  (प्रक्रिया सकेर बिरामी शय्यामा सार्ने) समय घटाएर नेपालले मुटुरोग सेवाको गुणस्तरको प्रमाणित गरेको बताए । अर्का मुटुरोग विशेषज्ञ डा. जे.पी. जैसवालले विरामीहरु मात्रै नभएर स्वस्थ व्यक्तिले समेत स्वस्थकर भोजन र उपयुक्त जीवनशैली अपनाउनुपर्ने बताए । नर्भिकमा आयोजित समारोहमा नर्भिकमा गत वर्ष सफल मुटुरोग उपचार गराई स्वस्थ जीवन यापन गर्दै आएका बिरामीहरू सहित करिब २०० जना विशिष्ट व्यतित्वलाई समेत सहभागी गराइएको थियो ।

नेपालमा पनि शहरी जनसंख्याको झण्डै ७ देखि ८ प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन् । नर्भिकले रहेक वर्ष विश्व मुटु दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम समेत आयोजना गर्दै आईरहेको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सा शिक्षा विधेयक संसदीय प्रक्रियामा
Next article जनस्वास्थ्य संघमा भट्ट नेतृत्वको प्रजातान्त्रिक जनस्वास्थ्यकर्मी विजयी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

Jul 21st 12:26 AM
समाचार

बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्य मन्त्री पौडेल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131758
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web