• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नर्भिकले सय बेडको थप सुविधासम्पन्न अस्पताल बनाउने  

September 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नर्भिकले सय बेडको थप सुविधासम्पन्न अस्पताल बनाउने  

हेल्थ टुडे,

काठमाडौ : नर्भिक इन्टरनेशनल हस्पिटलले सय बेडको नयाँ भवनसहितको छुट्टै हस्पिटल बनाउने भएको छ ।  विश्व मुटु दिवसको अवसरमा शनिबार हस्पिटल परिसरमा आयोजित कार्यक्रममा हस्पिटलका अध्यक्ष बसन्तकुमार चौधरीले सय बेडको थप हस्पिटल बनाउने र नर्भिकलाई दक्षिण–पूर्वी एशियाकै  उत्कृष्ठ हस्पिटलको रुपमा विकास गर्ने घोषणा गरेका हुन । नर्भिकलाई मुटु रोगको उपचारको उत्कृष्ठ थालोको रुपमा मात्र नभएर हरेक रोगको उपचारको विशिष्ठ सेवा पाउन सकिने मल्टिस्पेसियालिटी सेन्टरको रुपमा अगाडि बढाउने काम अगाडि बढेको अध्यक्ष चौधरीले बताए ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले सरकारले निःशुल्क उपलब्ध गराइरहेको डायलाइसिस लगायतका सेवाहरु निजी अस्पतालहरुमा पनि विस्तार गनुपर्नेमा जोड दिदै नेपाली स्वास्थ्य सेवाको स्तर माथि उठाउन निजी क्षेत्रका हस्पिटलहरुसँग हातेमालो गर्दै अघि बढ्न सरकार तयार रहेको बताए ।

नर्भिकका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.यादवदेव भट्टले नर्भिकको मुटुरोग विभागलाई नेपाली जनताको उच्चतम् सेवाका खातिर नयाँ उचाईमा पु¥याउने योजना रहेको बताए । हृदयाघात पश्चात् बिरामीको ज्यान बचाउन गरिने एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपका लागि अमेरिकन कार्डियाक एशोसियनले निर्धारण गरेको  (प्रक्रिया सकेर बिरामी शय्यामा सार्ने) समय घटाएर नेपालले मुटुरोग सेवाको गुणस्तरको प्रमाणित गरेको बताए । अर्का मुटुरोग विशेषज्ञ डा. जे.पी. जैसवालले विरामीहरु मात्रै नभएर स्वस्थ व्यक्तिले समेत स्वस्थकर भोजन र उपयुक्त जीवनशैली अपनाउनुपर्ने बताए । नर्भिकमा आयोजित समारोहमा नर्भिकमा गत वर्ष सफल मुटुरोग उपचार गराई स्वस्थ जीवन यापन गर्दै आएका बिरामीहरू सहित करिब २०० जना विशिष्ट व्यतित्वलाई समेत सहभागी गराइएको थियो ।

नेपालमा पनि शहरी जनसंख्याको झण्डै ७ देखि ८ प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन् । नर्भिकले रहेक वर्ष विश्व मुटु दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम समेत आयोजना गर्दै आईरहेको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सा शिक्षा विधेयक संसदीय प्रक्रियामा
Next article जनस्वास्थ्य संघमा भट्ट नेतृत्वको प्रजातान्त्रिक जनस्वास्थ्यकर्मी विजयी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132848
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web