• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्पेन संसारकै स्वस्थ मुलुक, नेपाल १ सय १० औं स्थानमा

March 2nd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्पेन संसारकै स्वस्थ मुलुक, नेपाल १ सय १० औं स्थानमा

काठमाडौ,१८ फागुन । यूरोपियन मुलुक स्पेन संसारकै सबैभन्दा बढी स्वस्थ देश भएको पाइएको छ । संसारका १६९ देशका स्वास्थ्यसम्बन्धी विषयमा गरिएको मूल्याङ्कनमा स्पेन सबैभन्दा बढी स्वस्थ देश भएको पाइएको हो । स्पेनपछि इटाली दोस्रो सबैभन्दा स्वस्थ मुलुकका रूपमा अगाडि देखिएको छ । यी दुवै देशले आफ्ना मुलुकवासीका लागि प्रतिनागरिक तीन हजार ५०० डलर (चार लाख रुपियाँ) खर्च गर्छन् ।

‘ब्लुमबर्ग हेल्थियस्ट कन्ट्री इन्डेक्स’को २०१९ संस्करणका अनुसार स्पेन र इटालीपछि क्रमशः आइसल्यान्ड, जापान तथा स्वीट्जरल्यान्ड छन् । उक्त सूचीमा देशवासीको सम्पूर्ण स्वास्थ्यस्थितिका अतिरिक्त सङ्क्रामक तथा गैरसङ्क्रामक रोगबाट हुने मृत्यु तथा औसत आयुका साथै पर्यावरणीय पक्षजस्ता कुरालाई ध्यानमा राखिएको थियो ।

यस्तै,उक्त इन्डेक्सका अनुसार आफ्ना नागरिकको स्वास्थ्यमा सबैभन्दा बढी खर्च गर्ने राष्ट्रमा अमेरिका अग्रपंक्तिमा छ भने जसले प्रतिनागरिक ११ हजार डलर (झन्डै साढे १२ लाख रुपियाँ) स्वास्थ्यका लागि खर्च गर्छ । यति हुँदाहुँदै पनि अमेरिका यो सूचीमा ३५औँ नम्बरमा रहेको छ । विगत तीन वर्षदेखि अमेरिकाका नागरिकको औसत आयु घट्दै गएको जनाइएको छ । बेलायतले चार हजार डलर (साढे चार लाख रुपियाँ) खर्च गर्छ र १९औँ स्थानमा छ ।

शीर्ष १० स्वस्थ मुलुकका रूपमा रहेका आइसल्यान्ड, जापान, स्वीट्जरल्यान्ड, स्वीडेन, अस्ट्रेलिया, सिङ्गापुर तथा नर्वेजस्ता मुलुकले आफ्ना नागरिकका हेल्थ केयर अर्थात् स्वास्थ्य हेरचाहका लागि ७० प्रतिशतभन्दा बढी खर्च गर्छन् । इन्डेक्समा माथिल्लो श्रेणीमा रहेका अधिकांश मुलुक युरोपेली महादेशका छन् ।

चीन ५२ औँ स्थानमा छ भने भारत १२०औँ स्थानमा । यस्तै दक्षिण एसियाली मुलुकमा श्रीलङ्का, बङ्गलादेश तथा नेपाल क्रमशः ६६, ९१ र ११० औँ स्थानमा छन् । पाकिस्तान १२४ र अफगानिस्तान १५३ औँ स्थानमा रहेको देखाइएको छ । संसारका ३० सबैभन्दा अस्वस्थ मुलुकमा २७ वटा अफ्रिकाका छन् र बाँकी हैटी, अफगानिस्तान तथा यमन रहेको इन्डेक्समा उल्लेख गरिएको छ ।

अनुसन्धानकर्ताले खानपिन शैली नै स्वास्थ्यस्तरको मूल कारक तत्व रहेको औँल्याएका छन् । उनीहरुले स्पेन तथा इटालीका मानिस मेडिटेरियन डाइटमा जोड दिने भएकाले बढी स्वस्थ रहेको जनाएका छन् । यसमा मुख्य गरेर जैतुनको तेल, काजु, बदाम, ओखर उनीहरूका खानाको मुख्य अंश भएकाले पनि मुख्यतया मुटुसम्बन्धी रोगमा नियन्त्रणमा आइरहेको छ ।(गोरखापत्र दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सातौ नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो चितवनमा सुरु, उद्योग मन्त्रीले भने, ‘औषधिमा आत्मनिर्भर बन्न सरकारको पूर्ण सहयोग ’
Next article १९ महिनाको अवधिमा कर्णालीका एक लाख नागरिक स्वास्थ्य बीमामा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web