• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सातौँ फर्मा तथा हेल्थ एक्स्पो सफलताका साथ सम्पन्न

March 3rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सातौँ फर्मा तथा हेल्थ एक्स्पो सफलताका साथ सम्पन्न

हेल्थ टुडे,

चितवन, १९ फागुन  : सातौँ फर्मा तथा हेल्थ एक्स्पो आइतबार चितवनमा सफलताका साथ सम्पन्न भएको छ । नेपाल औषधि उत्पादक संघ (एप्पोन) ले मरणोपरान्त अंगदानको सामाजिक अभियान सहित चितवनस्थित प्रदर्शनी स्थलमो तिन दिनसम्म चलेको एक्स्पो सफलताका साथ सम्पन्न भएको एप्पोनका अध्यक्ष दीपकप्रसाद दाहालले बताए । गुणस्तर, नविनतम प्रविधि र विकासबारे जानकारी दिने लक्ष्यका साथ आयोजना गरिएको उक्त एक्स्पोमा औषधि कम्पनी, अस्पताल, उपकरणजन्य कम्पनी गरि स्वदेशी तथा विदेशी  गरी २ सय भन्दा बढी स्टल राखिएको थियो ।

एप्पोनले यस पटक एक्स्पोमा औषधिसंगै मरणोपरान्त अंगदानको सामाजिक अभियानलाई अगाडि सारेकोले अन्य वर्षहरुका एक्स्पो भन्दा यस बर्षको पृथक र सफल रहेको एक्स्पोका मिडिया कोअर्डिनेटर विप्लप अधिकारीले बताए । शुक्रबार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको आतिथ्यमा एक्स्पोको उदघाटन  गरिएको थियो भने शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको उपस्थितिमा मरणोपरान्त अंगदान सम्वन्धी सामाजिक अभियानको थालनी गरिएको थियो ।  उपप्रधानमन्त्री यादवले उदघाटन गरे लगत्तै एपोनका अधिकारी, औषधि उद्योगी, व्यावसायी गरी ४ सय बढीले मरणोपरान्त अंगदान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका छन  । ‘अरु ५०० बढीले अंगदान अभियानलाई सकारात्मक भन्दै मञ्जुरीनामाको फारम लगेका छन् । उनीहरुबाट पनि छिटै प्रतिवद्धता आउनेछ,’ मिडिया कोअर्डिनेटर अधिकारीले भने । एप्पोनका अध्यक्ष दाहालले जिउदो छँदा रक्तदान र मरेपछि अंगदान भनेर अभियान अघि बढाउन लागेको बताए ।

‘हामीले पनि सामाजिक उत्तरदायित्व बहन गर्नुपर्छ भनेरै यो अभियानमा सहभागी भएका हौँ ।’ उनले भने । एप्पोनले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरसंग मिलेर मरणोपरान्त अंगदान गर्ने अभियान अघि बढाएको हो । एक्स्पोमा सहभागी हुन चितवन पुगेका केन्द्रका कार्यकारी निर्देशक एवं अंग प्रत्यारोपणविज्ञ डा पुकारचन्द्र श्रेष्ठले जनचेतनाका कमिले मरणोपरान्त मरणोपरान्त अंगदान गर्नेको संख्या न्यून रहेको जानकारी गराउदै यस किसिमको अभियानमा सहकार्य गरेकोमा एप्पोनलाई धन्यवाद दिएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article घरमा हुने सुत्केरी शून्य वडा घोषणाःमातृ र नवजात शिशु मृत्युदर शून्यमा झार्ने लक्ष्य
Next article समय समयमा प्रोष्टेट परीक्षण गर्न विज्ञको सुझाव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134022
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

122
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

117
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web